किरात  इतिहास र संस्कृतिका महान इतिहासकार इमानसिं चेम्जोङको अनुसार किरात याक्थुङहरुको सृष्टि वर्णनमा उल्लेखित “कामदेव” ले मुजिना खेयङनामालाइ अत्यन्तै दुःख दिईरहेको अवस्थामा वायुद्वारा गर्भवती भई “युकफुङ सावाङकेम्बा” को जन्म भयो । “युकफुङ” जन्मेको ४ दिनमा याङदाङफोक्सु (न्वारन) गरे । त्यो बालकको नाम सुसुला लावेप्पा राखे । त्यो बालक अचानक ३ महिनापछि उसको तौल घट्यो । यो अवस्था देखेर मुजिना खेयङनामा अचम्म भई परमात्मा तागेरा निङवाभुमाङसँग भनि के भएको हो यस्तो, मैले जानिन, कृपया बताई दिनुहोस् भनि उपायबारे अनुरोध गरिन् । तागेरा निङवाभूमाङले पर ढाँँडको भीरमा केकयाक्ना (सरोको पात) छ । त्यो पात ल्याएर ओछ्याई दिनु आफैँ जाती हुन्छ ।  बढदै जान्छ भने मुजिनाले त्यसै गरिन् ।

बालक बढ्दै गयो । खेल्न उफ्रिन सक्ने भयो । तीन बर्षको उमेरमा फित्कौली खेलाउने किरा फट्याङग्राहरु मार्ने हुँदै चराहरु मार्ने भए । तेह्र, चौध बर्षको उमेर भएपछि धनुवाण चलाउने इच्छा गरि आमालाई धनुवाण बनाई दिन आग्रह गरे । आमा मुजिना खेयङनामाले उत्तर दिईन् । म स्त्री जाति हुँ । त्यसमा पनि लोग्ने नभएकोले धनुवाण बनाउन आउँदैन । तिमी हाम्फरीमाथि इम्बिरी भन्ने ठाउँमा जाउ र आफैँ सिक भनिन् ।

फाल्गुनन्दले निर्माण गरेको सत्य धर्म मुचुल्का मुताबिक चलिआएका संस्कारलाई २०४७ सालपछि लिखित रुपमा आए पनि त्यस भन्दा अघि बिनालिखित वेलायती (ब्रिटिश) नियमजस्तै याक्थुङ लिम्बूहरुमा रितितिथी, संस्कार संस्कृति, धर्म, कर्म, जन्म, मरण , भेष भुषा, भाषा लिपि आदि चलि आएको छ । तर दश लिम्बू (थिवोङ याक्थुङसा)हरु ठाउँ (स्थान) विशेष फरक– फरक किसिमका संस्कारहरु छन् ।

सोही मुताबिक गई धनुवाण बनाउन सिके र सिकार खेल्न थाले । न्वारनको नाम सुसुला र लावेप्पा परिवर्तन भई युकफुङ सावाङकेम्बा भयो । युकफुङ ठूलो भएपछि तरङ्खिया, ताङसाङ्खिया, हेन्कोचो, माङकोचोहरुसँग सिकार खेल्ने भए । उत्तरतर्फ सिकारमा जाँदा थारलाई घाइते बनाई लघार्दै लैजाँदा, घाईते थार तान बुनिरहेकी सुन्दरीकहाँ पुगे । ती सुन्दरी युवतीले हतार हतार घाइते थारलाई उनको सारीले छोपी लुकाईन् । तरङ्खिया, ताङसाङखिया, हेनकोचो र माङकोचोहरु त्यहाँ पुगे । पछि मात्र युकफुङ आई पुग्दा सिकार सुन्दरी युवती कहाँ लुकेको संकेत दिए । अत्यन्त सुन्दर युवक युङफुङलाई देखेपछि ती सुन्दरी युवती मोहित भईन् घाईते सिकारलाई जिम्मा लगाई दिए ।

