काठमाडौँ । सरकारले राष्ट्रिय गानका रचयिता प्रदीपकुमार राई (व्याकुल माइला)लाई मासिक ५० हजार भत्ता दिने भएको छ । 

असोज ७ गते बसेको मन्त्रिपरिषद्को निर्णयले माइलाको भत्तामा बढोत्तरी गर्ने निर्णय गरेको हो। सरकारले सहज जीवनयापनका लागि माइलालाई मासिक ५० हजार रुपैयाँ उपलब्ध गराउने नर्णय गरेको हो। 

यसअघि मासिक २५ हजार रुपैयाँ दिँदै आएकोमा अब मासिक ५० हजार रुपैयाँ उपलब्ध गराउने निर्णय गरेको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले बताए।

यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।

द मार्जिन

लेखकबाट थप...