त्कृष्ट प्रस्तुति दिएर 'द भ्वाइस अफ नेपाल'को सिजन–३ को नक आउट चरणबाट बाहिरिएकी गायिका उर्मिला कुसुण्डाले अल्पसंख्यक कुसुण्डा जातिको हकहितका लागि काम गर्ने हौसला बढेको बताएकी छन् । कुसुण्डा समुदायको पहिलो गायिका समेत बनेकी उर्मिलाले आफूहरूको लामो इतिहास भएको बताउँदै अल्पसंख्यक जातिका रूपमा सूचीकृत कुसुण्डाको पहिचान जोगाउनका लागि पछिल्लो समय कुसुण्डा भाषाको गीत रेकर्ड गराएर बजारमा ल्याउने तयारीमा रहेको खुलासा पनि गरिन् । 'द मार्जिन' मिडियाको प्रस्तुति 'टक सो'मा कुराकानी गर्दै उर्मिलाले भ्वाइस अफ नेपालले धेरै दर्शक तथा शुभचिन्तक समक्ष चिनाउने अवसर दिएको बताइन् । दाङको घोराहीकी स्थायी बासिन्दा कुसुण्डाले आगामी दिनमा काठमाडौँमै बसेर सांगीतिक यात्रालाई अझै सशक्त बनाउँदै जाने बताएकी छन् । जादुमय आवाज भएकी उर्मिलाले द भ्वाइस अफ नेपालको नक आउट चरणमा पनि दमदार प्रस्तुति दिएकी थिइन् । 

यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।

द मार्जिन

लेखकबाट थप...

सम्बन्धित समाचार