अमेरिकाले हस्तक्षेप गरेका विश्वभरका अन्य ठाउँमा महिलामाथि गरिएको दुब्र्यावहार हेर्दा एकदमै दिगमिगाउँदो तस्बिर बाहिर आउँछ ।

-बेलेन फर्नान्डेज
जुलाइमा पूर्व अमेरिकी राष्ट्रपती तथा अब एक प्रोट्रेट कलाकारको रुपमा बदलिइसकेका युद्ध अपराधि जर्ज डब्लु बुसले उनको आदेशमा अफगानिस्तान छिरेको अमेरिकी सेना २० वर्षपछि फिर्ता ल्याउने कुरोलाई लिएर अफशोच ब्यक्त गरे । अमेरिकी सेनाले अफगानिस्तान छोडेपछि अफगान महिला र किशोरीहरुको हालत सोच्नै नसकिने गरि हरिबिजोक हुने भन्दै यिनले चिन्ता ब्यक्त गर्न भ्याए । 

उनको यो चासो र चिन्ता एकदमै हास्यास्पद थियो । किनकि, यो त्यही मानिसको बोली थियो जसले अफगानिस्तानमा युद्ध र त्राषदी छेडेको थियो । अनि यहि युद्धका कारण अफगानिस्तानमा मात्रै महिला सहित ४७००० भन्दा बढी सर्वसाधारण मारिएका थिए भने लाखौं विस्थापित भएका थिए ।

निश्चयनै अमेरिकी सेनाको निगाहको ढोंग अघि तालिबानको हातमा अफगान महिलाले केही बढी नै सकस भोग्नुपर्छ । तर, धेरै पहिला, सेप्टेम्बर ११को हमला अघि अमेरिकी राजनीतिज्ञ, सेलिब्रिटी तथा स्वघोषित नारिवादीहरुले अफगान महिलाको ‘मुक्ति’को ढोल पिट्दै गर्दा तिनीहरुसँग साम्राज्यवादी भू–राजनीतिक स्वार्थ सिवाय अरु केही थिएन । न्यु योर्क टाइम्सले त्यतिबेला निकालेको पदावली ‘बि–५२ कार्पेट बम्बिङ्ग’ले पनि महिला लगायत अरु कसैको पनि हित गर्ने वाला थिएन ।

अमेरिकाले विधि र पद्धतिको नाममा, सभ्यता बसाल्ने नाममा अफगानिस्तानमाथि गरेको हमला उसले मध्यपुर्व र अन्त गर्दै आएका हस्तक्षेपहरुकै एउटा सिलसिला थियो । अनि उसले हस्तक्षेप गरेका विश्वभरका अन्य ठाउँमा महिलामाथि गरिएको दुब्र्यावहार हेर्दा एकदमै दिगमिगाउँदो तस्बिर बाहिर आउँछ । 

बुसले अफगानिस्तान हमला गरेको एक महिना पछि अर्थात् नोभेम्बर २००१मा तत्कालिन प्रथम महिला लाउरा बुस अमेरिकी रेडियोमा आइन् र सबैलाई आस्वास्त पार्दै भनिन्, ‘आतङ्कवाद विरुद्धको लडाईं भनेकै महिला स्वाभिमानको लडाईं हो । अफगान महिला र बालबालिकाको भोगिरहेको नियति भनेको उनीहरुमाथि नियन्त्रण र उत्पिडन गर्नेहरुको निर्दयिताको परिणाम हो ।’

खैर, केहि छैन । प्रथम महिला बुसको यहि कुरा कुन्दुजस्थित ‘डक्टर्स विदाउट बोर्डर्स’ अस्पतालमा बमबारी गर्ने, उपचाररत बिरामी र स्वास्थ्यकर्मीहरु मार्ने अमेरिकी सेनाको हकमा पनि उत्तिकै लागू हुन्छ । रेडियोमा प्रथम महिलाले अरु पनि भन्न भ्याएकी थिइन्, ‘विश्वभरका सभ्य मानिसहरु अहिले त्रसित भइरहेका छन् । अफगान महिला तथा बालबालिकाको विषयलाई मात्रै लिएर हामी दुःखी छैनौं । अहिले अफगानिस्तानबाट बाकीँ विश्वका हामी सबैलाई आतङ्कित पारिएको छ ।’

