कसरी गुमाएका थिए मेस्सीले पछिल्ला चार कोपा अमेरिका ?

मेस्सीले निलो–सेतो जर्सी पहिरिँदा भोगेको निराशाहरूको एउटा लामो सूची बन्छ । २००७ जुन १५ मा पनि अर्जेन्टिनाले ब्राजिलसँग कोपा अमेरिका फाइनल हारेको थियो । जर्मनी विश्वकप २००६, दक्षिण अफ्रिका विश्वकप २०१०, घरेलु मैदानमा सम्पन्न कोपा अमेरिका २०११, ब्राजिल विश्वकप २०१४, कोपा अमेरिका २०१५, कोपा अमेरिका, २०१६ । पाँचौ कोपा अमेरिका खेलिरहेका मेस्सीसँग फेरि एकपटक आफ्नो मुलुकको सिनियर टिमको लागि पहिलो उपाधि उचाल्ने एउटा सुन्दर मौका छ । 

कोपा अमेरिकाको यो ४७ औं संस्करण ब्राजिलमा भइरहेको छ । क्वाटरफाइनलका खेलहरू सकिँदा अहिले फेरि सिङ्गो प्रतियोगिता ‘मेसी मानिया’मा ढुबेको छ । नढुबोस् पनि कसरी, प्रतियोगिताका पाँच खेल खेल्दा मेस्सीले चार गोल, चार एसिस्ट र चारवटै म्यान अफ द म्याच हात पारेका छन् । धेरैको आशा छ मेस्सीले पक्कै यसपाली राष्ट्रिय टोलीको लागि उपाधि उचाल्ने छन् । तर यो उनको कोपा अमेरिका जिताउने पाँचौ प्रयास हो । तीनपटक त उनी कोपाको फाइनलमा चुकेका थिए, एकपटक क्वाटरफाइनलमा । उनका पछिल्ला चारै कोपा अमेरिका अनुभवलाई द मार्जिनले समेटेको छः  

कोपा अमेरिका, भेनेज्वेला २००७

२००७मा कोपा अमेरिका हुँदैथियो ।    अल्फियो एल कोको व्यासिल सम्भावित अर्जेन्टिनी प्रशिक्षक थिए । उनी विश्वस्त थिए कि मेस्सीले टिमलाई भरपुर दिन सक्थे । त्यसैले मेस्सीलाई टिमकै प्रमुख खेलाडीको रूपमा हेरिएको थियो । कोकोले मेसीलाई मिनी युरो टुरमा पनि बोलाए । वर्न र बार्सिलोनामा स्वीटजरल्याण्ड र अल्जेरियासँग खेले । उनको खेल हेरेर सबै विश्वस्त भएकी भेनेज्वेयलामा हुने प्रतियोगिताको केन्द्रीय खेलाडी मेसी नै हुनेछन् । खेल अगाडि गरिएको सर्वेक्षणमा ३३ प्रतिशत भोट ल्याउँदै सबैभन्दा हेर्न लायक खेलाडीको रूपमा मेस्सीछानिएका थिए। उनले चिलीका फर्नान्डेज र भेनेजुएलाका जुवान अराङ्गोलाईपछि पारेका थिए । 

उच्च गोलकर्चा बन्दै अर्जेन्टिनालाई कोपा– अमेरिका जिताउने मेस्सीको चाहना थियो । अर्जेन्टिनाले १९९३ देखि यो प्रतियोगिता जितेको थिएन । त्यसैले पनि एउटा ठूलो दवाब थियो । जर्मनीमा मेस्सीलाई अवसर नदिएकोलेहार ब्यहोर्नु परेको बुझाइका कारण पनि अहिले आएर सबैले मेस्सीमाथि भरोसा राखेका थिए । कोकोले मेसीको लागि छुट्टै पुराना दिग्गज खेलाडीहरू मेन्टरको रूपमा छानेका थिए । टिम मेटहरूले पनि मेस्सीकोसानो भाइलाई जस्तो बचाउ गर्दे आएका थिए । अब त राष्ट्रिय टिममा पनि मेस्सीले बार्सिलोनाको जस्तो वातावरण पाउँदै थिए । 

मेसीको विशेष ख्याल राख्न पनि आवश्यक थियो किनकी भेनेजुएलामा ‘मेसी मानिया’ देखिसकिएको थियो । मेसी कहीँ कुनै एक पाइला पनि हिँड्न पाउँदैन थिए । फ्यानहरूको भिडले तिनलाई घेरिहाल्थ्यो । उनको नामको टि–सर्टको बिक्री हट केक जत्तिकै भएको थियो । बच्चादेखि बुडासम्म सब उनकै जर्सीमा देखिन्थे । उनले मैदानभित्र बल छुन नपाउँदै हुटिङ्ग शुरू भइहाल्थ्यो । पराग्वे विरुद्धको खेलमा उनी शुरुवाती ११ मा थिएनन् तर १० मिनेट बित्न नपाउँदै दर्शकहरूले मेस्सीको नाम लिएर कोलाहाल मच्चाए । 

