त्यसैगरि, यो हप्ताको सुरुवातमा पश्चिमी अफ्रिकामा इबोला जस्तै तर अझ बढी संक्रामक ‘मारबर्ग’ भाइरस देखिएको थियो । यि दुवै संक्रमितसँगको प्रत्यक्ष संपर्कमा आउदा सर्ने भाइरस हुन् ।
२५ वर्ष पछि अफ्रिकी मुलुक आइभरी कोस्टका पहिलो पल्ट इबोला भाइरस संक्रमण देखिएको छ । त्यहाँको स्वास्थ्य मन्त्रालयले यो सूचना सार्वजनिक गरेको हो । छिमेकी मुलुक गुयनाबाट यात्रा गरेर फर्केकी एक १८ वर्षिया महिलामा इबोला संक्रमण पाइएको हो ।
यो विशेष तर एकजनामा मात्र देखिएको बताइएको छ भने संक्रमितको विशेष निगरानी सहित उपचार गरिरहिएको विश्व स्वास्थ्य संघठनले समेत पुष्टी गरेको छ । १९९४ यताको आइभरी कोस्टको पहिलो इबोला संक्रमण भएको विश्व स्वास्थ्य संघठनले जनाएको छ ।
गुयनामा २०१४ देखि २०१६ सम्म डरलाग्दोगरि इबोला भाइरस फैलिएको थियो । यो वर्षको शुरुमा समेत चार महिना मुलुक भाइरस संक्रमणबाट गुज्रिएको थियो । यहि जुन १९मा मात्र मुलुकबाट भाइरस उन्मुलन भएको घोषणा गरिएको थियो ।
त्यसैगरि, यो हप्ताको सुरुवातमा पश्चिमी अफ्रिकामा इबोला जस्तै तर अझ बढी संक्रामक ‘मारबर्ग’ भाइरस देखिएको थियो । यि दुवै संक्रमितसँगको प्रत्यक्ष संपर्कमा आउदा सर्ने भाइरस हुन् । टाउको दुख्नु, रगत वान्ता हुनु र शरिर कटकटी खानु यि भाइरस संक्रमण हुँदा देखिने लक्षणहरु हुन् ।
अन्तर देशिय संक्रमणलाई निश्तेज पार्न विश्व स्वास्थ्य संघठनले ५००० डोज इबोला खोप गुयनाबाट आइभरी कोस्ट लैजाने बताइसकेको छ ।
एजेन्सीको सहयोगमा
यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।
लेखकबाट थप...