घाईते सिकारलाई काटकुट गरि त्यहि पकाई पोली खाई बसे । धेरै दिनपछि ती सुन्दरी युवतीसँगैै रहँदा बस्दा ती सुन्दरी “सुम्नुङ मुगुप्लुङ” गर्भवती भईन् । उनीबाट थोसु सुहाम्फेबा नाम गरेको बालकको जन्म भयो । ती सुम्नुङ मुगुप्लुङमा गर्भवती हुँदा, अमिलो खोज्न उनकी नोकर्नी थोसु योगमासँग जंगल जाँदा उनि पनि गर्भवती भईन् । र थोसु साम्दाङखेवा जन्मे । त्यसपछि युकफुङ सावाङकेम्बा र तरङखिया, ताङसाङखिया हेनकोचो, माङकोचोहरुसँगै दक्षिणतर्फ सिकारमा जाँदा योसु फियातलुङमा नाम गरेकी युवतीेसँग भेट भइ,उनीसँग बस्दा लाहादोङना नाम गेरेकी छोरीको जन्म भयो । उनकी नोकर्नी योसुमाबाट हिदाङ्खेवा नामको बालक जन्मियो । पछि युक्फुङ्कै छोरा र छोरी थोसु सुहाम्फेवा र लाहादोङनाको अज्ञानताबश विवाह गरि १८ भाई छोरा जन्माए । लाहादोङनाले घरको रक्षार्थ पालेको कुकुर्नीबाट पोल खोले । सोःमा, योःमा (काःइ फेक्या) भएको कुरा मुन्धुम लेखहरुमा उल्लेख भएको पाईन्छ ।

वैज्ञानिकहरुले त मङ्गल ग्रहमा यानबाट पानी लगिई खाल्डोहरुमा पोखरी जमाई बोट विरुवा हुर्काई जीव जीवात्माहरुलाई आवश्यक पर्ने इहथनभल तयार गरेर मानव बस्ती बसाउने प्रयत्न गरिरहेका छन् । हाम्रा मुन्धुम खोजकर्ताहरुले सूर्य, चन्द्र, तारा (ग्रह) हरु पोरोक–पोरोक फोन्छीङङाडा पत् (झुण्डिरहेको) भन्ने अनुसन्धान पो गर्ने हुन कि ? वास्तवमा मुन्धुम त कल्पना, आख्यान, किंबदन्तीका आधारमा यसो भएको रे, उसो भएको रे, यसो गर्नु हन्छ, उसो गर्नु हुँदैन भनेको भरमा “बुढा मरे भाषा सरे” हुँदै आएको मात्र बुझिन्छ ।

अर्को मुन्धुम भन्छ “फाक्सारा तिगेजोङना” उनका दु्ई भाइ माईतीहरु सिकार खेल्ने गर्दथे । एक दिन माइतीहरुसँग सिकारमा जाने मनशायले फाक्सारा तिगेजोङना पनि माईतीहरुसँगै सिकारमा गए । जंगल, पाखा, पखेरामा घुम्दा उनलाई साह्रै तिर्खा लागेको हुनाले, पान्थर चिलिङदीन पुच्छार निवोखोला र थोखुवा खोला दोभान नजिकै रहेको ठूला–ठूला ढुँगामाथि खोपिल्टामा भएको पानी पिउँदा गर्भ अस्रि केसामी र नाम्सामी नाम गरेका दुई बच्चा जन्माए । तिनै केसामी र नाम्समी ठूला भएपछि एक आपसमा झगडा गर्ने, मारामार गर्ने भए । उनीहरुको आमालाई ज्यादै पिर परी दाजु भाइहरुलाई अलग पार्न दाजु केसामी उत्तरतर्फ जाँदा भाई नाम्सामीलाई दक्षिणतर्फ पठाए भने भाई नाम्सामी उत्तरतर्फ जाँदा दाजु केसामीलाई दक्षिणतर्फ पठाउने गर्दथे ।

हुँदाहुँदा एकदिन अचानक केसामी र नाम्सामीको भेट भयो । दुवैबीच युद्ध हुँदा सिमलको रुखको नवौँ तलाको हाँगामाथि नाम्सामी र आठौँ तलामा केसामी, भाइलाई मार्न र खान  सिमलको रुख चढिरहेको बेला आठ वटा वाण हानी सकेका थिए ।   अब मलाई त्यसै मार्ने भयौ, बरु तिम्रो मुखमा सिधै पस्छु । मुख आँ गर्नु भनि बाँकी एक धनुवाणले मुखमा प्रहार गर्दा दाजु केसामी ढली झर्दा सिमलको एकापट्टीको हाँगा लुछ्दै झरेका थिए ।  त्यही भएर अहिलेसम्म पनि सिमलको एक पट्टी हाँगा हँुदैन भन्ने जनश्रुति छ । साथै एकापट्टी सिमलको हाँगा हुँदैन पनि । त्यसरी केसामीलाई नाम्सामीले मारेर तिनको छाला काटी सुकाउँदा कहिँ नसुकेपछि पान्थर आङसराङ र सराङडाँडाबीच सिमानामा पर्ने देउराली डाँडामा लगि सुकाउँदा सुकेकोले सो ठाउँलाई सेहोनाम्लाङ  (छाला सुकुवा) को नामले  ऐतिहासिक किरात  याक्थुङ (लिम्बू)हरुमा चर्चित छ । यो ठाउँ पर्यटकिय क्षेत्र बन्न सक्ने प्रवल सम्भावना रहेको छ ।
    

