१, कथ्य: (दुई जना मीतहरु हर्कबहादुर लाबुङ लिम्बु र बुधबहादुर माझी एउटा बुढो रुख ढाल्ने तर्खरमा छन्।)
त्यो रुखलाइ ढालेर उनीहरु मर्नु अगाडि एउटा एउटा चिनो छाड्न चाहन्छन्।चिनो स्वरुप बुधबहादुर आफ्नो मृत श्रीमतीको नाममा डुङ्गा बनाउन चाहन्छन्, भने भक्तबहादुर च्याब्रुङ। तर हर्कबहादुरको रहर फगत रहर हो। खासमा त उसलाई पनि मनमायाको नाममा चिनो बनाउन मन छ। चिनो बारे सोँच्दासोँच्दै फ्ल्यासब्याकमा उ मनमायालाई सम्झन पुग्छ। मनमाया अर्थात उसले सबैभन्दा मन पराएको सोल्टिनी। गाउँको प्रधानपंचकि छोरी । पल्टने दाजुको एकमात्र फौदारे भाइ । उसले जमानामा मेलापाततिर मनमायासँग खुब धान नाचे,पालाम गाए,प्रेम साटे। तर घरजम गर्न भाग्ने निर्णयमा भने मनमाया बिराजी भइन्। उसले जबरजस्ति गरेन। मनमायाकै मायाले बिरक्तिएको उसले अहिलेसम्म बिहे नगरि बसेको छ। अन्तिममा उनीहरुको फेरि एकपटक भेट हुन्छ।साइनोमा भतिज पर्ने भक्तेले हर्कबहादुरलाई जिस्काउँदै मनमायाको नाममा चिनो छोड्न भन्छ । तर मनमायाले बाँच्नेको नाममा चिनो छोड्न नहुने भन्दै भक्तेलाइ हकार्छिन्। ठिक त्यसैबेला बुधबहादुरले पहिले घरजम गर्न बिराजी भएको प्रसङ्ग निकालेर मनमायासामु जिज्ञासा राख्छ। उनले पारिवारिक स्थितिको द्वन्द्वको कारण देखाउँछिन् र आफ्नो बाटो लाग्छिन्।
कमजोरीकै कसिमा हेर्दा मीत साइनो जोड्ने परम्परालाई हलुका रुपमा प्रस्तुत गरिएझैँ लाग्यो। अच्छाबहादुर राइले अब तिमीहरु मीत हौ भन्ने बित्तिकै हर्कबहादुर र बुधबहादुर मीत भएको घटना अलि चित्तबुझ्दो भएन। किनकि, मीत लाउने संस्कारमा एउटा निश्चित प्रक्रिया हुनु पर्ने हो। त्यो देखाइएझैँ लागेन।
जम्माजम्मि एक घण्टाको कथा रहेको "मितज्यु"नाटकले तत्कालीन पंचायत समयको लिम्बुवानको कावेली खोला आसपासको साँस्कृतिक कथा भनेको छ। नेपालमा 'मीत' साइनो लाउने प्रचलन पुरानो हो। बिरलै मानिसहरुले मात्र 'मीत' साइनो लाउने भएकाले यसले आम सँस्कृतिकै रुप भने लिन सकेको छैन। नाम मिल्ने,अनुहार मिल्ने,मन मिल्ने र अति झगडा गर्ने मानिसहरुमा प्राय 'मीत' लाउने प्रचलन हुन्छ । नाटकमा फौदारे स्वभावको हर्कबहादुर र बुधबहादुरलाई झगडाकै कारण अच्छाबहादुर राइले 'मीत' लाइदिन्छन्। 'मीत' लाइदिएपछि उनीहरुको दुश्मनी मित्रतामा परिणत हुन्छ र आपसमा बुढो भइन्जेल सहयोग आदानप्रदान गर्छन्। यसरी आपसी सम्बन्ध,माया र विस्वास क्षीण हुँदैगरेको बर्तमान अवस्थामा 'मितज्यू' नाटकले दुइ मीतहरुको दृष्टिकोणबाट माया अनि सम्बन्धको सुकिलो कथा देखाउन खोजेको छ।यसमानेमा 'मितज्यु' प्रतिकात्मक छ।
२, बिम्ब र प्रतिकको प्रयोग:
