इनुमा इनु

करिब तीन वर्ष अघि पशुपति छेउको बृद्धाश्रम । पुस माघको चिसो थियो । थुप्रै बृद्ध बृद्धाहरू आश्रमको  चौरमा घाम तापिरहेका थिए । घाम तापिरहेकी एउटी बृद्धा आमाले आफ्नो कुुरा सुनाउदै गईन् । उनका श्रीमान केहि महिना अघि यहि आश्रममा बितेका रहेछन् ।
जतन साथ राखेकी श्रीमानको फोटो पोल्टा(पटुकीको  फेरो)बाट निकालेर देखाईन् । फोटो देखाउदै बृद्धा आमा बोलिन् ‘‘सबैले मलाई तिम्रा श्रीमान मरे’, भन्छन् तर मेरा बुढो त मसँगै छ । इ हेर त, कति मजाले हासिरछ । दात पनि मिलेको छ, झरेकै छैन । 
  बेला-बेला यहि फोटो हेर्छु मेरा बुढो त मसँग बोले जस्तो लाग्छ ।’’ 
 त्याे क्षण कैद गरिएको तस्बिर हो यो ।

यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।

द मार्जिन

लेखकबाट थप...

सम्बन्धित समाचार