त्यसै गरि अर्काे मुन्धुममा धनजिते र खलबले नाम गरेका दुई चेम्जुङ दाजुभाईहरु हासुले र बारुले नाम गरेका कुकुरहरु सँग सधैं सिकारमा जाने गर्दथे । सिकार खैल्दै जाने क्रममा उनीहरु जहाँ जान्थे, पुग्थे त्यहिँ त्यहिँ एक अति सुन्दरी युवती तान बुनि बसेको भेटाउने गर्दथे । के अचम्म हो, हामी जहाँ पुग्छौँ त्यहाँ नै उहि सुन्दरी युवतीलाई भेटाउँछौ । यो के होला ? उनीहरुलाई मनमा खुल्दुली भयो । यस्तैमा उनीहरुबीच आपसमा सरसल्लाह गरे । ति युवतीसँग विहे गर्ने निर्णयमा पुगे ।  सुन्दरी युवतीलाई विवाह ( मेखिम ) को प्रस्ताव राखे । युवतीले पनि अचम्म मान्दै उनिहरुसँग शर्त राखिन् । यदि तिमीहरु मसँग मेखिम ( विवाह ) गर्न चाहन्छौ भने एकै दिनमा एउटै रुखको टुक्राबाट बनाईएको खाट चाहिन्छ । त्यो खाट तिमीहरुको घरको सिरान तलामा राखेको हुनुपर्छ । म त्यहाँ मात्र बस्छु भनिन् ।

नेपालका आदिवासी जनजातिहरुको सम्पूर्ण इतिहास विदेशी अन्वेषक, खोज, संकलक, अनुसन्धानकर्ता “ब्राइन हड्सन, डा.S.K चटर्जी, डोनियल राईट, कर्क पेट्रीक, भेन्सीटार्ट” आदि जस्ता लेखकहरुको लेख दस्तावेजको आधारमा हाम्रा महान इतिहासकार श्री इमानसिं चेम्जोङ (I.S) ले हामीलाई हाम्रो इतिहास, जन्म, बसाईसराई, धर्म, कर्म, रितिरिवाज, संस्कार संस्कृति लगायतका सम्पूर्ण कुराहरु वहाँको लेखद्वारा जानकारी (ज्ञान) प्राप्त भएको छ । यो नै किरात  याक्थुङ (लिम्बू)हरुको प्रथम ऐतिहासिक दस्तावेज हो । हाल किरात  याक्थुङ लिम्बूहरु मुन्धुमविद, मुन्धुम खोज अनुसन्धान, दार्शनिक बन्न खोजिरहेका छन् ।

सो शर्त सहर्ष स्वीकार गरि सोही मुताबिक धनजिते र खलबलेले त्यस्तै खाट बनाई घरको सिरान तलाको खाटमा युवतीलाई राखे । सदाझैँ धनजिते, खलबले हाँसुले र बारुलेहरु भोली पल्ट पनि सिकार खेल्न गए । सो मौका छोपी धनजिते, खलबलेका जेठी बुढीहरुले सुकेको अकबरे (डल्ले) खुर्सानी अगेनामा पोली झ्याल ढोका बन्द गरेर उनीहरु बाहिर निस्के । ति सिरान तलामा बस्ने युवतीलाई खुर्सानीको धुँवाले असाध्यै पिरोल्यो । सो कुरा सिकारबाट फर्कि आउँदा असाध्य कष्ट भएको गुनासो पोखिन् । तिमीहरुको जेठी बुढीहरुको यो चालमा (व्यवहार) म तिमीहरुको घरमा बस्न सक्दिन भन्दै बाहिर आँगनमा निस्किईन् । त्यहि आँगनमा नै जमिन मुनि विलय (अलाप) भईन् ।  हतार हतार समाउन खोज्दा केस मात्र उखेलिएको कथन छ । वास्तवमा ति सुन्दरी युवती वास्तविक युवती नभई माङ थिए ।

