हिजो आज काठमाडौँमा केहि घरका छतहरुमा यो दृष्य देख्न सकिन्छ । जुन दृष्य मैले केहि दिन अघि मात्र बाग बजारमा देखे र तस्विरमा कैद गरे ।
सायद दशैं नजिकिएको संकेत हुन सक्ला । अथवा यसलाई नेवारी जनजीवनको शरदकालीन संस्कृति मान्न सक्छौँ ।
इन्द्रलाई सहकालका देउता मानिन्छ । उनै देउतालाई हामीलाई यसपालि वर्षात्ले पुग्यो है भनेर सन्देश पठाउन चंगा उडाउनुपर्छ भन्ने लोकपरम्परा छ । त्यो सन्देश सुनेर भगवान् इन्द्रले वर्षाको मुहान रोकिदिन्छन् भन्ने जनविश्वास रहिआएकाे छ।
कोरोना भाइरसको प्रकोप फैलिने त्रास छँदाछँदै तिथिअनुसार नेवार समुदायले भदौमा सामान्य विधि पुर्याएर इन्द्रजात्रा मनाइसकेका छन् ।
यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।
लेखकबाट थप...