स्यालपोथ्री लामपुच्छ्रे नेपालमा पाइने काग परिवारको एक प्रकारको चराको नाम हो। यसलाई अङ्ग्रेजीमा रेड बिल्ड ब्लू म्याग्पाई भनिन्छ।
यो चरा खास गरी नेपालका प्रायस् जङ्गलमा सजिलै देखिने र अरु लामपुच्छ्रे चराभन्दा यसको बासस्थान बढी व्यापक भएकोले सामान्यतया लामपुच्छ्रे नामले मात्र पनि चिनिन्छ। हिमाली भेगतिर भने स्यालपोथ्रीको सट्टामा यस्तै देखिने सुनठुँडे लामपुच्छ्रे भेट्टाउन सक्छौँ ।
स्यालपोथ्री लामपुच्छ्रेको ठुँड र खुट्टा सुन्तला रातो हुन्छ भने टाउको कालो हुन्छ। झ्वाटै हेर्दा पुरै निलो देखिए पनि पुच्छर र पखेटा अलि चम्किलो र जिऊ अलि गाढा निलो हुन्छ। यसको छाती भने पुरै सेतो हुन्छ। यसको धेरै लामो पुच्छर छ जुन ६५-६८ सेमि (२५.५-२७ इन्च) हुन्छ र तौल १९६-२३२ ग्रामसम्म पुग्छ।
३६५-१५२५ मि उचाइमा पाइने यो चरा काग परिवारका अरु सदस्य झै चनाखो र बुद्धिमान हुन्छ। वानर र हात्ती पछि सबैभन्दा बुद्धिमान् जनावर मध्य काग परिवारका स्यालपोथ्री लामपुच्छ्रे पनि हुन् ।
यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।
लेखकबाट थप...