यौ एउटाा अन्धो प्रेम थियो । लारा डि बार्किसोमेटोको रंगशालामा थकित मेस्सी टनेल हुँदै डेसिङ रुमतिर जाँदै थिए । एक्कासी रेलिङ्गबाट एउटी केटी हाम फालिन् । धन्न तिनले खुट्टा टेक्न पाइन तिनले चार मिटर माथिबाट फाल हानेकी थिइन्, ज्यान पनि जान सक्थ्यो । सिपाही र सुरक्षा गार्डहरूले पन्छाउनु अगावै तिनले मेस्सीलाई अँगाल्दै दुइपटक चुम्न भ्याइहालिन् । लियोले केही सोच्नै भ्याएनन् । पछि उनले रेफ्रीलाई स्पष्टीकरण दिनुपरेको थियो, ‘यो अविश्वसनीय थियो । मैले त हाम नफाल्न भनेको थिएँ तर तिनले त्यसो गरिहिालन् । ‘मलाई थाहा नै भएन– के गर्ने, के नगर्ने ।’

सेमिफाइनलमा मेक्सिको विरुद्ध फेरि उनले अर्काे ‘मास्टरपिस’ गोल निकाले । कमेन्टेटरले भने, ‘अब घर फर्के पनि हुन्छ, यस्तो उत्कृष्ट गोल हेरिसकेपछि, अब हेर्नलाई के नै पो बाँकी होला र !’ गोल साँच्चिकै उत्कृष्ट थियो ।

८ जुलाईमा अर्जेन्टिनाले पेरुलाई ४–० ले पराजित गरेको थियो । यो क्वाटरफाइनलमा ६१ औँमिनेटमा मेस्सीले गोल गरेका थिए । प्रतियोगिताकै पहिलो गोल थियो उनको । अघिल्ला अमेरिका, कोलम्बिया र पराग्वेसँगका खेलमा उनले गोल गरेका थिएनन् । तर उनले अर्जेन्टिनाको खेल उनकै वरिपरि घुमेको थियो– थुप्रै पास निकालिसकेका थिए । उनले वल नछुएका बेला खेलनै दिक्क लाग्दो हुन्थ्यो । 

सेमिफाइनलमा मेक्सिको विरुद्ध फेरि उनले अर्काे ‘मास्टरपिस’ गोल निकाले । कमेन्टेटरले भने, ‘अब घर फर्के पनि हुन्छ, यस्तो उत्कृष्ट गोल हेरिसकेपछि, अब हेर्नलाई के नै पो बाँकी होला र !’ गोल साँच्चिकै उत्कृष्ट थियो । टेभेजले भने, ‘मेस्सीले उत्कृष्ट गरेर देखाए । सुरुमा त मेसीले मौका पाएका थिएनन्, तर जब उनले बल भेट्टाए– अविश्वसनीय गोल गरेर देखाए ।’ 



मास्चेरानोले भने, ‘यो एउटा क्षण थियो । हामीले उबाट यस्तै आशा गरेका थियौँ । यसले मलाई कत्तिपनि आश्चर्यचकित पारेन ।’ ‘यो भव्य गोल थियो’, क्याम्बियासोले भने । हेन्जकै शब्दमा भन्नुपर्दा, ‘मेस्सीको गोलको वर्णन गर्ने शब्द नै थिएन ।’ यसरी त्यो गोल ‘फ्ली’ अथात् मेस्सीका दर्शनीय गोलको सूचीमा अँटायो । यो मेसीको एउटा उत्कृष्ट ‘चिफ’ गोल थियो । ‘ला न्यासन’लेमेस्सीलाई सोधेको थियो, ‘के यो तपाईंको खेल जीवनकै सुन्दर गोल हो ?’ ‘हुनसक्छ, तर मलाई थाहा छैन– मैले केही यस्ता गोल गरेको छु । .... मैले किपर अगाडि बढेको देखें र मैले त्यो मौकाको फाइदा उठाए । यसले काम पनि गर्यो।’

अर्जेन्टिना यसरी फाइनलमा पुगेको थियो । ब्राजिललाई हराउँदै ट्रफी उचाल्ने मेस्सीको ठूलो सपना त थियो । तर अहँ ! ब्राजिलले अर्जेन्टिनालाई ३–० ले हराइदियो । मेसी आफ्नो पहिलो कोपा अमेरिकामा फाइनल पुगेर उपाधिविहीन भए ।

कोपा अमेरिका, अर्जेन्टिना २०११

२०१०–११ को सिजन बार्सिलोनको लागि लिगा र च्याम्पियन लिग जितेपछि सुखद अनुभूति बोकेर लियो कोपा अमेरिका खेलन अर्जेन्टिना फर्किएका थिए । तर उनको कोपा अनुभव भने सुखद हुन सकेन । उरुग्वेसँगको यो पेनाल्टीको सबै कथाले सबै प्रष्ट पारिदिन्छः

