काठमाडौँ , दीपकराज विश्वकर्माको स्वर, शब्द तथा संगीत रहेको 'बरी लै' बोलको गीत सार्वजनिक भएको छ। विदेशिएका युवाको कथामा आधारित गीत सोमबार युट्युब मार्फत सार्वजनिक गरिएको हो। 

विश्वकर्माकै निर्देशनमा बनेको भिडियोमा कृष्ण खड्का, अजिता विश्वकर्मा र अभिशा धितालको अभिनय रहेको छ। भिडियोको कथाकार एवम् सह निर्देशक धिरज थापा मगर हुन्। गीतको एरेन्ज तथा मिक्सिङ पनि दीपकराजले नै गरेका हुन् ।

दुर्गा श्रेष्ठको छायांकन रहेको भिडियो सम्पादन विकास दाहालले गरेका हुन्।

यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।

द मार्जिन

लेखकबाट थप...

सम्बन्धित समाचार