सारा सृष्टिदाता तागेरा निङवाभूमाङ (इश्वर)द्वारा अनेक आकाश, पताल, जल, थल, अग्नि , वायु, जीव जीवात्माहरुको सृष्टि गरि ती जीव जीवात्माहरुको रक्षार्थ माङ (युमा माङ/बुढी बोजु) ले विभिन्न स्वरुप लिई प्रस्तुत हुँदा, उक्त घटनाहरु भएको हुन सक्छ । माङ (युमामाङ /बुढी बोजु) ठाउँ ठाउँमा अवतरित भएको स्थानमा देव देवीको मन्दिर स्थापना गरि जीवात्मा, मानव आदिको रक्षा गर्न वर्तमान भाषामा (देवारी) येवा, साम्वा ( धामी, विजुवा) आदिको जन्म दिनु उनै भगवान इश्वर तागेर निङवाभुमाङको इश्वरीय  देन हुन् । माङका अनेकन साहान वाहानहरु छन् । पुङ साम्माङ (खल्मेनी), असेक साम्माङ (सर्प देव), सबा साम्माङ (बांदर देव) मेया साम्माङ (चिल देव) थुङ थाङबा , फाक्मुरा, अक्वामा (घरको मुलखम्बा मुनी बस्ने देवता ), नाहाङमा सिकारी आदि । धामी देवारी (येवा, साम्बा, माङदेम्बा) हरु भन्ने गर्दछन्। यिनीहरु सबै माङका खेलहरु हुन् । सम्पूर्ण मानवहरुमा पनि जन विश्वास रहि आएको छ ।
    

युमा माङ साथै ‘थेबासाम’ बारे लिम्बु जातिहरुको नेम्बाङ जातिमा कु–वाङ–ती ज्यादै प्रख्यात राजा थिए । उनी मरेपछि उनको आत्मालाई थेकसाम नाम दिई देवता बन्यो । कु–वाङ–ती का एक शक्तिशाली छोरा पाथोहाङ थियो । उनका दुई भाइ छोरा चुक्मिबा र लातिबा प्रसिध्द थिए । उनीहरु युमा सामको भक्त थिए । युमा साम नामक शक्तिशाली आत्माको आशिष पाउन युमासामलाई प्रार्थना गर्दथे । युमासामको दयाले भेडाको बंगाल र गाईको हाँच पाउँथे । ति जनावरहरुलाई जंगली जनावरहरुले ज्यादै दुःख दिने हुँदा पासो थाप्ने गर्दथे । उनीहरुको पासोमा कहिल्यै पनि जंगली जनावर नपरेकाले खिन्न भई पासोलाई मजबुत बनाए ।

एक दिन वृद्धमान्छे पासोमा परेको पाए । ऊ को थियो भनेर सोधे । शान्त पूर्वक जवाफ दियो कि, ऊ उनिहरुको पूर्खा थिए । ती पूर्खा उनको समयमा शक्तिशाली महाविर थियो । त्यो पूर्खाको मान्यता विर्सिसकेको हुनाले त्यहाँ देखा परेको थियो । “ऊ अदृष्य भएको छैन । जस्ले समर्थन गर्छ, मान्छ, पुजा गर्छ, सहयोग माग्छ तिनीहरु बहादुरी साथ शक्ति पाई लड्न सक्छन् , भनि निर्देशन दिए । सर्व प्रथम जंगलमा पुजा गर्नुपर्छ । तब घरको आँगनमा र तेश्रो दिन घर भीत्र पुजा गर्नु पर्छ । उनका वेदी, तरवार, भाला, ढाल, धनु वाणहरु सधैं रातो रंगको कपडाको झण्डाले सजाउनु पर्छ । जसले पुजा गर्ने हो, उस्ले योद्घाको टोपी यासापिप्पु, तागावा र हतियार भाला तरवार लिई योध्दा जस्तै हुनु पर्ने छ । पुजा सकेपछि सम्मानको रुपमा पुजा गर्ने ले मान्छेहरुलाई भोज खुवाउनु पर्दछ ।” 
ती दुवै चुक्मिबा र लातिबाले यस्तो निर्देशन सुने । खुसी भएर त्यो बृद्धलाई पिठ्युँमा बोकेर जाँदा पान्थर जिल्ला खामहेत्ला पहाड टाकुराको टुप्पामा पुग्दा वृद्ध पिठ्युँबाटै अल्पियो । दुवै दाजुभाई चकित परे । पूर्ण सन्तुष्टीका साथ घर गए । उनीहरुले विचार गरे निश्चय पनि ती बृद्धा हाम्रा पुर्खा कु–वाङ–ती हुनु पर्छ । उनको आत्माद्वारा हामीलाई शक्ति उपलब्धी हाँसिल गरेका हौँ, भनि नुहाई धुवाई गरी तीन दिन, तीन रात उपवास बसि पूर्खाको निर्देश अनुसार आत्माको पुजा गर्न जंगल गए । फर्कि आएपछि आँगन र घर भित्र पुजा गरे । चौँथो दिनमा सम्मानको निमित्त मान्छेहरुलाई भोज खुवाए ।