किपर दायाँतिर ढल्छन्, बल बायाँतिर जान्छ । लियोले अर्जेन्टिनाको लागि मौका खेर फाल्दैनन् । उरुग्वेसँगको १२० मिनेट घम्साघम्सी पछिको पहिलो पेनाल्टी लियोले गरेका थिए । तर तेस्रो पाली पेनाल्टी हान्न आएका टेभेज आका ‘एल अपाचे’को प्रहार भने उरुग्वेका किपर मुस्लेराले रोकिदिन्छन् र उरुग्वेले अर्जेन्टिनालाई उसको घरमै कोपा अमेरिकाबाट विदा दिन्छ । पछि २४ जुलाईमा व्युनर्स आर्यसको रिभर प्लेटको मोनुमेनटल स्टेडियममा पराग्वेलाई हराउँदै उरुग्वेले कोपा अमेरिका उचालेको थियो । 

सान्ता फे स्टेडिडियममा निकालिदिएको सुन्दर क्रसलाई हिगुइनले गोल गरिदिएका थिए । उरुग्वेले पेरेजको गोलमा अग्रता लिइसकेको थियो । अब भने खेल १–१ मा पुगेको थियो । पहिलो हाफमा मेसीले उत्कृष्ट प्रदर्शन गरेका थिए तर दोस्रो हाफ र अतिरिक्त समयमा उरुग्वेले मेसीलाई जम्न दिएको थिएन । तिनले पेनाल्टीमा त गोल गरे तर २०१० विश्व कपमा झै यहाँ पनि चारै खेलमा खेलको दौरान गोल गर्न सकेनन् । 

मास्चेरानोले कप्तानको आर्म ब्याण्ड लियोलाई लगाइदिएर निस्किसकेका थिए । त्यसैले टेभेजलाई सान्त्वना मेसीले नै दिनुपरेको थियो । मेसीले आफ्नो आँशु डे«सिङ रुमको लागि साँचेका थिए । लियोको लागि, उसका टिममेटको लागि र अर्जेन्टिनाको लागि सँधैजस्तै यो एउटा पीडा भएको मास्चेरानोले बताएका थिए । ‘अर्काे एउटा राष्ट्रिय असफलता’ खेल पत्रिका ओलेले लेखेको थियो ।

अर्जेन्टिनाले १९९३ देखि यता एउटा पनि उपाधि उचालेको थिएन । हुन त विश्वकै सर्वाेत्कृष्ट खेलाडीले हाँकेको अर्जेन्टिनालाई आफ्नो घरमै उपाधि उचाल्ने एउटा सुन्दर मौका थियो । अर्जेन्टिनी फुटबलले पनि अलिकति सन्तोषको श्वास फेर्न पाउने थियो । यही वर्ष नै अर्जेन्टिनाको सबैभन्दा लोकप्रिय क्लब ‘रिभर प्लेट्स’ क्लबको ११० वर्षे इतिहासमा पहिलोपल्ट रेलिगेसनमा परेको थियो । 



यसपालि केही सहज थियो । फ्ली घरमै ट्रफी उचाल्न आतुर थिए ।उनले राष्ट्रिय टोलीमा पनि सहज महसुस गरेका थिए । उनले प्रशिक्षक चेचो बाटिस्टाको अन्डरमा बेइजिङ ओलम्पिक जितेका थिए । उनको अन्डरमा खेलेका सात खेलमा मेसीले ४ गोल पनि गरेका थिए । तर, म्यारोडोनाको प्रशिक्षणमा खेलिएका १६ खेलमा भने जम्मा ३ गोल मात्र गरेका थिए । 

यो पराजयसँगै वेलोन–डि–ओर विजेता मेस्सीको प्रतिष्ठा फेरि एकपटक धुलोमा पुग्यो । क्लारिनले लेखेको थियो, ‘अर्जेन्टिनाको खराब खेलको पछाडि ‘फ्ली’ पनि जिम्मेवार छन् । किनकी, उनलाई लिड गर्ने जिम्मा दिने प्रशिक्षक मात्र होइनन्– उनका टिममेटहरु पनि हुन् । तर उनीबाट केही निस्कन सकिरहेको छैन किनकी त्यही उनलाई खेल्ने सहज वातावरण बनाइदिने जाभी र इनेस्टा छैनन् ।’ 

लियोको लागि यो सकसको समय थियो । सार्वजनिक रूपमै उनले आलोचना बेहोर्नुपरेको थियो । राष्ट्रिय गान बज्दा पनि मेस्सीको मुटु धड्कदैन भन्ने आरोप अर्जेन्टिनी समर्थकले लगाउने गरेका थिए । म्यारोडोनाले जस्तो सेलिब्रेसन गर्दै टिममा जोस भर्न नसकेको पनि मेस्सीलाई आरोप लाग्यो । उरुग्वेका खेलाडीले पनि मेस्सीमाथि जोक बनाउन भ्याइसकेका थिए । जर्ज मेस्सी आफैँ मेस्सीको बचाउ गर्न रेडियो १० मा पुगेका थिए । ‘मिडियाहरूले आगोमा घ्यू थपिरहेका छन्, उसले यसलाई एकदमै दुःखी तुल्याएको छ’, उनले भनेका थिए ।

१९८६ को विश्वकप अघि मैले पनि केही खराब खेलहरू खेलेको छु । त्यो एउटा डिजेस्टार थियो । ८० प्रतिशत भन्दा धेरै पत्रकारहरुले मेरो आलोचना गरेका थिए । तर विश्वकपपछि मेरो कुरा नसुन्नेएउटा पनि पत्रकार भएन ।

