काठमाडौँ । डा. सुजन थपलिया र अन्नु चौधरीको स्वरमा नयाँ गीत ‘जुरेली’ भिडियो सहित सार्वजनिक भएको छ । 

डा. आदित्य जोशीको शब्द रहेको यस गीतमा गायक कर्ण संज्याल र जोशीकै संगीत रहेको छ । सो गीतको भिडियो गीतकार डा. जोशीले आफ्नै नामको युट्युब च्यानल मार्फत सार्वजनिक गरेका हुन् । 

एक्सन स्टुडियो नेपाल अनामनगर र आरएल स्टुडियो अमेरिकामा रेकर्ड गरिएको गीतमा मिक्सिङ तथा मास्टरिङ गोविन्द सोनीले गरेका हुन् । 

म्युजिक भिडियोको विक्रम चौहानले निर्देशन र कोरियोग्राफी गरेका हुन् । जुरेलीमा कलाकार चक्र बम र बिना राउतको उत्कृष्ट अभिनय देख्न सकिन्छ  । 

प्रकाश खड्काले छायाङ्कन गरेको यस म्युजिक भिडियोको सम्पादन मिलन विश्वकर्मा गरेका छन् ।

यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।

द मार्जिन

लेखकबाट थप...

सम्बन्धित समाचार