हराउँदै हराउँदै जानेछ एकदिन जिवनको कथा,
कुनै कुहिरो भित्रको मानिस जस्तै । 

प्रत्येक रातको रुवाई पछि 
जमिनको काखमा निदाएका आशुका दह
भुइँकुहिरो भएर उठ्ने गर्छन ।

खेतका, आलि-आलिमा नाङ्गा पैतालाको स्पर्शले 
जब, कुहिरोलाई छुन्छ, जिवनले जमिनको दु:खलाई चिन्छ । 
बाच्नुको, यो बाध्यतामा कुहिरोले भरिएको मानिसलाई प्रेम गर्नु, 
जिउने प्रयासमा-केवल एक काल्पनिक सहजता मात्र हो । © प्रभात तिमिल्सिना 

यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।

द मार्जिन

लेखकबाट थप...

सम्बन्धित समाचार