डिएगो अर्माण्डो म्यारोडोना आफैँत्यतिबेला कठिन क्षणबाट गुज्रिरहेका थिए । उनकी आमा हस्पिटलमा जीवन–मरणको दोसाँधमा थिइन् । यति हुँदाहुँदै पनि तिनले मेस्सीको बचाउ गर्न भ्याए, ‘म मेरी आमा भेट्न गइरहेको छु, म यो रेडियोमाबकवासहरूले लियोको खेदो खनेको सुन्न सक्दिन । तिनीहरूले उसलाई खत्तम पार्दैछन् । तर लियोले यी सब कुरा गलत साबित गरिदिन्छन् । ‘मलाई थाहा छ– म उसलाई चिन्छु । उसले फुटबललाई र अर्जेन्टिनी जर्सीलाई एकदमै माया गर्छ । हामीसँग संसारकै उत्कृष्ट ..... असाधारण केटो छ ।’

डिएगोले मेस्सीलाई पनि सम्झाए, ‘म उसलाई शान्त रहन भन्छु । १९८६ को विश्वकप अघि मैले पनि केही खराब खेलहरू खेलेको छु । त्यो एउटा डिजेस्टार थियो ।८० प्रतिशत भन्दा धेरै पत्रकारहरुले मेरो आलोचना गरेका थिए । तर विश्वकपपछि मेरो कुरा नसुन्नेएउटा पनि पत्रकार भएन ।त्यसैले मलाई थाहा यस्तो बेला कस्तो महसुस हुन्छ । उ शान्त रहनुपर्छ र प्रशिक्षकसँग कुरा गर्नुपर्छ र प्रशिक्षकले बुझ्नुपर्छ कि लियोसँग कसलाई खेलाउन सकिन्छ जसको तालमेलले विपक्षीलाई तहस–नहस पारिदिन्छ ।’

यी तमाम वादविवादहरूको बावजुद अब समूह चरणको अन्तिम खेल आइपुग्यो । यो ११ जुनमा कोर्डाेवामा हुँदै थियो भने कोस्टारिका प्रतिद्धन्द्धी थियो । मारियो अल्बे्रटो केम्पस स्टेडियममा अभूतपूर्ण माहोल देखियो । आफ्ना तिक्ततालाई थाँती राख्दै सम्पूर्ण समर्थकहरूले अर्जेन्टिनालाई साथ र समर्थन दिइरहेका थिए । सिङ्गो खेल अवधिभर ‘मेस्सी’, ‘मेस्सी’ भन्दै चिच्याउँदै आफ्नो आदर्शको सम्मान गरिरहेका थिए । 

‘मेस्सीतिमीमा पूर्ण भरोसा छ !’ एउटा ब्यानरमा लेखिएको थियो । ‘लियो तिमीले जे गरेका छौँ, हामी धन्य छौँ, हामीले दिनुपर्ने साथ र समर्थन नदिएकोमा हामीलाई माफ गर’ अर्काे ब्यानरमा लेखिएको थियो । लियो फेरि पुरानै लयमा फर्किसकेका थिए । उनी एक्लैले कोस्टारिकाको डिफेन्स तहस–नहस पारिदिए र ३–० को जित निकाले । खेलमा अगुइरोले २ र डि मारियाले १ गोल गरेका थिए । अगुइरोको दोस्रो र डि मारियाको गोल मेसीकै सुन्दर एसिस्टमा सम्भव भएको थियो । 

सम्पूर्ण अर्जेन्टिनीको आशा अनुसार मेसीले यो महत्वपूर्ण खेलमा सिङ्गो टिम हाँकेका थिए । उनले बल पोसेसनमा नियन्त्रण राखेका थिए । स्ट्राइकरलाई मौका सिर्जिदिएका थिए । खेलमाछाउँदै राष्ट्रले अपेक्षा गरेजस्तो टिमलाई नै नेतृत्व दिएका थिए । अर्काेदिन ओलेले उनको प्रदर्शनको प्रशंसा गरेको थियो, ‘त्यहाँ मात्र एउटा मस्ेसी छाएको थियो, जसले कैंयौं प्रहारहरू निसाना लगायो, उसलाई रोक्न सकिएको थिएन, मारियो केम्पेस स्टेडियम क्याटोलोनिया जस्तो भएको थियो ।’

अर्जेन्टिना र मेस्सी बीचको दरार अब सिद्धिसकेको थियो । फ्लीले अन्तत आफूले खोजेको भूमिका पनि भेट्टाएको थियो । उनले बार्सिलोनाजस्तो माया र समर्थन राष्ट्रिय टिममा पनि पाइसकेका थिए । तर, उनको कोपा अमेरिका सपना पाँच दिनसम्म मात्र रह्यो । उरुग्वेको खेल सकिँदा उनको सपना हजारौँ टुक्रामा छिया–छिया भइसकेको थियो । कम्तीमा यसपटक कसैले पनि मेस्सीलाई दोष दिएन । यसपटक दोषी औलो प्रशिक्षकतिर तेर्सियो । अर्जेन्टिनी फुटबल खस्कन थालेको अनुमान पनि गरियो । तर यो त मेस्सीको लागि एउटा सानो सान्त्वना मात्र थियो । उनको सपना फेरि एकपटक तुहिसकेको थियो । 