बाकीँ विश्वभरलाई ग्लोबल सुपरपावरले आफ्नो धारणा लादेकै छ । १९९६मा विधि र पद्धति बसाउने नाममा अनि सभ्य समाज निर्माणको जिम्मा लिने नाममा अमेरिकाले गरेको इराक आक्रमणका दौरान केटा र केटी दुवैगरि झण्डै पाँच लाख बालबालिका मारिए । तर, संसारभरका आतङ्कवादबाट त्रसित आत्माहरुले कहिँकतै यो कुरा निकाल्दैनन् । सम्झन चाहन्नन् ।

जे भएपनि, अमेरिकाले विधि र पद्धतिको नाममा, सभ्यता बसाल्ने नाममा अफगानिस्तानमाथि गरेको हमला उसले मध्यपुर्व र अन्त गर्दै आएका हस्तक्षेपहरुकै एउटा सिलसिला थियो । अनि उसले हस्तक्षेप गरेका विश्वभरका अन्य ठाउँमा महिलामाथि गरिएको दुब्र्यावहार हेर्दा एकदमै दिगमिगाउँदो तस्बिर बाहिर आउँछ ।

१९७०को दशकमा अमेरिकाले अर्जेन्टिनी सैन्य सरकारलाई त्यहाँका वामपन्थीहरुलाई ‘आतङ्ककारी’करार गर्दै तिनी विरुद्ध परिचालित हुने विभेदकारी अनुमती दियो, सहयोग पुर्यायो । जसमा ३०,००० जति वामपन्थीहरुलाई जहाजबाट समुन्द्रमा खसालेर मारिएको थियो । बिबिसीले उल्लेख गरेको छ कि अर्जेन्टिनी सेनाले गर्भवती महिलालाई नमारौ भन्दै केहि दिन कुरेका थिए । अनि बच्चा जन्माएको केहि दिन पछि सुत्केरीलाई मारेका थिए । यो कस्तो महिला अधिकार हो ?

नाटकिय ढंगले अमेरिकी सेनाले अफगानिस्तान छोडिसकेको छ । अहिलेको अवस्थामा अफगान महिलाको भविश्यलाई लिएर चासो ब्यक्त गर्ने र तिनको हितको लागि हस्तक्षेपकारी भूमिका निभाउन खोज्ने पश्चिमीलाई धन्यवाद छ । तर, ख्याल गर्नुपर्ने कुरा आम अफगान महिलाको जीवनस्तरको विषय कहिल्यैपनि अमेरिकाको मुख्य सरोकार थिएन ।

त्यसैगरि, प्यालेस्टाइन तथा लेबनानका पुरुष र बालकहरुसँगसँगै महिला र बालिकाहरुको कत्लेआम गर्ने अनुमती अमेरिकाले इजरायललाई दिएको थियो । अमेरिकाको समर्थन र सहयोगमा इजरायलले आसपासको अरब क्षेत्रमा सिर्जेको आतङ्क पनि सेप्टेम्बर ११ को घटनाको प्रमुख कारण थियो । ओसामा बिन लादेनको अन्तवार्ता लिएका स्वर्गिय पत्रकार रोबर्ट फिक्सले सेप्टेम्बर ११ को घटनालाई लिएर लेखेका थिए, ‘यो प्रजातन्त्र र आतङ्कवादबीचको लडाईं होइन जसरी आगामी दिनमा मान्छेले बुझुन् भनेर अपेक्षा गरिएको छ ।’ 

‘यो प्यालेस्टिनीको घरमा अमेरिकाले मिसाइल बर्साएजस्तो हो, १९९६मा लेबनानको एम्बुलेन्समा अमेरिकाले हेलिकप्टरबाट मिसाइल हानेजस्तो हो, अनि अमेरिका र इजरायलबाट पालित–पोषित लेबनान सेनाले बाटोमा भेटिएका शरणार्थी शिविरमा मार्दै तथा बलात्कार गर्दै हिडेजस्तो पनि हो ’ रोबर्ट फिक्सले लेखेका छन् । 

१९८२मा साब्रा र सातिलाका प्यालेस्टाइन शरणार्थी शिबिरहरुमा लगातार तीन दिनसम्म लेबनानी सेनाले गरेको नरसंहार लगत्तै रोबर्ट फिक्स त्यहाँ पुगेका थिए र यो अन्तिम प्रशंग उनले आँखैले देखेको घटनाबाट लिएका थिए । उनले आफ्नो पुस्तक ‘पिटी द नेसन’मा त्यहाँको एउटा दृश्य देखाएका छन् । एक बालिका हिलो लतपतिएको सेतो लुगामा फालिएकी गुडिया जस्तो सडकमा लडिरहेकी हुन्छिन् । उनको टाउको पछाडीको भाग गोलीले उडाइएको हुन्छ । 

