कवि रुपेश ढुङ्गानाको शब्द,संगीतमा रहेको गीत 'हवाईजहाज'को म्युजिक भिडियो सार्वजनिक भएको छ । पवित्र राईको आवाज रहेको गीतको ध्वनि सम्पादन देवेश राईले गरेका हुन् । भिडियोको निर्देशन भने गायिका आफैँले गरेका हुन् । गीतमा ढुङ्गानाले बाध्यताले विदेशिएको श्रीमान विदेशमा ज्यान गुमाई लास भएर फर्केपछिको पिडा लेखेका छन्, भने भिडियोमा राईले छोराको हवाईजहाज प्रतिको मोह,लगाव र आमाको हवाईजहाज प्रतिको वितृष्णा र डरको कन्ट्रासलाई देखाएका छन् । भिडियोमा संगीता थापा र सुमित तामाङको अभिनय देख्न सकिन्छ । भिडियोलाइ योगेश दाहालले छायांकन गरेका हुन् ।
यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।
लेखकबाट थप...