काठमाडौं । सरकारले चालु आर्थिक वर्षको बजेटलाई परिमार्जन गरी संशोधित बजेट पेश गरेको छ ।

बजेट अध्यादेशले ल्याएको बजेट परिमार्जन गर्दै सरकारले १६ खर्ब ३२ अर्ब ८३ करोड रुपैयाँको बजेटको प्रतिस्थापन विधेयक ल्याएको छ ।
अर्थमन्त्री जनार्दन शर्माले प्रतिष्थापन विधेयक प्रस्तुत गरेका हुन् । बजेटमार्फत ऋणको लक्ष्य ३७ अर्बले घटाइएको छ ।

संशोधित बजेटमा सरकारले अनलाइन मिडियालाई पनि लोक कल्याणकारी विज्ञापन दिने जनाएको छ । शुक्रबार एमालेको अवरोधका बीच प्रतिस्थापन विधेयक पेश गर्दै अर्थमन्त्री जनार्दन शर्माले अनलाइन मिडियालाई पनि लोक कल्याणकारी विज्ञापन दिने जानकारी दिए ।

यस्तै, संधोधित बजेटमार्फ सरकराले भत्ता कटौती गर्दै सरकारले कोरोनाविरुद्धको खोप खरिदका लागि बजेट विनियोजन गरेको छ । अर्थमन्त्री शर्माले प्रतिस्थापन विधेयकमार्फत भत्ता कटौती गर्दै थप ५ अर्ब कोरोनाविरुद्धको खोप खरिदका लागि विनियोजन गरेका छन् । यसैगरी, सरकारले राजनीतिक परिवर्तनको आन्दोलनमा बलिदान गर्नेहरुलाई मासिक ३ हजार रुपैयाँ भत्ता दिने घोषणा गरेको छ ।

संसदमा बजेट अध्यादेशको प्रतिस्थापन विधेयक प्रस्तुत गर्दै अर्थमन्त्री जनार्दन शर्माले शहीद परिवारलाई ३ हजार भत्ता उपलब्ध गराउने घोषणा गरेका छन् ।

हेर्नुहोस् प्रतिस्थापन विधेयकको पूर्णपाठ :

यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।

द मार्जिन

लेखकबाट थप...