काठमाडौँ – वरिष्ठ स्रष्टा गोपी मैनालीकाे नवौँ साहित्यिक कृति 'अक्षरको मन' लोकार्पण भएकाे छ । गत साेमबार मुक्तिनाथ साहित्य समाज नेपाल काठमाडौँद्वारा अनामनगरमा आयोजित कार्यक्रममा समाजका अध्यक्ष वरिष्ठ कवि कलानिधि दाहालले सभापतित्वमा कृतिको लोकार्पणप्रमुख अतिथि इतिहासविद् दिनेशराज पन्तले गर्नु भएको थियो । कार्यक्रममा समीक्षक द्वय डा. हरि लम्साल र डा.परशुराम पौडेलले समालोचनात्मक टिप्पणी राख्नु भएको थियो ।निबन्धकार मैनालीको निबन्धको यो पाँचौँ कृति हाे । वहाँ नेपालको प्रशासन सेवामा लामो समय सेवा गरी सचिवको पदबाट सेवा निवृत्त व्यक्तित्व हुनुहुन्छ ।
कार्यक्रमका प्रमुख अतिथि इतिहासविद् दिनेश राज पन्तले मैनालीका निबन्धहरू गहिरो विषयवस्तु, चुस्त भाषा र उत्कृष्ट शब्द चयनका कारण उच्चस्तरीय हुने टिप्पणी गर्नुभयाे । शुभकामना मन्तव्य दिँदै वरिष्ठ समालोचक प्रा. डा. खगेन्द्रप्रसाद लुइँटेलले मैनालीको यस निबन्ध खारिएको, निबन्धमा कल्पना, अनुभूति, विज्ञान र मानवीय संवेगको भावात्मक प्रस्तुति रहेको बताउनु भयो । वरिष्ठ कवि महेश प्रसाईँले मैनालीका निबन्ध कवितामय प्रस्तुतिमा रहेका विशिष्ट बौद्धिकताका उपज हुन् भन्दै अव निबन्धमा मैनाली एरा आएको बताउनु भयो । कार्यक्रममा युवराज मैनाली, वेदमणि घिमिरे, ठाकुर शर्मा भण्डारी, राजेन्द्र के.सी. लगायतले शुभकामना सन्देश दिनुभयाे । लेखकीय मन्तव्य दिँदै निबन्धकार मैनालीले आफूले निबन्ध लेखेको सन्दर्भ, रचना गर्भमाथि प्रकाश पारेका थिए ।
यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।
लेखकबाट थप...