कोपा अमेरिका २०१५, चिली

‘दुर्भाग्य, श्राप, दुर्दशा, दुःस्वप्न’ यसलाई जे भनेपनि हुन्छ । तर फेरि परिणाम निराशा नै हात लाग्यो । विश्वकै उत्कृष्ट खेलाडीले फेरी अर्काेपल्ट राष्ट्रको लागि उपाधि उचाल्न सकेन । उनले बार्सिलोनाको लागि सबै उपाधि जितेर देखाइदिएका थिए तर आफ्नो राष्ट्रिय टिम ‘अल्बिसेलेस्टे’ अर्थात अर्जेन्टिनाकोलागि भने अनेकपटक निराशा मात्र हात लाग्यो । 

एकै वर्षको अन्तर दुईवटा ठूला फाइनलमा मेस्सीले हात धुनप¥यो । उनी १३ जुलाई २०१४ मा विश्वकप फाइनल गुमाएर फर्किएका थिए भने ४ जुलाई २०१५ मा कोपा अमेरिका जित्न हान्निएका थिए । यतिबेलासम्म चार पटकका वेलोन–डि’ओर विजेताले सिनियर राष्ट्रिय टिमको लागि केही पनि भित्र्याएका थिएनन् । अर्जेन्टिनी समर्थकलाई खुसी पार्न र अनावश्यक टिकाटिप्पणीबाट बच्न पनि मेस्सीले केही न केही जित्नै पर्ने थियो । अझै पनि म्यारोडोनाका अन्धभक्तहरू मेस्सीलाई ‘पेसो फ्रिओ’ अर्थात ‘सस्तो गहना’ को उपमा दिँदै अर्जेन्टिनी कम र स्पेनिस बढी भएको आरोप लगाइरहेका थिए । 

जब २०१५ कोपा अमेरिकाको लागि मेस्सी चिलीमा ओर्लिए सबै उनले उपाधि उचाल्नेमा उच्च आशावादी थिए । त्यसवर्ष उनी ला–लिगा, कोपा डेल–रे र च्याम्पियन लिग उचालेर फर्किएका थिए । यसै कारणले पनि विश्वकपको वर्षभन्दा मेसी अझ उच्च फर्ममा रहेका देखिन्थे । फेरि टाटा मार्टिनोको अर्जेन्टिनी टोली अगुइरो, लाभेजी, डि–मारिया, हिगुइन र टेभेजजस्ता हस्तीद्वारा सुसज्जित थियो । समर्थकहरूले कल्पना गरिसकेका थिए, ‘रियो डि ला प्लाटा’बाट धेरै टाढा स्पेनमा हुर्किएको उनीहरूको १० नम्बरे लियोले यसपाली अवश्य आफ्नै दक्षिण अमेरिकी राष्ट्रको लागि ट्रफी उचाल्नेछ । अनी उनले अर्जेन्टिनीहरूको हृदयमा ‘पिलुसा’ अर्थात् म्यारोडोनाले झैँ बास पाउनेछन् । 

यद्यपि फ्लीले कहिल्यै पनि अर्जेन्टिनामा पेलुसाको स्थान पाउन भने असम्भव नै थियो । यो खेलसँग मात्र सम्बन्धित थिएन, बरू मेसी र म्यारोडोना बीचको व्यक्तित्वका कारण थियो । म्यारोडोनासँग अथाह स्टारडम थियो । उनी खुलेर बोल्थे । अर्काेतिर मेसी अन्तरमुखी स्वभावका थिए । यद्यपि फ्लीसँग पनि फुटबल थियो । यदि यी रोसारियन फुच्चेले २२ वर्षको पर्खाइपछि अल्बिसेलेस्टेको लागि उपाधि भित्र्याइदिए यसले म्यारोडोनाका समर्थकहरूलाई एउटा ठूलो खुसी दिने थियो । 



२०१४ विश्वकपको पिडा ताजै थियो । अझ २०१५ को च्याम्पियन लिग फाइनलमा बार्सिलोना र जुभेन्टस भिडेका थिए । अधिकांश अर्जेन्टिनीहरुले जुभेन्ट्सलाई समर्थन गरेका थिए किनकी त्यो टिममा ‘आपाचे’ टेभेज थिए । टेभेज अझै पनि अर्जेन्टिनी जनताको खेलाडी थिए । राष्ट्रिय टिमका कप्तान मेस्सीभन्दा अधिक अर्जेन्टिनीहरुले टेभेजलाई प्रेम गर्थे । 

चिली पुराना सबै घाउ बिर्सने एउटा राम्रो अवसरको थलो थियो । पहिलो खेल जुन १३ मा पोटोडा डि ल सेरेनामा पराग्वे विरुद्ध थियो । यो खेलमा अगुइरोले गोलको खाता खोलेका थिए भने डि–मारियाले डि बक्सभित्र फल खाँदा प्राप्त पेनाल्टीमा मेसीले अर्काे गोल थपेका थिए । अन्तत पराग्वेले २ गोल फर्काउँदै खेल २–२ को बराबरीमा सकाएको थियो । अर्जेन्टिनाले थुपै्र मौका खेर फालेको थियो । 