त्यसपछि तिनीहरुलाई युद्धको देव वा थेबासामले प्रेरित गर्यो, र साह्रै वीर योध्दा भए । ढाल, तरवार, धनुकाँण लिई निर्भिकताका साथ जंगल पसे र जंगली हिंस्रक जनावरहरुलाई मार्न सफल भए । तिनीहरुलाई यस प्रकारको थेबासाम युद्ध देन प्रेरणा शक्ति पाई शक्तिशाली योद्धा भएको कुरा चारै तर्फ फैलियो । त्यस बेला इलाम जिल्लाको स्थानिय लाप्चा प्रमुखलाई शत्रुहरुले सताईरहेको अवस्थामा उनीहरुलाई उनका शत्रुहरुसँग लड्न सहयोग माग गरे । सहयोगको माग बमोजिम उनीहरु त्यस ठाउँमा गई, घमासान युद्ध गरि लाप्चा प्रमुखका शत्रुहरुलाई परास्त गरे । सो  मैत्रीपूर्ण सहयोगको सम्मानको लागि दुईवटी छोरी “टोङकुङ रमिव र रुम्मित नर्राप” लाई उपहार स्वरुप दिए ।
    

त्यो पूर्खा थेबासामको आत्मशक्ति पुजा गर्ने चलन अझै नेम्बाङ जाति समुदायमा रहि आएको छ । थेवासाम पुजा गर्दा वेदी, ढाल लरवार, धनुवाण, बन्दुक, भालाहरु र रातो कपडाको झण्डाले सजाउने गर्दछन् । एक हात लामो रातो कपडा बीचबीचमा टाँगिन्छ । ठूलो राँगा वेदीको अगाडी बाँधी, पुरोहितलाई किरात  योद्धा टोपी, यासापिप्पु, तागावा पैरिन्छ र लामो हतियार भाला हातमा लिएर बेदी अगाडी उभिइर्, धुप बाली अन्न दाना फलहरु छर्कि सुगन्धित फूलको गुच्छा र पवित्र पानीले वेदीलाई शुद्ध पारि अतितको मुन्धुम गाउन थाल्छ । पुर्खाको मृत आत्माको प्रार्थना चढाउँदछ । प्रशंसाको गीत गाउँछ । भोग बलि ग्रहण गर्न आव्हान गर्छ । जब पुरोहित आपसे आप काम्न थाल्छ उतिखेर थेबासाम आयो है भनि राँगालाई काट्छन् र वेदीको वरिपरी अगाडी रगत चढाउदछन् । पुजा सकेपछि आमन्त्रितहरुलाई भोज खुवाउँछन् ।
  

