जुम्लामा श्रावण संक्रान्तिमा प्रत्येक घरको छतमा झरोको आगोको लहर अर्थात् राँको बाल्ने र यस दिन रोगव्याधी तथा लुतो र चिलाउने रोग फाल्ने परम्परा छ । अझ रोचक के छ भने, एउटा गाउँलेले त्यसको सीधा पारि पर्ने गाउँलाई बलेको राँको फाली रोगव्याधी सबै लैजा भनेर गाली गर्ने चलन छ ।