अर्पण उत्कर्ष

सङ्गैका थुप्रै साथीहरूको सपना उड्दै उड्दै धेरै पर -पर पुगिसकेछ ।
जापान लम्कियो टोकियो छिर्‍यो नागोया पुग्यो ,फुजी माउन्टेनको अगिल्तिर गजबको सेल्फि खिचेर भुतुक्कै हुनेगरी प्रोफाइलमा टाँस्यो ।
बुर्जखालिफा अगिल्तिर उम्भेर संसार हेर्ने आँट गर्‍यो कसैले। सिड्नीतिर दौडिँदै दौडिँदै नापिहिन्दै छ- जिन्दगीको आर्थिक आयतन । मेलबर्नको समुन्द्र छेवै छेउ टांगिहिन्दैछ अजंगको रङ्गिन रहरहरू ।
कोही सिओलतिर बटुल्दैछन् नोटका गोदाम ।
वाल्टिमोरको अग्ला अग्ला होटेलबाट गाइको हड्डी चपाउँदै सेल्फी पठाइमार्छन् कोही कोही ।
पटयातिर रल्लिदै कोही हुरुक्कै पार्छन् थाई लाइफस्टाइलको तख्ना चखायर । बर्लिनको पर्खाल छेउ पुगेर कोही लेखिपठाउँछन् सिमानाको नारा र सम्झिपठाउँछन् लिपुलेकको याद , खोकिदिन्छ राष्ट्रभक्ति भइदिन्छ भावुक ।
म बबुरोको मन, बाटो छेवैको तोरीबारीमा बेस्सरी अल्झिदिन्छ । र, हत्तपत्त देश छोड्ने हिम्मत आउँदैन ।

यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।

सम्बन्धित समाचार