काठमाडौं । काठमाडौं महानगरपालिका–४ महाराजगञ्ज शंखपार्कस्थित सडकबाट १ किलोग्राम सुनसहित दुईजना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा धादिङ रुबीभ्याली गाउँपालिका–३ घर भई हाल काठमाडौं टोखा बस्ने ३० वर्षीय तोकमान तामाङसहित अर्का एकजना छन् ।

प्रहरी वृत्त महाराजगञ्जबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई एक किलो सुनसहित फेला पारी पक्राउ गरेको हो । 

यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।

द मार्जिन

लेखकबाट थप...