भूपेन्द्र पाण्डे

भूपेन्द्र पाण्डे साहित्यका विभिन्न विधाका साथै स्वास्थ्य एवं समसामयिक विषयमा कलम चलाउँछन् ।

माजमा रहेका हरेक व्यक्तिहरू स्वस्थ रहनु पर्छ । स्वस्थ नागरीक भएको देशको जनशक्ति स्वस्थ हुन्छ । जसले गर्दा नागरिक तथा देशको सर्वाङ्गिण विकास सबल र उत्कृष्ट बन्न पुग्दछ । मानिसहरूलाई स्वस्थ हुनु पर्छ, स्वस्थ हुनु भनेको के हो ? कसरी स्वस्थ रहन सकिन्छ ? स्वस्थ रहने आधारभूत आधारहरू के हुन्न ? स्वस्थ रहनका लागि आवश्यक पर्ने सेवा सुविधा के के हुन्न ? कसरी प्राप्त गर्न सकिन्छ ? यी सबै कुरा बुझाउने कुनै एक प्रभावकारी माध्यम संसारमा रहेको छ भने त्यो हो स्वास्थ्य  शिक्षा । संसारमा विभिन्न समयमा देखिएका विभिन्न प्रकारका ठूला वा साना स्वास्थ्य समस्याहरूलाई सुल्झाउन, नियन्त्रण गर्न, उक्त समस्या बाट बच्नका लागि सिकाउने केही विधि थियो भने त्यो स्वास्थ्य शिक्षा नै थियो । अहिले चलिरहेको कोभिड-१९ कोरिकथाम तथा नियन्त्रणमा पनि स्वास्थ्य शिक्षाले ठूलो भूमिका खेलेको छ । स्वस्थ्य शिक्षाले विद्यार्थी वा व्यक्तिलाई स्वस्थ रही दैनिक जीवन यापन  गर्न र गराउनका लागि प्रसस्त मार्गदर्शन गर्छ । यसरी व्यक्तिगत रूपमा सबैलाई सबल र स्वस्थ बनाउन सिकाउने स्वस्थ्य शिक्षा सबै क्षेत्रमा र समुदायमा प्रभावकारी नहुनुको कारणहरू के हुन सक्छन् ? किन जनस्वास्थ्य, क्लिनिकल हेल्थ र स्वास्थ्य शिक्षालाई फरक मानेर हेरिन्छ ? किन जनस्वास्थ्य र क्लिनिकल हेल्थ भन्दा कमजोर देखिन्छ स्वास्थ्य शिक्षा ? यो बुझ्न जरुरी छ । अब कुरा सामान्य रूपमा  गरौँ के हो जनस्वास्थ्य, क्लिनिकल हेल्थ र स्वास्थ्य शिक्षा ?

के हो जनस्वास्थ्य ?
सन १९६० भन्दा अगाडि रहेको सामुदायिक स्वास्थ्यको विस्तृत र परिष्कृत रूप हो जनस्वास्थ्य ।  सरल अर्थमा जनताको स्वास्थ्य भन्ने बुझ्न सकिन्छ । निश्चित क्षेत्र, सिमा, समुदाय र राज्य भित्र रहेका सबै उमेर लिङ्ग र समुदायका व्यक्तिको स्वस्थ्य प्रबर्द्धन र सुधार गर्ने कार्यक्रम हो । जो  समुदायका जनताको स्वास्थ्य सुधारका लागि समुदायका जनताकै सहभागितामा संगठित रूपमा सञ्चालन गरीने कार्यक्रम हो । अझ भनौँ समुदायमा रहेका जनताको स्वास्य प्रबर्द्धन, सुधार र रक्षा गर्नका लागि सरकारले संगठित गर्ने सबै प्रकारको प्रयास हो । यो समुदाय केन्द्रित रहन्छ । 

के हो क्लिनिकल हेल्थ ? 
क्लिनिकल स्वास्थ्य रोगको निदान र उपचारसँग सम्बन्ध राख्दछ । समुदायमा देखिएको कुनै पनि रोगको बारेमा अध्ययन गरी उक्त रोगको निदान र उपचार गर्ने क्षेत्र क्लिनिकल हेल्थको हो । यसले बिरामी भएका मानिसहरूलाई निको बनाउने र बिरामी हुनुको कारण खोज्ने गर्छ । अर्थात क्लिनिकल स्वास्थ्य रोगको उपचार सँग प्रत्यक्ष सम्बन्ध राख्दछ । 

