नेपालमा अनेकौं छल प्रपञ्च चलिरहेको बेला आमजनताबीच सत्य लेख्नु, सत्य बोल्नु, सत्य विचार राख्नु र सत्यमार्गमा अगाडी बढ्नु आफैमा परिवर्तन प्रतिको अभिमुखीकरण गर्नु हो ।
निश्चय पनि अहिले राष्ट्रियताको सवालमा विभिन्न कोणबाट मधेशी जनतामाथि प्रहार भइरहेका छन्, अनेक भ्रम फैलाउने कार्य भइरहेको देख्दा पंक्तिकार आफैँले आफैँलाई सोधिन्छ– “म कुन देशको नागरिक हुँ ? मेरो देश कुन हो ? मेरो पहिचान के हुने ? मेरो सामर्थ्य के हुन्छ ? र मेरो भाषा संस्कृति, रहनसहन के हुने" जस्ता दर्जनौं प्रश्न उब्जिरहेका छन् । यद्यपि आजसम्म उत्तर भेटिएको देखिन्न ।
वर्तमान परिवेशमा प्रतिनिधिसभा लगायत सामाजिक सञ्चालमा व्यक्त गरिएका रंगभेदी विचारहरूलाई राज्यले नियन्त्रण गर्न सकेको छैन । जहिले पनि मधेशी जनताको राष्ट्रियतामाथि प्रश्नचिन्ह खडा भइरहेको देखिन्छ । राज्यले बुझिदिनुपर्ने के मात्रै हो भने “पहिचानविनाको राष्ट्रियता हुँदैन, त्यो त भ्रममात्र हो ।” पहिचान र सामर्थ्य नभएको नागरिकको राष्ट्रियता विश्वजगतले हेरेर नै तेस्रो मुलुकको पुर्नवासतिर लगिएको देखिन्छ । जस्तो कि, भुटानी शरणार्थीको अवस्था, रोहौंगिया मुसलमानहरुको अवस्था....... यस्ता दर्जनौँ छन् । यी र यस्ता दृष्य देखेर नेपालभित्र बसोवास गर्दै आइरहेका मधेशी, थारू, मुस्लिम, आदिवासी जनजातीहरूको अवस्था नआउला भन्न सकिन्न । किनकि, जल, जमिन, जंगलको अधिनस्त सम्बन्धित भूगोलको धर्तीपुत्रहरूको छैन् ।
अझै एक कदम अगाडि बढेर राज्यलाई सुझाव दिनुपर्दा बुझ्नुपर्ने के हो भने नेपालमा अनेकौं छल प्रपञ्च चलिरहेको बेला आमजनताबीच सत्य लेख्नु, सत्य बोल्नु, सत्य विचार राख्नु र सत्यमार्गमा अगाडी बढ्नु आफैमा परिवर्तन प्रतिको अभिमुखीकरण गर्नु हो ।
स्मरणीय त के छ भन्ने ब्राम्हणवादी सोच नश्लवादी कोणबाट जहिले पनि एउटा आवाज सुनिन्छ– मधेशी जनताको चाहना के छ ? मधेशीहरुको मुद्दा के हो ? सम्बन्धित पक्षले स्पष्टसँग बुझ्नु पर्दछ कि विषय र प्रसंगले अर्को अर्थ नलागेमा समर्पणको राजनीतिले मृत्युतिर धकेलियो, जसको बदलामा ५४ जना होनिहार मधेशी युवाहरु शहीद भए, कैयाैँ अंगभंग अवस्थामा छन् र पछिल्लो समयमा एक जना अमर शहीद स्वराजी राममनोहर यादव त्यो पनि माननीय पूर्वमन्त्री उपेन्द्र यादवको कार्यक्रमबाट लगेर......... ।
परन्तु, शहीदको रगतमा ओतप्रोत हुँदै ती रगत पिपासुहरू ५६ वटा मन्त्रालयमा वहाली भए । तर शहीद परिवारको बालबच्चाहरुको अवस्था के छ ? उनीहरुले के खाइरहेका छन् ? कसरी बाँचिरहेका छन् ? कसैले हेर्न पनि गएन । उल्टै मधेशको मुद्दालाई भ्रमित गर्ने काम गरियो, भइरहेका पनि छन् ।
अब मधेश र मधेशी जनताले आफूलाई निरासमा राख्ने होइन, त्यो त कुनै बेला अन्तिम काल भएर कपार (टाउको) मा ठोकिन्छ, जसलाई राज्यले थाम्न सक्ने स्थिति रहन्न । फेरि पनि सवाल उठ्दछ– के जनताराज कायम हुन सक्छ त ?स्मरणीय त के छ भने २००७ सालदेखि आजसम्म आइपुग्दा हत्या हिंसाबाहेक अर्को विकल्पको खोजी कहीकतै कुनै कोणबाट भएन । जनता सास्तीबाहेक आशतीक हुनै सकेन, जसको कारण भ्रष्टाचार दिन दुगुणा, रात चौगुणा भइरहेका छन् ।
महिला हिंसा चरम रूपमा बढोत्तरी देखिएको छ, “स्वास्थ्य, शिक्षा, रोजगार” साधारण जनताको पहुँचभन्दा बाहिर गइसकेको अवस्था छन् । यसरी अध्ययन मनन् गर्दा नेपाली क्रान्तिको मुख्य समस्या यान्त्रिक नश्लवाद नै हो, जसलाई पूर्णरुपले उखालेर नफालेसम्म सामाजिक न्यायसहित समतामूलक समाज, प्रत्यक्ष लोकतन्त्र र समाजवादको परिकल्पना गर्नु ““Don't count your chicken before they are hatched", “Don't count your chicken before they are hatched" सरह सबैले बुझ्नु पर्दछ ।
परन्तु, कमरेड प्रचण्डजीको समाजवादको सपना त कहाँ हो कहाँ कल्पना गर्न सकिन्न । अब राज्यपक्षले स्पष्ट रूपमा के बुझ्नु पर्दछ भने जनता राज कायम गर्नको लागि वर्तमान संविधानलाई संशोधन गरी आवश्यक ऐनकानुन बनाइ कम्तीमा (i) Right to recall (ii) Right to information (iii) Right to no vote (खाली कोठरी), -iv_ Right to ILO 169 र (ख) Right to Referendum_ (जनमत संग्रह) लाई संवैधानिक सुनिश्चितता गर्दा मात्र जनताराजको परिकल्पना गर्न सकिन्छ, जुन जनमत पार्टीको अवधारणा हो, सबैले बुझ्नु जरुरी छ, “पथ देखो, पथिक नही” ।
यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।
लेखकबाट थप...