त्यसैगरि, एक मृत महिला मरेकै सानो नानी च्यापेर ढलिरहेकी हुन्छिन् । त्यसमाथि कसैले उनको पेटको तलतिर चक्कुले तेर्सो चिरेको छ, फेरि दोस्रो पटक ठाडो चिरेको छ । सम्भवत उनीहरु पेटभित्रको बच्चा पनि मारिहाल्न चाहन्थे । कोलम्बिया विश्वविद्यालयका इतिहासकार रसिद खालिदीले भनेका छन्, ‘१९८२मा बेरुतमा भएको प्यालेस्टिनीको नरसंहारको लागि संयुक्त राज्य अमेरिका जिम्मेबार छ ।’

सभ्य बनाउने नाममा यो त अति भयो 

यति हुँदाहुँदै पनि ‘सभ्यता’ सिकाउने धन्दाबाट पश्चिम (अमेरिका) अझै अघाएको छैन । आफूलाई टिकाइराख्न झुटको प्रोपागाण्डा मच्चाउन अझै थाकेको छैन । मुलधारका मिडियाले समेत यो झुटको खेतिमाथि थप मलजल गरिदिन्छन् । तिनले त्यही अनुरुपको विश्व दृष्टिकोण निर्माण गर्ने ढंगले आम मानिसको आँखामा छारो हाल्ने काम गर्छन् । 

बुझ्नको लागि त्यति टाढा गइरहनु पर्दैन । अमेरिकाकै सबैभन्दा प्रशिद्ध पत्रिका न्यु योर्क टाइम्सकै अन्तराष्ट्रिय मामिला सम्बन्धी प्रायोजित स्तम्भकार थोमस फ्रिडम्यानलाई हेरे पुग्छ । उनकै राष्ट्रवादी, औपनिवेशवादी, लैङ्गिक विभेदकारी धारणामा टेकेर अरब र मुसलमान मुलुकमा निहित लैङ्गिक असमानता र महिलाका अधिकारका विषयमा अमेरिकाले प्रवचन दिने गर्छ, धारणा सार्वजनिक गर्छ ।

आफ्नो पुस्तक ‘लग्निट्युड एण्ड एटिट्युडः एक्सप्लोरिङ्ग द वल्र्ड अफ्टर सेप्टेम्बर ११’ मा फ्रिडम्यानले अफगानिस्तानको बाग्राममा रहेको हवाइ बेसक्यामको प्रशङ्ग राखेका छन् । त्यहाँ तिनले अल–कायदाका सदश्यहरुलाई महिलाबिनाको संसारमा बस्ने जंगली, क्रुर र असभ्यको रुपमा चित्रण गरेका छन् । फेरी विरोधाभासपुर्ण ढंगले उक्त बेसक्याम्पमा तिनको सुरक्षा एक सुनौला कपाल भएकी महिला गार्डले गरेको उल्लेख गरेका छन् । हेल्मेट पहिरिएकी उक्त महिलाले आफ्नो एकापट्टी एम १६ बोकेको उल्लेख गरेका छन् ।

बडाइ–चडाइपुर्ण तवरले गार्डको सुनौलो कपाल र बोकेको हतियारको अतिरञ्जन गर्ने न्यु योर्क टाइम्सका स्तम्भकारले यो भन्दा अरु केही महिला सशक्तिकरण बारे बोलेका छैनन् । 

‘मथिङ्गल हल्लाउने’ उनको अनुभूतिलाई एकातिर छोडिदिऔं, यसले सेनाले विश्वभर मारेका र यातना दिएका महिलाहरुको बारेका चुइक्क पनि बोल्दैन । तिनको मातहतमा भएका रणनीतक बलात्कार र यौन दुब्र्यवहारहरु निश्चयनै महिला मुक्तिको लागि थिएनन् । 

नाटकिय ढंगले अमेरिकी सेनाले अफगानिस्तान छोडिसकेको छ । अहिलेको अवस्थामा अफगान महिलाको भविश्यलाई लिएर चासो ब्यक्त गर्ने र तिनको हितको लागि हस्तक्षेपकारी भूमिका निभाउन खोज्ने पश्चिमीलाई धन्यवाद छ । तर, ख्याल गर्नुपर्ने कुरा आम अफगान महिलाको जीवनस्तरको विषय कहिल्यैपनि अमेरिकाको मुख्य सरोकार थिएन ।