के हो स्वस्थ्य शिक्षा ? 
स्वास्थ्यलाई शिक्षाको माध्यमबाट बुझाउने र स्वस्थ रहन सिकाउने माध्यम हो । समाजमा रहेका मानिसलाई स्वास्थ्यप्रति सचेत रहन सिकाउने, स्वस्थ पूर्ण जीवनयापन गर्न सिकाउने शैक्षिक प्रक्रिया हो स्वास्थ्य शिक्षा । जो औपचारिक वा अनौपचारिक रूपमा प्रदान गरी स्वस्थ्य सम्बन्धि आधारभूत ज्ञान, सीप, धारणा र व्यवहार सम्बन्धि सूचना, जानकारी र शिक्षा प्रदान गरी व्यक्तिको सबल स्वास्थ्य निर्माण गराउन मद्दत पुर्याउँछ । 

यसरी हेर्दा स्वस्थ्य शिक्षा र जनस्वास्थ्यको क्षेत्र Preventive (रोकथाम) र Promotive (प्रबर्द्धनात्मक) रहेको छ ।  स्वास्थ्य शिक्षाले समुदायका मानिसको स्वास्थ्य स्थिति सुधार गर्ने, रोगबाट बच्न सिकाउने, जस्ता कुरामा प्रत्यक्ष सम्बन्ध राख्दछ । अर्थात् समाजका मानिसहरू सकेसम्म बिरामी र अस्वस्थ हुनुहुँदैन भन्ने विश्वास राख्दछ स्वास्थ शिक्षाले । जनस्वास्थ्यलाई प्रभावकारी बनाउन पनि स्वास्थ्य शिक्षा बिना असम्भव छ । यसरी जनताको स्वास्थ्यसँग प्रत्यक्ष सरोकार राख्ने स्वास्थ्य शिक्षा प्रभावकारी नहुनुको कारण के हो त ?

१. स्वास्थ्य शिक्षा र यसकाे प्रभावकारिता बुझाउन नसक्नु
स्वास्थ्य शिक्षा जनताको स्वास्थ्य सुधार र प्रबर्द्धनका जगैदेखि काम गर्ने शैक्षिक कार्यक्रम हो भन्ने कुरा आम जनमानसमा बुझाउन नसक्नु नै स्वास्थ्य शिक्षा प्रभावकारी नहुनुको प्रमुख कारण हो । स्वास्थ्य सेवा पुँजीवादी करण भएसँगै स्वास्थ्यलाई सेवासँग जोडी उपचारात्मक (क्लिनिकल) स्वास्थ्यमा बढी लगानी लगेकै कारण स्वास्थ शिक्षा गौण भएको हो । स्वास्थ्य शिक्षा प्रदान र प्रभावकारी  भएको खण्डमा  स्वास्थ्य सेवाका क्षेत्रमा हुने व्यापार घट्न पुग्ने निश्चित छ । त्यसैले स्वास्थ्य शिक्षा गौण बनेको हो । 

२. स्वास्थ्य शिक्षा पाठ्यक्रम वा विषयमा सीमित  
यसकाे अर्को कारण हो स्वास्थ्य शिक्षा पाठ्यक्रममा मात्र सीमित हुनु । विद्यार्थीलाई स्वास्थ बारे जानकारी दिई स्वास्थ्य हुन सिकाउने स्वास्थ्य शिक्षा खाली किताबका रूपमा मात्र रहेको छ । जो विद्यार्थीलाई अंकभार पूरा गराउन र पास गराउन मात्र कक्षा कोठामा पढाइन्छ । स्वास्थ्य सजिलो विषय मानी जुन सुकै विषयका शिक्षकलाई पढाउन दिने, कक्षा कोठामा पाठ भट्याउने, अनौपचारिक कक्षाहरूमा गफ दियो यो एक खाली विषय हो पास भएसँगै विषय सकियो भन्ने मान्यता दरिलो भएर बस्नु स्वास्थ्य शिक्षा गौण हुनुको अर्को प्रमुख कारण हो । स्वास्थ्य शिक्षा विषय मात्र नभै विद्यार्थीको दैनिक स्वास्थ व्यवहारको अंग हो । यसले विद्यार्थीको माध्यमबाट विद्यार्थी र सरोकारवाला पक्षसँग सम्बन्धित सबैको स्वास्थ्य सुधार र प्रबर्द्धन गर्दछ भन्ने बुझाउन जरुरी छ ।