दोस्रो खेल उरुग्वे विरुद्ध थियो । अघिल्लो कोपामा अर्जेन्टिनालाई पाखा लगाएको उरुग्वे विरुद्धको खेल महत्वपूर्ण थियो । यो खेल प्रतिस्पर्धात्मक त थियो नै यद्यपि खेलको ५६ औँ मिनेटमा कुन अगुइरोले गरेकोे गोलको मद्दतले अर्जेन्टिनाले उरुग्वेलाई हराएको थियो । 

समूह बी को अन्तिम खेल जमैका विरुद्ध थियो । हिगुइनको गोलमा अर्जेन्टिनाले सहज जित निकाल्दै, टिमलाई सेमिफाइनलमा पुग्यो । क्वाटर फाइनलमा अर्जेन्टिनाले कोलम्बिया विरुद्ध खेलेको थियो । पेनाल्टी ‘सुट आउट’मा पुगेको यो खेलमा टेभेजले १४ औँ पेनाल्टी प्राप्त गर्दा अर्जेन्टिनाले खेल जितेको थियो । 

सेमिफाइनलमा अर्जेन्टिनाको भेट फेरि पराग्वेसँग भयो । पराग्वे ब्राजिललाई १–१ को बराबरी पश्चात पेनाल्टीमा पाखा लगाउँदै सेमिफाइनल पुगेको थियो । अर्जेन्टिनाले पनि समूह चरणमा पराग्वेसँग २–२ को बराबरी खेलेको थियो । तर पराग्वे विरुद्धको सेमिफाइनल अर्जेन्टिनाको लागि सहज भयो । यो खेल अर्जेन्टिनाले ६–१ ले जितेको थियो । डि–मारियाले २ गोल गरेका थिए भने रोजो, पास्टोरे, हिगुइन र अगुइरोले १–१ गोल गरेका थिए । गोल नगरेपनि खेलमा मेस्सी नै नायक बनेका थिए । उनको प्रदर्शन अकल्पनिय थियो । तिनले राष्ट्रिय टोलिको लागि आफ्नो खेल जीवनकै २८ औं, २९ औं र ३० औं असिस्ट गर्न पाएका थिए । 

‘तिन गोल असिस्ट गर्न मलाई गाह्रो भएन’ मेसीले भनेका थिए ‘सायद मेरो गोल फाइनललाई बाँकी होला ।’ ‘उसलाई केही फरक पर्दैन, उ खुसी छ । उसले खुसी हुन उच्च गोलकर्ता बनिरहनु पर्दैन’ प्रशिक्षक टिटोले भनेका थिए । ‘कसले गोल गर्छ त्यो महत्वपूर्ण होइन, विश्वकप पछि फेरि एकपटक हामी फाइनलमा पुगेका छौँ । हामी जित्न चाहन्छौँ’ मेस्सीले भनेका थिए । 

कोपा अमेरिका फाइनल ४ जुलाई २०१५ मा स्टान्टियागोको राष्ट्रिय रंगशालामा हुँदै थियो । अर्जेन्टिना चिलीसँग उसको घरेलु मैदानमा भिड्दै थियो । चिलीसँग पनि भिडाल, भार्गास, भाल्भििया र सान्चेस जस्ता स्टार खेलाडी थिए । ब्राजिल बाहिरिइसकेको थियो र यही नै सबैभन्दा रोचक र प्रतिस्पर्धात्मक फाइनल हुने पक्का थियो । 

तिनीहरू माथिपट्टी एउटा ठूलो ब्यानरमा डिएगो म्यारोडोना, पोप फ्रान्सिस र लियोनल मेसीको फोटो थियो । ‘भगवान र पोप दुवै तिम्रो साथ छन्’ ब्यानरमा लेखिएको थियो ।

चिलियनहरू अर्जेन्टिनालाई जित्दै इतिहास उल्ट्याउन चाहन्थे । किनकी ९९ वर्षको यो कोपा अमेरिकाको प्रतियोगितामा अर्जेन्टिना र चिली २४ पटक आमने–सामने भएका थिए भने चिलीले कहिल्यै अर्जेन्टिनालाई हराउन सकेको थिएन । अर्काेतिर अर्जेन्टिनाले १९९३ मा इक्वेडरमा उपाधि जितेयता अहिलेसम्म उपाधि जितेको थिएन । त्यसैले उनीहरू पनि उपाधि खडेरीलाई तोड्दै आफ्नो मुलुकमा ट्रफी भित्र्याउन चाहन्थे । मेस्सी पनि दक्षिण अमेरिकामा केही गरेर देखाउन चाहन्थे । 

राष्ट्रिय रंगशाला पुरै रंगीन देखिन्थ्यो । मात्र थोरै भागमा अर्जेन्टिनाका समर्थकहरु देखिन्थे । तिनीहरू माथिपट्टी एउटा ठूलो ब्यानरमा डिएगो म्यारोडोना, पोप फ्रान्सिस र लियोनल मेसीको फोटो थियो । ‘भगवान र पोप दुवै तिम्रो साथ छन्’ ब्यानरमा लेखिएको थियो । सिङ्गो अर्जेन्टिना मेसीको पछाडि थियो तर स्टान्टियागोको राष्ट्रिय रंगशालामा रातो सर्टमा उपस्थित ५०,००० चिलीयन समर्थकहरू मेस्सीको विरुद्ध थिए । उनीहरू मेस्सीलाई गिज्याइरहेका थिए । 