 यसैगरी करिब ६०० बर्ष अघि “नाहाङमा साम्माङ” बारे पापो बंशी राजा एतेहाङ एक दिन घरको मूल खम्वामा बसिरहेको बेला अचानक उस्लाई कम्पन भई बरबराउन थाल्यो । “म तेरो शिर शक्ति हुँ । म तँलाई शक्ति, धन सम्पति दिने छु , तेरा पूर्खाहरु आठराई खेक्लेसोमा बस्दा जग्गा जमिनविहिन भई फाक्योप्पा (सुँगुरको साँढ) बराह बँदेल स्वरुप लिई राजर्षि शक्ति दिएर राजा बनाएको हुँ । मलाई घरको मूल खम्बामा मान मनितो गरि श्रद्धा, आदर, सेवा गरेमा जुग जुगान्तर सम्म राजर्षि शक्ति, धन धान्य, लक्ष्मीले भरपुर गराउने छु ।” भनि बरबराएकोले अहिले सम्म पापो वंशीहरु आफ्नो घरको मूल खम्बामा “नाहाङमा” को पुजा आरधना गर्ने गर्दछन् । नाहाङमाको अर्थ ना (ङा) माछा, हाङ (राजा), हाङमा (रानी) हुन्छ । ङा (माछा) शब्द अपभ्रंश भई ना उच्चारण भएको हो । त्यस बेला भाइ इङनाम्भेले दाजु इङवासो थाम्लासो पापोहाङलाई इङलेक गरेर (ढाँटेर) आ–आफ्ना बजुहरुलाई तमोर खोलामा बगाउने शर्त राखि बजुहरु वगाउँदा इङनाम्भेले केराको थाम मात्र बगाएको र पापोहाङले साँच्चिकै बजु बगाए । सो बजुको मृत आत्मा ङा (माछा)को स्वरुप भएको भन्ने किम्वदन्ती वा आख्यानलाई सत्य मानि नाहाङमाको पुजा अराधना गर्ने प्रचलन चलि आएको साथै पापो वंशीहरु आजतक ङा (लिम्बूनी) माछा खाँदैनन् ।
    

किरात याक्थुङ (लिम्बू) समुदायमा घरको कूल देवता हिमसाम्माङ र बन देवता ताम्भूङ  मान्ने गर्दछन् । कूल देवताहरु मान्ने क्रममा युमा साम, थेबासाम, हिममाङ, नाहाङमा र अक्वामाङ प्रमुख छन् । मुन्धुमविद, मुन्धुम लेखक, खोज अनुसन्धानकर्ताहरुको लेख अनुसन्धानमा हिममाङ अर्थात् हिम साम्माङ बारे कहि उल्लेख भएको पाईन्न । कुनै कतैबाट पनि प्रश्न उठेको छैन भने “अक्वाना माङ” बारे छोटा लेखहरु पाईएको छ । अक्वाना माङ बारे – उहिल्यै दुई दाजु भाइ र एक चेली थिए । ती दाजु भाइले आफ्नो बासस्थान (घर) बनाउन जानेका थिएनन् । उनीहरुका चेलीले गौँथलीले गुँड बनाएको देखेर दाजुभाइलाई घर बानाउन सल्लाह दिन्थे ।

जंगलबाट रुख काटी ताछेर घरको मुल खम्बा गाडी त्यसको वरिपरी बारबेर गरेर बासस्थान (घर) बनाउनु पर्छ भन्दा सोही मुताबिक दाजुभाइले रुख काटी ताछतुछ गरेर बोकेर ल्याई मूल खम्बा गाड्ने ठाउँमा खाडल खने । सो खाडलमा खम्बा ठड्याउन खोज्दा ती चेलीले पनि सहयोग गर्दा उनको पःरी (कैंयो) (त्यसबेला कैंयोको आविस्कार भएको थिएन, थाक्रा पःरी भन्ने चलन थियो) खाडल भित्र खसेछ । त्यो कैंयौ पःरी टीप्न खोज्दा दाजु भाइले गह्रौं खम्बा थाम्न नसकि छोडी दिँदा चेलीको त्यहि खाडल भित्रै मृत्यु भएको र ती चेलीको मृत आत्मा अक्वानामा साम्माङ भएको कथन छ । अक्वानामा साम्माङको पुजा गर्ने चलन पनि यथावतै छ ।