नाटकमा धेरै बिम्ब तथा प्रतिकको प्रयोग गरिएको छ। कथाको सुरुवात 'मुन्धुम' वाचनबाट हुन्छ। यसको सांकेतिक अर्थ लिम्बु समुदायको मुन्धुमी सभ्यता र जिवनपद्धति हो। लिम्बुहरु हरेक कार्यको सुभारम्भ गर्न अघि 'मुन्धुम' फलाकेर तागेरा निङवाभुमाङ(भगवानलाई) पुकार्दछन्। कथामा बुढो रुख काट्न लागिएको छ र काट्न अघि मुन्धुम फलाकिँदै छ। यसरी मुन्धुमले प्रकृति र जीवनको संवेदनाको संकेत गरेको छ। मुन्धुमी सभ्यता प्रकृतिको कति नजिक छ भन्ने बोध नि हुन्छ।
कथाको ब्याकग्राउण्डमा च्याब्रुङको आवाज बजिरहन्छ। च्याब्रुङको ताल कथाको टोनपिच्छे बद्लिरहन्छ।एकातिर च्याब्रुङले साँस्कृतिक पर्यावरणलाई त सोझै चित्रण गरेको छ भने अर्कोतिर यसको टोनले कथाको द्वन्द (Event variation)र पात्रहरुको मनोदशा,भाव र मानसिकताहरुलाई समेत देखाउन खोजेको छ। कथामा अन्य धेरै बिम्ब र प्रतिकहरुको नि प्रयोग गरिएको छ। जस्तो कि च्याब्रुङ र डुङ्गाको निम्ति बुढो रुख ढाल्ने सोँच छ। यसको सांकेतिक अर्थ एकपुस्ताको समाप्तिसँगै पुस्तान्तरण हुने ज्ञान,शिप र चेतनाको अविच्छिन्नताको कुरो हो। कथामा हर्कबहादुर लाबुङ लिम्बुको च्याब्रुङ र बुधबहादुर माझीको डुङ्गाले साँस्कृतिक चेतनाको संकेत गर्दछन्। उनीहरुको आफु मरेपनि चिनो छाडिराख्ने बिचारले साँस्कृतिक हस्तान्तरणको संकेत गर्दछ।
प्रोटागोनिस्ट हर्कबहादुरको पल्टने दाइको माध्यमबाट तत्कालीन पंचायतकाल बिरुद्द बिद्रोहि र परिवर्तनगामी बिचारको प्रार्दुभाव हुँदै गरेको अवस्थालाई देखाउन खोजिएको छ। उसको हरेक सोँच आधुनिक,मौलिक र परिवर्तनगामी छ। उसले युवाहरुलाई देश विकासमा लाग्न हमेसा उत्प्रेरित गर्दछ। नाटकमा हरेक कृयाकलापहरु ब्याकग्राउण्डको च्याब्रुङको तालसँगै लयबद्द र गतिशिल हुन्छ। यसको प्रतिकात्मक अर्थ भनेको च्याब्रुङको साँस्कृतिकताले डोर्याएको जिन्दगीको लय हो।
३, साँस्कृतिक तर्क:
यस नाटकलाई मुलत साँस्कृतिक नाटक नै मान्दा हुन्छ। साँस्कृतिक नाटक भनिनुको धेरै अर्थ र सबलताहरु छ। पहिलो कुरा यसले साँस्कृतिक कथाको उठान गरेको छ। कथाको हरेक द्वन्द्वहरु र पात्रहरुको परिस्थितिहरु सँस्कृतिले सिर्जित गरेका छन्। बेलाबेला ति साँस्कृतिक द्वन्द्वले राजनैतिक मुद्दा नि उठाउन खोज्छन्। तर ति मुद्दाहरु उठ्न अगावै फेरि पात्रहरुको साँस्कृतिक सहिष्णुताले काम गर्छ।
नाटकमा धेरै बिम्ब तथा प्रतिकको प्रयोग गरिएको छ। कथाको सुरुवात 'मुन्धुम' वाचनबाट हुन्छ। यसको सांकेतिक अर्थ लिम्बु समुदायको मुन्धुमी सभ्यता र जिवनपद्धति हो। लिम्बुहरु हरेक कार्यको सुभारम्भ गर्न अघि 'मुन्धुम' फलाकेर तागेरा निङवाभुमाङ(भगवानलाई) पुकार्दछन्। कथामा बुढो रुख काट्न लागिएको छ र काट्न अघि मुन्धुम फलाकिँदै छ। यसरी मुन्धुमले प्रकृति र जीवनको संवेदनाको संकेत गरेको छ। मुन्धुमी सभ्यता प्रकृतिको कति नजिक छ भन्ने बोध नि हुन्छ।
