काठमाडाैँ - प्रत्येक वर्ष भाद्र कृष्णपक्षमा मनाइने गाईजात्रा पर्व यसपालि पनि काठमाडौं उपत्यका सहित देशका विभिन्न स्थानमा धुमधामसँग मनाइएको छ ।
उपत्यकामा गाईजात्रा मनाउने प्रचलन राजा प्रताप मल्लले चलाएका थिए । ऐतिहासिक प्रमाण अनुसार पुत्रशोकले भावविह्वल भएकी आफ्नी रानीलाई दुनियाँमा अरूले पनि यस्तै शोक बेहोर्नुपर्छ भन्ने देखाउन राजाले मुलुकबासीलाई आ–आफ्ना मृतक आफन्तका नाममा गाईजात्रा निकाली शहर परिक्रमा गर्न लगाएका थिए ।
त्यसयता वर्षेनी आजकै दिन गाइजात्रा मनाइँदै आइएको छ । र, यो उत्सव भाद्र कृष्ण अष्टमीका दिनसम्म नै चल्ले गर्छ । गाईजात्रा पर्वको दिन दिवंगत आत्माहरूको सम्झनामा पाए गाई नै र नपाए मानिसलाई गाईको रूपमा सिंगारपटार गरेर शहर परिक्रमा गराइन्छ ।
मनोरञ्जनलाई मुख्य प्रथामिकतामा राखिने यो विशिष्ट पर्वका अवसरमा प्रहसन, सामाजिक विकृतिहरूप्रति व्यङ्ग्यात्मक प्रदर्शन र नाचगान पनि गर्ने गरिन्छ । त्यतिमात्र होइन आजभोलि गाईजात्राका अवसरमा समाजमा विद्यमान विकृति र विसङ्गति उजागर गर्न सार्वजनिकरूपमा मनोरञ्जनात्मक तथा व्यङ्ग्यात्मक ढङ्गले विविध कार्यक्रमको आयोजना गर्ने र पत्रपत्रिकाहरूमा पनि सामाजिक कुरीतिलाई समेटेर हास्यव्यङ्ग्य अङ्क पनि प्रकाशित गर्ने गरिन्छ ।
द मार्जिनले यसपालीको गाईजात्राका परम्परागत झाँकीहरूका केही दृश्यहरू यसरी कैद गरेको छः
यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।
लेखकबाट थप...