हामी मान्छेले बाँच्नुपर्ने यति छोटो जीवनको सफरमा अनेकाैँ चुनौतीहरूले हामीलाई घेराबन्दीमा गर्दै आएको छ । सिंगो ग्रह नै संकटमा अल्झिरहेको यो विषम परिस्थितिमा यस लोकको अधिकांश मुलुकहरू अहिले बन्धनमा छ, उल्झनमा छ । कोभिड-१९ (कोरोनाभाइरस) ले संसार आक्रान्त भएको पनि लगभग डेढ वर्ष नाघिसकेको  छ । यतिखेर दुनियाँ कोरोनाबाट बच्न र बचाउन कोभिड विरुद्धको भ्याक्सिन धमाधम परीक्षण भइरहेकाे । भलै कति सफल हुँदैछन् त कति असफल ।

कोरोनाको नयाँ भेरियन्ट देखिएसँगै हाम्रो मुलुक यसखेर पुन: लकडाउनमा छ, हाम्रोजस्तो विकासोन्मुख मुलुकमा घरमै सुरक्षित भएर बस्नुको अर्को विकल्प पनि छैन । आफू, परिवार, समुदाय र सिंगो मुलुकलाई सजग र सुरक्षित बनाउन आजकल हर कोही स्यानिटाइजर र मास्कको उचित प्रयोग गरि नै रहेका छन्/छौँ। समाजमा थोरै भएपनि सचेतना र सजगता लागू होस् भन्ने हेतुले हामीले विगत केही शृङ्खलादेखि कवि, कलाकार, गायक, रंगकर्मी, व्यवसायी, किसान, मजदुरलगायत विभिन्न क्षेत्रसँग आवद्ध व्यक्तिहरूको मास्क लगाइरहेको फोटोलाई 'विहाइण्ड द मास्क' कोलममा यसरी सम्प्रेषण गरिरहेका छौँ ।


गजलकारः हुकुम धड्कन


रङ्गकर्मीः राेय (Roy)


सञ्चारकर्मीः सुष्मा राजवंशी


रङ्गकर्मीः मानहाङ्ग लावती


शिक्षिकाः सक्किला राई


लेखकः सुमन लिङ्देन


राजनीतिज्ञः जय राई


गायिकाः सुजिता याेञ्जन


गायकः उत्सव नेपाल


 

यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।

द मार्जिन

लेखकबाट थप...

सम्बन्धित समाचार