हामी मान्छेले बाँच्नुपर्ने यति छोटो जीवनको सफरमा अनेकौँ चुनौतीहरूले हामीलाई घेराबन्दीमा गर्दै आएको छ । सिंगो ग्रह नै संकटमा अल्झिरहेको यो विषम परिस्थितिमा यस लोकको अधिकांश मुलुकहरू अहिले बन्धनमा छ, उल्झनमा छ । कोभिड-१९ (कोरोना भाइरस)ले संसार आक्रान्त छ । यतिखेर दुनियाँ कोरोनाबाट बच्न र बचाउन कोभिड विरुद्धको भ्याक्सिन धमाधम दिइरहेका छन् । र नेपालले पनि विभिन्न राज्यहरूको सहयोगमा कोभिड विरुद्धको भ्याक्सिन सर्वसाधरणलाइ दिइनै रहेको छ।

तापनि नयाँ भेरियन्ट देखिएसँगै हाम्रो मुलुक यसखेर कोरोना संक्रमणको जोखिममै छ । आफू, परिवार, समुदाय र सिंगो मुलुकलाई सजग र सुरक्षित बनाउन आजकल हर कोही स्यानिटाइजर र मास्कको उचित प्रयोग गरि नै रहेका छन्, छौँ। समाजमा थोरै भएपनि सचेतना र सजगता लागू होस् भन्ने हेतुले हामीले विगत केही शृङ्खलादेखि कवि, कलाकार, गायक, रंगकर्मी, व्यवसायी, किसान, मजदुरलगायत विभिन्न क्षेत्रसँग आवद्ध व्यक्तिहरूको मास्क लगाइरहेको फोटोलाई 'विहाइण्ड द मास्क' कोलममा यसरी सम्प्रेषण गरिरहेका छौँ ।


गायिका: बुनु श्रेष्ठ


साहित्यकार: दिपकराज बन्जाडे 


रंगकर्मी: आदत्यि मिश्र


अधिवक्ता: भाइराम प्रशाद दाहाल


गजलकार माया निर्भिक 


संगितकार: शान्तिराम राई


कथाकार: अन्वेश थुलुङ 


रंगकर्मी: सञ्जिता पराजुली


गजलकार जे सागर

यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।

द मार्जिन

लेखकबाट थप...

सम्बन्धित समाचार