सगरमाथा साहित्य प्रतिष्ठानले आयोजना गरेको बिश्वव्यापी कवितामा मेरो कविता सर्वोत्कृष्ट भएको थियो । त्यहि पुरस्कार बितरण पोखरामा भएकोले लिन गएको थिएँ । एकदिन अघि पोखरा पुगेर फेवाताल हेरिरहदाँ एकजना बालक माझीले डुङ्गा तानिरहेको दृश्य अद्भुत लाग्यो । बालक माझीको विभिन्न एङ्गलबाट फोटो लिएँ । यो फोटो त्यसैमध्येको एक हाे ।
'फेवा' गाउँको छेउमा रहेकाले यो तालको नाम फेवा ताल रहन गएको हो। 'वैदाम' गाउँको छेउमा पर्ने हुँदा वैदाम ताल पनि भनिने गरिन्छ। र यसको बीचमा 'बराही मन्दिर'को अबस्थितिले यसलाई बराह मन्दिरमा पनि चिनाउन सफल भएको छ ।
यो नेपालको दोश्रो सबैभन्दा ठुलो ताल हो । फेवा ताल समुन्द्रको सतहदेखी ७४२ मिटर (२४३४ फिट) को उचाईंमा स्थित रहेको छ । यस तालले लगभग ५.२३ बर्ग किमी (२ बर्ग माइल) क्षेत्रफल ओगटेको छ | यस तालको औषत गहिराइ ८.६ मिटर (२८ फिट) रहेको छ भने अधिकतम् गहिराइ २४ मिटर (७९ फिट) रहेको छ ।
पोखरा उपत्यकामा रहेको फेवा ताल आन्तरिक तथा वाह्य पर्यटकहरूमाझ लोकप्रीय छ ।
यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।
लेखकबाट थप...