न्यूयोर्क – नेपाली मःम संसारकै स्वादिष्ट परिकारको सूचीमा परेको छ । अमेरिकी टेलिभिजन सीएनएनले नेपाली परिकार मःमलाई संसारकै स्वादिष्ट खानाको सूचीमा राखेको हो । 

संसारका स्वादिष्ट ३५ वटा परिकार समावेश गरिएको उक्त सूचीमा नेपालको मःम पन िसमावेश भएको हो ।

नेपालको राजधानी काठमाडौँ घुम्न जाने विदेशी पर्यटकमाझ मःम आकर्षक परिकार रहेको समेत सीएनएनले जनाएको छ । डम्प्लिङ्स भनिने यस्तो परिकार यात्रा गर्दा खान मिल्ने समेत भनिएको छ ।

सीएनएनले संसारका विभिन्न मुलुकका ३५ वटा डम्पिलङ्सलाई उल्लेख गरेको छ । जस्तोसुकै बेला र जस्तोसुकै परिस्थितीमा पनि यी खाना लिन सजिलो हुने जनाइएको छ ।

यो सूचीको पहिलो स्थानमा चिनियाँ डम्पिलङ्स जिआओलङबाओ रहेको छ । इटालीको राभोइली, चीनको सिचुआन स्पाइसी वन्टोन, चीन–अजरबैजान र काजिकिस्तानमा रुचाइने मान्टी पनि सूचीमा छन् ।

यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।

द मार्जिन

लेखकबाट थप...

सम्बन्धित समाचार