नाटकमा सँस्कृतिको मुल्यबोध गराउने धेरै घटनाहरु पाइन्छन्। पहिलो त मीत साइनोकै प्रसङ्ग छ। मीत साइनो लाउने प्रचलन नेपालको एउटा पुरानो प्रचलन हो। शारीरिक रुपमा फरक भएनि यसले दुइ मित्रहरुलाई भावनात्मक रुपमा एक बनाउँछ।सम्बन्धको सुत्रको रुपमा यहाँ मित लाउने प्रचलनलाइ देखाइएको छ।
अर्को छ तुम्याहाङ परम्परा। तुम्याहाङ परम्परा बिशेषत लिम्बु समुदायमा पाइने परम्परा हो। तुम्याहाङ भनेको झै-झगडा,किचलो,न्यायनिसाफ र गाउँका अरुनै मुद्दाहरु मिलाउने समाजका पंचभलाद्मी भन्ने बुझिन्छ।समाजमा उनीहरुको स्थान बेग्लै महत्वको हुन्छ। कथामा अच्छाबहादुर राइले एकप्रकारको तुम्याहाङको भुमिका निर्वाह गरेको छ। उसकै कारण हर्कबहादुर र बुधबहादुरको शत्रुता मित्रतामा परिणत हुन्छ।
साँस्कृतिक मुल्यकै रुपमा कथामा पल्टन परम्परालाई पनि चित्रण गरिएको छ। लिम्बु समुदायमा पल्टन परम्परा पहिलो विश्वयुद्द सुरु हुन अघिबाटको हो। कथामा हर्कबहादुरको दाइ पल्टने छ।उसले अरु युवाहरुलाई पनि पल्टनमा भर्ति हुन प्रेरित गर्छ। नसके गाउँमै बसेर गाउँको सेवा गर्न उक्साउँछ। उसको स्वभाव अलि कडा र बिद्रोहि छ। सायद, उक्त बिद्रोहि स्वभाव परिवर्तनगामी चेतनाको उपज हुँदो हो। नाटकमा जाँडरक्सि पिउने लिम्बु संस्कारलाई पनि देखाइएको छ। लिम्बु संस्कारमा जाँड,रक्सिको छुट्टै सामाजिक मुल्य रहेको छ। यसलाई सामाजिकिकरण र सद्भावको आचरणको रुपमा नि मान्न सकिन्छ। नाटकका प्राय सबै पात्रहरुले सामाजिक सद्भाव, बन्धुत्व,एकता र शिष्टता कायम गर्न जाँड,रक्सि पिउने गर्दछन्। साँस्कृतिक पक्षकै रुपमा मृतकहरुको नाममा चिनो बनाउने प्रचलनको बिषय पनि नाटकले उठाएको छ। नाटकमा अच्छाबहादुर राइको नाममा फलैँचा बनाइएको छ। त्यहाँ उसको जन्म र मृत्युको उल्लेख नि गरिएको छ। अर्कोतिर हर्कबहादुर र बुधबहादुर पनि चिनो छाड्ने रहरमा च्याब्रुङ र डुङ्गा बनाउन उद्दत छन्।
४, द्वन्द्व: नाटकको मुख्य द्वन्द्व भनेको हर्कबहादुर र मनमायाबीचको प्रेम हो। एकातिर परिवर्तनगामी र बिद्रोहि पल्टने सँस्कृतिको हर्कबहादुर र अर्कोतिर शोषक
वर्गको प्रधानपंचको छोरी मनमाया। हर्कबहादुर र उनका पल्टने दाइ शोषक वर्गको अन्याय बिरुद्द डटिबद्द छन्, भने मनमायाको परिवार पुरानै मान्यताकै पोषण गर्न उद्दत छन्। उनीहरुबीचको बैचारिक र वर्गीयअसमानता अनि त्यसले निम्त्याएको फाटो नै नाटकको मुख्य द्वन्द्व(crisis)हो।
