काठमाडाैँ । बर्दिया–राजापुर नगरपालिकाको नवौँ नगरसभाले रु एक अर्ब तीन करोड ७४ लाख ५३ हजारको बजेट प्रस्तुत गरेको छ । नगरपालिकाका उपप्रमुख मनकलाकुमारी चौधरीले आजको नगरसभामा आव २०७९\८० का लागि बजेट प्रस्तुत गरेका हुन् ।

प्रस्तुत बजेटले शिक्षा र स्वास्थ्यलाई पहिलो प्राथमिकतामा राखेको उपप्रमुख चौधरीले बताए । उनका अनुसार शिक्षाका लागि रु सात करोड नौ लाख विनियोजन गरिएको छ । भौतिक पूर्वाधारको विकास, युवालाई तालिम, कृषि एम्बुलेन्स, पशुबाली बिमा, तरकारी सङ्कलन केन्द्र, कोल्डस्टोर, विशेषज्ञ डा, द्वन्द्वपीडितलाई तालिम, बेपत्ताका पत्नीलाई सामाजिक सुरक्षाभत्ता, सबै स्थानीय कर्मचारी र नगर शिक्षकको तलव बृद्धि, कल्याण कोषजस्ता कार्यक्रमका लागि पर्याप्त बजेट विनियोजन गरिएको छ ।

नगरप्रमुख दीपेश थारुको अध्यक्षता सम्पन्न नगरसभाले आजै नीति तथा कार्यक्रमसहित बजेट पारित गरेको छ । 
 

यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।

द मार्जिन

लेखकबाट थप...