हामी मान्छेले बाँच्नुपर्ने यति छोटो जीवनको सफरमा अनेक अनेक चुनौतीहरुले हामीलाई घेराबन्दीमा राख्दै आइरहेको छ । सिंगो ग्रहनै संकटमा अल्झिरहेको यो विषम परिस्थितिमा यस लोकको अधिकांश मुलुकहरु अहिले बन्धनमा छ, उल्झनमा छ । कोविड-१९ (कोरोना)भाइरसले संसार आक्रान्त भएको पनि लगभग डेढ बर्ष नाघिसकेको  छ । यतिखेर दुनियाँ कोरोनाबाट बाँच्न र बचाउँन कोविड विरुद्धको भ्याक्सिन धमाधम परिक्षण गरिरहेका छन् । भलै कति सफल हुँदैछन् त कति असफल ।

कोरोनाको नयाँ भेरियन्ट देखिएसँगै हाम्रो मुलुक यसखेर पुन:लकडाउनमा छ । र हाम्रोजस्तो विकासोन्मुख मुलुकमा घरमै सुरक्षित भएर बस्नुको अर्को विकल्प पनि छैन । आफु, परिवार , समुदाय र सिंगो मुलुकलाई सजग र सुरक्षित बनाउन आजकल हरकोहि स्यानिटाइजर र मास्कको उचित प्रयोग गरिनै रहेका छन् / छौँ । समाजमा थोरै भएपनि सचेतना र सजगता लागू होस् भन्ने हेतुले हामीले विगत केही श्रृङखलादेखि कवि,कलाकार,गायक,रंगकर्मी,व्यवसायी,किसान,मजदुर,लगायत विभिन्न क्षेत्रसँग आबध्द व्यक्तिहरुको मास्क लगाइरहेको फोटोलाई "विहाइण्द द मास्क"कोलममा यसरी सम्प्रेषण गरिरहेका छौँ ।


खेलाडी, सन्जित श्रेष्ठ


स्वास्थ्यकर्मी, सम्झना राई


 रंगकर्मी, देबिन चौधरी 


 रंगकर्मी, प्रमिला खनाल


कवि/चित्रकार, रसिक राज


 फोटोग्राफर, लिंक लेभी (भियतनाम)

यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।

द मार्जिन

लेखकबाट थप...

सम्बन्धित समाचार