Author

यसअघि पछिल्लो पटक, एट्लेटिकोले सन् २०१४मा लालिगाको उपाधि जितेको थियो । यसपटक समेत गरेर एट्लेटिको कुल ११ औं पटक स्पेनिस लिग च्याम्पियन बनेको हो ।

स सिजनकै अन्तिम खेलमा जित निकाल्दै एट्लेटिको म्याड्रिडले गर्दै स्पेनिस लिग (ला–लिगा)को उपाधि हात पारेको छ । शनिबारको निर्णायक खेलमा लुइस स्वारेजले निर्णायक गोल गरेपछि एट्लेटिको म्याड्रिडले रियल भालाडोलिडलाई पराजित गर्दै उपाधि उचालेको हो । 

एक गोलले पछाडि परेको अवस्था उल्ट्याउँदै एट्लेटिकोले भालाडोलिडलाई २–१ ले पराजित गर्यो भने उसलाई उपाधि उचाल्न सिजनको अन्तिम खेलबाट जित निकाल्नै पर्ने वाध्यता थियो ।

अन्तिम खेलमा जित हात नपारेको खण्डमा उपाधि एट्लेटिकोकै सहरी प्रमुख प्रतिद्वन्द्वी रियल म्याड्रिडको पोल्टोमा जाने थियो । भालाडोलिडले मध्यान्तरसम्म एक गोलको अग्रता लिएर एट्लेटिकोलाई आफ्नो घरलु मैदानमा स्तब्ध पारिसकेको थियो । संयोगवश, मध्यान्तरसम्म आफ्नो घरेलु मैदानमा रियल पनि भिल्लारियलसँग एक गोलले नै पछाडि थियो । 

रियलको म्याड्रिडमा येरिमी पिनोले २० औं मिनेटमा भिल्लारियललाई अग्रता दिलाएका थिए । त्यसको केही पर भइरहेको एथलेटिकोको खेलमा ओस्कार प्लानोको गोलमा भालाडोलिडले १८ औं मिनेटमा अग्रता लिएको थियो ।

तर, एन्जल कोरिआले एकल प्रयासमा गरेको सानदार गोलबाट एट्लेटिकोले ५७ औं मिनेटमा खेल बराबरीमा ल्यायो । १० मिनेटपछि स्वारेजले गरेको गोल नै खेलमा निर्णायक बन्यो । 

अन्तिम समयमा खेललाई नाटकीय बनाउँदै रियलले पनि नाटकीय जित निकाल्यो । करिम बेन्जेमाले ८७ र लुका मोड्रिजले ९२ औं मिनेटमा गोल गरे । तर यो जीत पनि रियललाई उपाधि जोगाउन पर्याप्त भने भएन । किनकी, ३८ खेलको समाप्तिमा एट्लेटिकोको ८६ र रियलको ८४ अंक रहयो । 

यसअघि पछिल्लो पटक, एट्लेटिकोले सन् २०१४मा लालिगाको उपाधि जितेको थियो । यसपटक समेत गरेर एट्लेटिको कुल ११ औं पटक स्पेनिस लिग च्याम्पियन बनेको हो ।
प्रशिक्षक डिएगो सिमोनीले एक दशक म्याड्रिड बसाइका क्रममा एट्लेटिकोलाई दोस्रो पटक लिग जिताएका हुन् भने स्पेनिस लिगमा सर्वदा रियल र बार्सा कै दबदबा कायम हुँदै आएको छ । 

तर यसपाली डिसेम्बरदेखि नै एट्लेटिकोले लिगमा अग्रता बनाइरहेको थियो । यो अग्रता जोगाइराख्न यसै सिजन बार्सिलोनाबाट एट्लेटिको भित्रिएका लुइस स्वारेजको भूमिका विशेष रह्यो । गत साता ओसासुनासँग बराबरीमा रोकिन लागेको अवस्थामा ३४ वर्षे स्वारेजले नै एट्लेटिकोबाट विजयी गोल गरेका थिए । 

बार्सिलोनाबाट यसै सिजन आएका उनले ३२ खेलमा २१ गोल गरे । स्पेनमा सातौं सिजन बिताइरहेका स्वारेजले व्यक्तिगत छैटौंपल्ट ला लिगाको उपाधि उचालेका हुन् । यस अघि उनले बार्सिलोनाबाट लिग जितेका थिए ।

बार्सिलोना भने अघिल्लो खेलमा नै उपाधि दौडबाट बाहिरिइएको थियो । उसले अन्तिम खेलमा एन्टोइन ग्रिजम्यानको गोलमा एइबरलाई १–० ले हरायो । र, ७९ अंकसहित तेस्रो स्थानमा रह्यो । सेभियाले यसअघि नै चौथो स्थान सुरक्षित गरेको थियो, र च्याम्पियन्स लिगमा छनोट भएको छ । सातौं स्थानमा रहेको भिल्लारियलले म्यानचेस्टर युनाइटेडविरुद्ध हुने युरोपा लिगको फाइनलमा जित हात पारेमा च्याम्पियन्स लिगमा छनोट हुनेछ । 

 

यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।

द मार्जिन

लेखकबाट थप...