अमेरिकी सेना अफगानिस्तानबाट फिर्ता हुँदा अफगान महिलाको हरिबिजोक हुने चिन्ता जुन जर्ज डब्लु बुसले गरेका छन्, बरु तिनको पितृसतात्मक पुँजिवादी समाजले अमेरिकी महिलामाथि पुर्याएको क्षतिको विषयलाई लिएर हामी किन चिन्तित नहुने ? उनीहरु स्वास्थ्य सेवा, बालबच्चा स्याहार अनि यस्तै महिलालाई प्रत्यक्ष राहत मिल्ने क्षेत्रमा लगानी गर्नको सट्टा मुलुक बाहिरको युद्धका लागि ट्रिलियन्स डलर खर्च गरिरहेका छन् ।

‘एगेन्स्ट ह्वाइट फेमिनिज्म’की लेखक राफिया जाकारियाले भर्खरै ‘द नेसन’मा लेखेको लेखमा भनेकी छिन्, अमेरिकामा रहेका श्वेत नारिवादीहरु ‘अफगान महिलाको मुक्तिको लागि युद्ध र औपनिवेश अनिवार्य भएको’ भन्दै वकालत गर्छन् । तिनीहरु बुझ्दैनन् कि अफगान महिलाले खासमा खोजिरहेको के हो । 

निश्चय नै बम हानेर र नियन्त्रणमा लिएर अफगान महिलाहरुको स्वतन्त्रताको ग्यारेन्टी हुँदैन भनेर बुझ्न जरुरी छ ।  उनीहरु बम हानिएर त्यसैको नियन्त्रणभित्र संकुचित हुन कत्ति पनि चाहँदैनन् । जाकारियाले यो पनि बताएकी छिन् कि विकासका नाममा अमेरिकाले सयौं मिलियन डलर औधोगिक तथा शहरी इलाकामा खन्याएको छ । ‘पूँजिवादी अर्थतन्त्रमा महिलाको सहभागिताले स्वस्फूर्त रुपमा महिला मुक्ति दिदैँ जान्छ’ भन्ने दोस्रो चरणको नारिवादको अवधारणामा यो आधारित छ । यसो गर्दै गर्दा यसले पुँजिवाद र साम्राज्यवादको दमनकारी पितृसत्तात्मक स्वरुपको पूर्ण बेवास्ता गरिएको छ । 

यसमा कुनै शंका छैन कि यस्ता कदमले आफू अनुकुलमा नारी स्वतन्त्रतालाई परिभाषित गर्दै अमेरिकी सेनाले गरेको बर्बरता पखाल्न भने निक्कै राम्रो भूमिका खेल्नेछ । यसलाई ‘श्तेत–महिलाको–सफाइ’ का रुपमा पनि अथ्र्याउन सकिन्छ । 

तर, अमेरिकी सेना अफगानिस्तानबाट फिर्ता हुँदा अफगान महिलाको हरिबिजोक हुने चिन्ता जुन जर्ज डब्लु बुसले गरेका छन्, बरु तिनको पितृसतात्मक पुँजिवादी समाजले अमेरिकी महिलामाथि पुर्याएको क्षतिको विषयलाई लिएर हामी किन चिन्तित नहुने ? उनीहरु स्वास्थ्य सेवा, बालबच्चा स्याहार अनि यस्तै महिलालाई प्रत्यक्ष राहत मिल्ने क्षेत्रमा लगानी गर्नको सट्टा मुलुक बाहिरको युद्धका लागि ट्रिलियन्स डलर खर्च गरिरहेका छन् । तपाईंलाई थाहा छ अमेरिकी सैन्यमा कति श्रोत, साधन र जनशक्तिको दुरुपयोग भइरहेको छ ?

यसको अन्त्य भएपछि मात्रै वास्तविक सभ्य र शान्त समाज निर्माणको योजना अघि बढ्छ ।

अल जजिराबाट

-ज्याकोबिन म्यागाजिनकी कट्रिब्युटर इडिटर बेलेन फर्नान्डेज  ‘चेकप्वाइन्ट जियोपोलाइटः क्वारेन्टाइन इन अ स्माल प्लेस’ ‘एक्जाइलः रिजेक्टिङ्ग अमेरिका एण्ड फाइन्डिङ द वल्र्ड’ ‘द इम्पेरियल मेसेन्जर’ लगायतका पुस्तककी लेखिका हुन् । उनका समय सान्दर्भिक लेखहरु न्यु योर्क टाइम्स, लन्डन रिभ्यु तथा ज्याकोबिन म्यागाजिनमा प्रकाशित भइरहन्छन् । 
हमिद कार्जाइ अन्तराष्ट्र्रिय विमानस्थल अघिको भागदौडमा महिला तथा बालबालिका । फोटोः रोयटर्स

 

यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।

द मार्जिन

लेखकबाट थप...