यो पूर्वी नेपाल-भारत सीमाक्षेत्रमा नेपालको प्रदेश १,अन्तर्गत सुनसरी र सप्तरी जिल्लाको बीचमा रहेको कोशी नदी र कोशी बाँधको तस्विर हो । बिहारको दुख को उपनामले परिचित नेपालको कोशी नदीमा डुङ्गा खियाएर, माछा मारेर दैनिक जिविकोपार्जन गर्नेहरु प्रशस्तै भेटिइन्छ । यो बाँध सन् १९५८ देखि सन् १९६२ को बिचमा बनाइएको थियो । यस बाँधमा ५६ ढोकाहरू रहेका छन्, जसलाई पानीको बहावको आधारमा खोल्ने र लगाउने गरिन्छ । यो नेपालमै रहेता पनि सम्झौता अनुरुप भारतीय अधिकारीहरु द्वारा नियन्त्रित छ ।
यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।
लेखकबाट थप...