खेल शुरू भयो । मेस्सीको पास खासै सदुपयोग हुन सकेन । २५ मिनेटमा डि–मारिया घाइते हुँदै मैदानबाट बाहिरिए । भिडाल र मेडल चम्किँदा लियो जम्न सकेनन् । चिलीयनहरू आक्रामक देखिएका थिए । कप्तान डियाजले पहेलो कार्ड व्यहोर्नुपरेको थियो । यसरी मैदान भित्र मेस्सी पिडीत देखिन्थे । उनले सहजसँग खेल्न पाएनन् । 

मैदानबाहिर फेरि मेस्सीको परिवारले असहज वातावरण झेल्नुपर्यो यो । चिलीयन समर्थकहरूले पटक–पटक अपशब्द दिएपछि उनीहरूले आफू बसेको ठाउँ छोड्नु परेको थियो भने दाजु रोड्रिगोमाथि हातपात नै भएको थियो । पछि अर्जेन्टिनी राजदूत आफै पुगेर स्थिति त्यहाँभन्दा खराब हुनबाट जोगाएका थिए । खेल दोस्रो हाफ र अतिरिक्त समयमा पनि तनावपूर्ण रह्यो । ८९ मिनेटमा हिगुइनले सुन्दर मौका खेर फाले । खेलमा अतिरिक्त समयमा पनि गोल हुन सकेन र पेनाल्टीमा धकेलियो । 

पेनाल्टीको सुरुमा मेस्सीले गोल गरे । तर, त्यसपछि हिगुइनको बल आकासियो । फेरि बानेगाले पनि गोल गर्न सकेनन् । त्यसैले समग्र ४–१ ले अर्जेन्टिना पराजित भयो । यसपटक पनि मेस्सीको दुर्भाग्य दोहोरियो । आयोजकहरूले मेस्सीलाई प्रतियोगिताकै उत्कृष्ट खेलाडीको अवार्ड दिन चाहे तर मेस्सीले लिन मानेनन् ।

कोपा अमेकिा २०१६, अमेरिका

‘मैले प्रेम गर्ने फुटबलमै सफल हुनु मेरो सानैदेखिको सपना हो । मैले यसैमा करियर बनाउने सपना पालें । सत्य कुरा त यहाँसम्म आइपुग्दा मैले थुप्रै हन्डर पनि खाएको छु, यो कठिन यात्रा थियो । तर मैले कहिल्यै सपना देख्न छोडिन । आफ्नो चाहनाको पछाडि लागिरहे र सपना पनि पुरा गर्दैछु । म जे गर्छु मलाई मन पर्छ । म हरेक दिन सुधार गर्दै  जानेछु । योभन्दा अरु कुरा मेरो प्राथमिकतामा पर्दैन । मलाई मन पर्ने र रमाइलो लाग्ने काम मात्र म गर्छु । म मेरो उद्देश्य पुरा गर्न लागिरहन्छु ।’ मेस्सीले भनेका थिए । 

यहाँ पनि मेस्सीले अर्जेन्टिनालाई सफलता दिलाउनु नै आफ्नो ठूलो उद्देश्य भएको प्रष्ट पारेका थिएः ‘मेरो उद्देश्य भने चाहे बार्सिलोना होस् वा अर्जेन्टिना, जहाँबाट खेलेपनि जित्ने नै हुनेछ । मलाई लाग्छ यो कोपा अमेरिका एउटा राम्रो मौका हुनसक्छ । हामी भर्खरै यसअघि दुईवटा फाइनलमा पुगेर उपाधिको एकदमै नजिक पुगेका थियौँ । हामीले यो मौकाको फाइदा उठाउनु पर्छ र सक्दो कोसिस गरेर जित्नुपर्छ । यो नै सिङ्गो टिमको एकमात्र सपना हो । विश्वकपपछि एक ढिक्का भएर हामी यसैको लागि लडिरहेका छौँ ।’ 

तर फेरि अर्काेपटक पनि उसको सपना तुहियो । मेस्सी र अर्जेन्टिनाको दुर्भाग्य फेरि पनि दोहोरियो । २६ जुन, २०१६ मा न्यु जर्सीको इस्ट रुथरफोर्ड रंगशाला भएको फाइनलमा फेरि चिलीले अर्जेन्टिनालाई पेनाल्टीमा ४–२ गोलले पराजित गर्दै कोपा अमेरिका हत्यायो । चिलीले २ वर्षमा दोस्रो पटक कोपा अमेरिका उचालेको थियो । कोपा अमेरिका ४–४ वर्षमा हुने भएपनि अघिल्लो कोपा सय वर्षको इतिहास पुरा गरेको अवसरमा आयोजना गरिएको थियो । 



