काठमाडौँ – स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले असोज मसान्तसम्म १ करोड ५ लाख ४८ हजार डोज खोप प्राप्त गर्ने आधार तय भएको भन्दै चैतसम्ममा ३ करोड २३ लाख डोज खोप प्राप्त हुने दावी गरेको छ ।
संसद्को शिक्षा तथा स्वास्थ्य समितिमा भएको छलफलका क्रममा मन्त्रालयका अधिकारीहरूले कोभ्याक्स कार्यक्रमबाट १ करोड १३ लाख डोज, कोभ्याक्स अन्तर्गत लागत सहभागितामा कोभिसिल्ड, मोडर्ना, फाइजर, जानसेन र सिनोभ्याकको १ करोड ५० लाख डोज तथा बालबालिकाका लागि फाइजरको ६० लाख डोज खोप आउने बताएका हुन् ।
छलफलमा नवनियुक्त स्वास्थ्य राज्य मन्त्री उमेश श्रेष्ठले अनुदान वा खरिद गरेर खोपको व्यवस्था गर्ने बताउनुभयो । राज्यमन्त्री श्रेष्ठले तेस्रो लहरको संक्रमणमा निःशुल्क उपचार गर्ने गरी आफूले सेवामूलक अस्पताल खोल्ने दाबी पनि गरे ।
छलफलमा एमाले सांसद योगेश भट्राईले चीनको भेरोसेल खोपलाई धेरै मुलुकले मान्यता नदिएकाले विद्यार्थी र श्रमरोजगारीमा जानेहरूलाई समस्या भएको भन्दै धेरैभन्दा धेरै देशले मान्यता दिने खोप खरिदमा कुटनीतिक पहल गर्न सुझाव दिएका थिए ।
यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।
लेखकबाट थप...