५, त्रुटि र दिशाबोध:
नाटकमा त्यति धेरै त्रुटी देखिन्न। टेक्निकल पक्ष,सेटिङ,म्युजिक र लाइटबारे मेरो जोड हैन। तर यहाँ बिशेषत कथा र पात्रहरुको प्रस्तुतिको कमजोरी औल्याँइएको छ। प्रथम त नाटकमा मनमायाको कोणबाट तत्कालीन समयको संवेदना र मान्यतालाई जति हेरिनु पर्ने हो त्यति हेरिएको छैन। उनलाई एक निष्क्रिय पात्रको रुपमा मात्रै उभ्याइएको छ।वास्तवमा लिम्बु समुदायमा महिलाहरुको उत्तिकै अधिकार छ जति पुरुषहरुको छ। उनीहरुलाई पनि प्रेम,सम्बन्ध र सपनाहरुप्रति धारणा बनाउने अधिकार छ। त्यति उद्वार लिम्बु सँस्कृतिमा मनमायालाई आफ्नो माइतीहरुको दवाबमा खुम्चिने पात्रको रुपमा उभ्याउनु अलि न्यायसंगत भएन।
कथामा अन्य धेरै बिम्ब र प्रतिकहरुको नि प्रयोग गरिएको छ। जस्तो कि च्याब्रुङ र डुङ्गाको निम्ति बुढो रुख ढाल्ने सोँच छ। यसको सांकेतिक अर्थ एकपुस्ताको समाप्तिसँगै पुस्तान्तरण हुने ज्ञान,शिप र चेतनाको अविच्छिन्नताको कुरो हो। कथामा हर्कबहादुर लाबुङ लिम्बुको च्याब्रुङ र बुधबहादुर माझीको डुङ्गाले साँस्कृतिक चेतनाको संकेत गर्दछन्। उनीहरुको आफु मरेपनि चिनो छाडिराख्ने बिचारले साँस्कृतिक हस्तान्तरणको संकेत गर्दछ।
कमजोरीकै कसिमा हेर्दा मीत साइनो जोड्ने परम्परालाई हलुका रुपमा प्रस्तुत गरिएझैँ लाग्यो। अच्छाबहादुर राइले अब तिमीहरु मीत हौ भन्ने बित्तिकै हर्कबहादुर र बुधबहादुर मीत भएको घटना अलि चित्तबुझ्दो भएन। किनकि, मीत लाउने संस्कारमा एउटा निश्चित प्रक्रिया हुनु पर्ने हो। त्यो देखाइएझैँ लागेन।
अर्को कमजोरी भनेको बुधबहादुर माझीको पारिवारिक कुरोको प्रश्न हो ।उनकि श्रीमतीको चर्चा गरिए पनि उनलाई कथामा कहिँ पनि देखाइदैन। यदि उनको मृत्यु नै भए पनि मृत्युबारे यथेष्ट जानकारी प्रस्तुत छैन। तर नाटकमा प्रसंसायोग्य निक्कै सुन्दर कुराहरु पनि छन् , जसले जिन्दगीका आम पक्षहरुलाई सम्बोधन गरेका छन्।
मितज्यूहरुको आपसी सम्बन्धबाट प्रेम,विस्वास र सहयोगको मुल्यबोध गराएको छ। भिन्न जातका दुई मीतहरुको सम्बन्धले भावनात्मक एकताको माध्यमबाट देश र विश्वलाई समृद्द र एकिकृत गर्न सकिन्छ भन्ने सन्देश यस नाटकको मुल मन्त्र हो। पंचायती व्यवस्थाको माध्यमबाट देखाइएको तत्कालीन समयको शोषकिय प्रवृतीअनि पल्टने साँस्कृतिक चेतले त्यसमाथि बोलेको धावालाई स्थापित मान्यतामाथिको बिनिर्माण हुँदै गरेको चेतनाको उपजको रुपमा लिन सकिन्छ। जे होस् "मितज्यु"नाटकले एक घण्टा भए पनि लकडाउनको सकसलाई दुर गर्न मद्दत गर्छ। भलै यसको ह्याङओभर पछिसम्मै रहला।
यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।
लेखकबाट थप...