काठमाडौं । नेपाल क्रिकेट इन्स्टिच्युटको आयोजनामा भाद्र १० गते देखी शिक्षान्तर स्कुल दोस्रो इपीएस ड्रिजल कप क्रिकेट प्रतियोगिता हुने भएको छ । प्रतियोगितामा काठमाडौं उपत्यकाका १५ भन्दा बढी विद्यालयहरुले सहभागिता जनाउने आयोजकले जनाएका छन । प्रतियोगितामा कक्षा १० सम्मका छात्रहरुले सहभागिता जनाउन पाउने भएका छन् । स्कुल क्रिकेटको विकास र नयाँ प्रतिभा पहिचान गर्न प्रतियोगिता आयोजना गर्न लागिएका आयोजक नेपाल क्रिकेट इन्स्टिच्युटले जनाएको छ ।

प्रतियोगिताको पहिलो संस्करण २०७६ मा भएको थियो । कोरोना महामारीको कारण प्रतियोगिताको दोस्रो संस्करण आयोजनामा ढिलो भएको थियो । प्रतियोगिताका सबै खेलहरु मिनभवन स्थित इपीएस स्कुलमा आयोजना हुनेछ ।

प्रतियोगिताको उपाधि विजेताले रु १४ हजार ५ सय र उप विजेताले रु ८ हजार सहित प्रमाण पत्र प्राप्त गर्नेछन । प्रतियोगिताका उत्कृष्ट खेलाडीले रु ३ हजार ५ सय, उत्कृष्ट बलर र ब्याटसम्यानले समान २ हजार १ सय प्राप्त गर्नेछन । हरेक खेलका उत्कृष्ट खेलाडीलाई रु ५ सय प्रदान गरिने आयोजकले जनाएको छ । 

यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।

द मार्जिन

लेखकबाट थप...