३. ठूला होटल र हलमा केन्द्रित स्वास्थ्य शिक्षा
यसको अर्को कारण हो । स्वास्थ्य शिक्षा सम्बन्धि कुनै पनि कार्यक्रम, सेमिनार, सभाहरू होटल र हलहरूमा सीमित व्यक्ति माझ मात्र रहनु हो । स्वास्थ्य शिक्षा सम्बन्धि कार्यक्रमहरू आम विद्यार्थी र जनता माझ नपुग्नु हो । होटल र सभाहलमा कार्यक्रम गर्यो केही स्वास्थ्य शिक्षा सम्बन्धी पावर पोइन्ट देखायो भत्ता लियो सेसन सकियो । केन्द्रदेखि स्थानीय तहसम्म हुने स्वास्थ्य सम्बन्धि सम्पूर्ण कार्यक्रमको रूपरेखा यही हो । यस कार्यबाट स्वास्थ्य शिक्षा पनि अछुतो रहन नसक्नु दुखद हो । विद्यार्थी तथा जनताको स्वास्थ्य सुधार तथा प्रबर्द्धन गर्न आएको स्वास्थ्य शिक्षा लक्षित समूहमा पुर्याउन सकियो भने मात्र स्वास्थ्य शिक्षा प्रभाकारी हुन सक्दछ ।

विद्यार्थी तथा विद्यार्थीसँग सरोकार राख्ने र उनीहरूको स्वास्थ सुधार गर्ने, प्रबर्द्धन गर्ने, स्वास्थ सम्बन्ध ज्ञान्, सीप धारणा र व्यबहारको तहलाई सुधर गराई एक सबल स्वस्थ व्यक्ति निर्माण गराउन प्रभावकारी भूमिका खेल्ने स्वास्थय शिक्षा आमजनमास मा बुझाउन सकिएन भने, उनीहरूलाई  यसकाे महत्त्व बुझाउन सकिए भने रोग तथा स्वास्थ्य समस्याबाट बच्न सक्दैन् । जसकाे कारण उनीहरू आश्वस्त त हुन्छ नै महँगाे उपचार सेवा लिन नसकी ज्यान गुमाउन पुग्दछन् । समाजमा रहेकसका हरेक व्यक्ति स्वास्थ्य राख्नु सरकारको दायित्व हो जस्का लागि अस्पताल मात्र निर्माण गर्नु स्वास्थ्यसँग सजग हुनु भने होइन । स्वास्थ्य शिक्षालाई प्रभावकारी बनाई उनीहरूलाई रोगव्याधीबाट बचाई स्वस्थ नागरिक निर्माण गराउन सक्नु पर्दछ । स्वास्थ्य शिक्षा कुनै स्वास्थ्य समस्या देखिएर त्यसकाे असरबाट गुज्रिनु भन्दा भन्दा उक्त स्वस्थ्य देखिन दिनुहुँदैन भने पक्षमा रहन्छ । तसर्थ स्वास्थ्य शिक्षा पाठ्यक्रममा मात्र नीहित भयो, सभाहल र होटलमा केन्द्रित भयो भने स्वास्थ्य शिक्षा, स्वास्थ्य शिक्षा जस्तो रहन सक्दैन । विद्यार्थी र सरोकारवाला पक्षको स्वास्थ्य सबलता र स्वास्थ्य सुधार र प्रबर्द्धनका लागि स्वास्थ्य शिक्षा आधारशिला हो बुझ्न र बुझाउन जरुरी छ ।

यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।

भूपेन्द्र पाण्डे

लेखकबाट थप...