काठमाडौँ - भदौ ३० गतेदेखि बजेट हाेलिडेमा गएको नेपाल सरकाले खर्च गर्न पाउने भएकाे छ ।
बजेट प्रतिस्थापन विधेयक ढिला लगेर पारित गर्न नसकेपछि सरकार नौ दिनदेखि बेखर्ची बनेको थियो ।
सरकार र सभामुखमाथि नै प्रश्न उठाउँदै संसद् नै अवरोध गर्ने घोषणा गरेको प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)सँग संघीय संसद् कार्यसञ्चालन नियमावलीको नियम निलम्बनको सहमति गरी फास्टट्रयाकमा बजेट पारित गर्ने प्रयास गरेको सरकार एमालेको असहमतिपछि अप्ठेरोमा परेको थियो । त्यही अप्ठेरोले सरकारले भदौ ३० गतेयता राजस्व उठाइरहे पनि वैधानिक रूपमा सञ्चित कोषबाट खर्च गर्न भने पाएको थिएन ।
सरकारी काेष नै राेक्का भएकाे स्थितिमा सरकारले नियमित रूपमा गर्नुपर्ने भुक्तानी रोकिएको थियो । विकास निर्माणका काममा पनि भुक्तानी गर्न नसक्ने अवस्थामा सरकार पुगेको थियो भने कर्मचारी तथा अन्य वेतनधारीकाे नियमित भुक्तानी समेत राेकिएकाे थियाे । विनियोजन विधेयक पारित भएपछि सरकार ती सबै अवरोधबाट मुक्त भएको छ ।
राष्ट्रियसभाले बिहीबार प्रतिनिधिसभाबाट सन्देससहित प्राप्त विनियोजन विधेयक, २०७८ पारित गरेको छ । राष्ट्रियसभाबाट पारित विधेयक राष्ट्रपतिबाट सम्भवतः आजै प्रमाणीकरण हुनेछ । राष्ट्रपतिबाट प्रमाणित भएपछि विनियोज विधेयक विनियोजन ऐन, २०७८ का नामले कार्यान्वयनमा आउनेछ ।
यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।
लेखकबाट थप...