लियोले प्रतियोगिताकै उत्कृष्ट त खेलेका थिए । यो उनले फाइनलमा व्यहोरेको चौथो हार थियो । मेस्सीको अल्बिसिलिस्टेले लगातार तेस्रो फाइनल गुमाएको थियो । खेल सकिएपछि प्रेस रुममा मेस्सीले राष्ट्रिय टिमबाट सन्यास लिएको घोषणा गरेका थिए:

‘यो एकदमै कठीन समय हो, यसलाई समिक्षा गर्न सकिँदैन । मैले डेसिङ रुममा अनुभूति गरें कि राष्ट्रिय टिमको लागि अब मेरो समय सकिएको छ । मलाई अहिले पनि त्यस्तै लागिरहेको छ । मैले त्यो महत्वपूर्ण पेनाल्टी गुमाएँ । अर्जेन्टिनालाई च्याम्पिएन बनाउन मैले सक्ने जति सबै गरेको छु । मैले थुप्रै पटक लडेको छु । चारवटा फाइनल खेलियो तर मैले एउटा पनि जित्न सकिन । यसले मलाई एकदमै दुःखी तुल्याएको छ । अरु सबै कुराभन्दा यसले मलाई चोट दिएको छ । मलाई मेरो देशले ट्रफी जित्नुभन्दा अरु केही चाहिँदैन थियो । तर दुर्भाग्य यस्तो हुन सकेन । मैले यो गर्न सकिन । यो सत्य हो, र यही गर्नु नै राम्रो हुनेछ ।’

त्यतिबेलासम्म फ्लीले अर्जेन्टिनाको लागि ११३ क्याप जित्दै ५५ गोल गरेका थिए । ‘कृपया नछोड !’ ब्युनर्स आयर्सको खेल पत्रिका ‘ओले’ ले भोलिपल्टको हेडलाइन राखेको थियो । मेसीको निर्णयले विश्वलाई नै चकित पारिदिएको थियो । के तिनले हतारमा यो निर्णय लिएका त हैनन् ? के तिनी फेरि राष्ट्रिय टोलीमा फर्केलान् ? संसारभर यही नै बहस चलिरहेको थियो ।तर फेरि मेसी राष्ट्रिय टिममा फर्किए । २०१८को विश्वकप खेले । अहिले फेरि कोपा अमेरिका जिताउने पाँचौ प्रयासमा मेस्सी छन् ।

बुझ्नुपर्ने कुरा उत्कृष्ट खेलाडीले सबैथोक जित्नै पर्छ भन्ने पनि हुँदैन । प्रयासचाहिँ गर्ने हो । इतिहासमा मिचेल प्लाटिनी, युहान क्रुफहरू जस्ता कैयौँ खेलाडीहरू विश्वकप उपाधिबाट बञ्चित छन् । र, यसकै आधारमा तिनको महानतामा हामी कहिल्यै प्रश्न गर्दैनौँ ।

सन् १९९३ मा इक्वेडरमा सम्पन्न कोपा अमेरिकामा अर्जेन्टिनाले फाइनलमा मेक्सिकोलाई हराउँदै उपाधि उचालेको थियो । त्यसका प्रशिक्षक कोको ब्यासीले थिए । टिमको कप्तानी रुगेरीले गरेका थिए । यो नै उसको पछिल्लो उपाधि हो । ‘फ्ली’ मात्र पाँच वर्षका थिए । झण्डै पछिल्लो डेड दशक यता अर्जेन्टिनासँग विश्वकै उत्कृष्ट खेलाडी छन् मेस्सी । 

तर, मेस्सीले निलो–सेतो जर्सी पहिरिँदा भोगेको निराशाहरूको एउटा लामो सूची बन्छ । २००७ जुन १५ मा पनि अर्जेन्टिनाले ब्राजिलसँग कोपा अमेरिका फाइनल हारेको थियो । जर्मनी विश्वकप २००६, दक्षिण अफ्रिका विश्वकप २०१०, घरेलु मैदानमा सम्पन्न कोपा अमेरिका २०११, ब्राजिल विश्वकप २०१४, कोपा अमेरिका २०१५, कोपा अमेरिका, २०१६ । अन्डर ट्वान्टी फिफा विश्वकप र ओलम्पिक गोल्ड मेडल २००९ मात्र मेस्सीले अर्जेन्टिनालाई जिताएका उपाधि थिए ।पाँचौ कोपा अमेरिका खेलिरहेका मेस्सीसँग फेरि एकपटक आफ्नो मुलुकको सिनियर टिमको लागि पहिलो उपाधि उचाल्ने एउटा सुन्दर मौका छ । यतिभए अर्जेन्टिनी फुटबलले पनि अलिकति सन्तोषको श्वास फेर्न पाउने थियो ।

तर, बुझ्नुपर्ने कुरा उत्कृष्ट खेलाडीले सबैथोक जित्नै पर्छ भन्ने पनि हुँदैन । प्रयासचाहिँ गर्ने हो । इतिहासमा मिचेल प्लाटिनी, युहान क्रुफहरू जस्ता कैयौँ खेलाडीहरू विश्वकप उपाधिबाट बञ्चित छन् । र, यसकै आधारमा तिनको महानतामा हामी कहिल्यै प्रश्न गर्दैनौँ ।

 

यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।

द मार्जिन

लेखकबाट थप...