घर भित्रको कूल देवता (साम्माङ) युमासाम्माङ, थेबासाम र हिममाङ बाहेक पाखामाङ (वनदेवता) हरु पनि याक्थुङ लिम्बूहरुमा धेरै छन् । त्यसमध्ये “चखोबा साम्माङ” भन्ने देवता ईङवाबा र कुकेनाम्बा वंशी पापोहरुको पुर्खा फेन्जो साम्दाङमुक्पा, बाघतेलेम, सिङतेलेम को नाउँमा उठाई राखेको भाले चण्डिपूर्णेका दिन स्नान गरि चोखो भै ७ वटा ढुंगा गाडी थान बनाई आफ्नो क्षमता अनुसार राँगा, बोका र घरैपिच्छे एउटा एउटा भाले त्यो ७ वटा ढुंगाको बीचमा अग्लो रोपिएको ढुंगाको थानमा चखोबा साम्माङको बली पुजा गर्ने गर्दछन् । राँगा,बोका चढाउन क्षमता नपुग्नेहरुको लागि पनि भाले अनिवार्य हुन्छ । धन, सम्पति, छोरा छोरी नहुनेले पुजा गरेमा छोरा, छोरी जन्मिन्छन् भन्ने जनश्रुत छ । पितृ माथि अहंकार, हेला, अपमानित गरेमा रगतै रगत बमन गराउने, बोली नआउने, अपांग गराउने आदि हुने जन विश्वास छ । छोरी चेलीहरुले पनि उनै पितृ राजा मोहोपा, पापो फेन्जो, सुम्दाङमुक्पा, बाघतेलेम, सिङतेलेम भनि उठाई राखेको भाले त्यहि ७ वटा ढुंगामा नै ल्याई पुजा गर्ने चलन छ । जसरी राई जातिहरु घर भित्र चुलामा तीन चम्का ढुंगाको महत्व राख्दछन् । त्यसरी नै याक्थुङ लिम्बूले पनि थर जात विशेष आ–आफ्ना कूल देवी देवता को महत्व राख्ने गर्दछन् । 
    

माथि उल्लेखित मुन्धुम शास्त्र अनुसार परापूर्व काल देखि नै किरात  याक्थुङ (लिम्बू)हरुको रितिरिवाज, चालचलन, संस्कृति, धर्म, कर्म, संस्कार चलाउने क्रममा आगन्तुक संस्कार, संस्कृतिले बढावा दिएको देखिन्छ । नेपाली उखानमा “कसैले घोडा चढेको देख्दा धुरी चढनु” भनेझैं गरि जंगलमा डढेलो सल्किए जस्तै अनायासै संस्कार संस्कृति बढेर कु संस्कार मा पुग्यो । यस्तो कु संस्कारलाई नियन्त्रण गर्न हाल सम्म सम्भव भएको छैन । यस्तो विषम परिस्थितिमा किरात  याक्थुङहरुमा “८८०–९१५ ख्रिष्टाब्द अराजक समय” मा सिरीजंगाहाङ उदय हुनु र उनलाई निस्सामाङले फक्ताङलुङ (कुम्भकर्ण) हिमालको ओढारभित्र अन्तिमसम्म पुर्याई ढुंगामा छापिएको किरात  लिपि प्रदान गर्नु, साथै यो लिपि सारा याक्थुङहरुलाई सिकाउनु भन्ने आदेश पाउनु गर्वका कुरा हुन् । सिरिजंगाहाङलाई नै सो लिपि सिक्न ३ महिना लाग्यो । यसकारण सिरिजंगा लिपि अर्थात् किरात  लिपि (देव लिपि) भनिन्छ ।

यिनै लिपि प्रचारप्रसार गर्ने क्रममा सिक्किममा लाप्चा भोटेहरुको क्रुर हत्यामा मृत्युवरण हुनु पर्यो । उनी पछि किरात  याक्थुङ समुदायमा अर्काे महाविद्वान, महादार्शनिक दर्शनदाता अङसिमाङ महागुरु फाल्गुनन्दको उदय भयो । महादार्शनिक अङसिमाङ महागुरु फाल्गुनन्दको समयमा जंगलको आगलागी (डढेलो)झैँ सल्किरहेको किरात  याक्थुङ समुदायमा आगन्तुक कुरिति, कुसंस्कार, कुप्रथालाई नियन्त्रण गर्न प्रयासरत रहनु भयो । वाध्यतावश भारतिय सेनामा भर्ति भएता पनि माङ शक्तिको प्रेरणाले हो या इच्छा शक्तिले जागिर चट्ट छोडी कुरिती कुप्रथा कुसंस्कार बेतिथी हटाउन १० लिम्बू सत्र थुमका सुभाङ्गी सुब्बा, गन्यमान्य बुढापाकाहरुलाई १९८८ बैशाख २४ गते, पान्थर थुमको लब्रेकुटीमा भेला गरि सत्य धर्म मुचुल्का खडा गरेका थिए । उक्त मुचुल्काले केहि हदसम्म नियन्त्रण भए पनि पूर्ण रुपमा नियन्त्रण हुन सकेको छैन ।

उनी पछि वर्तमान गुरु अङसीमाङ आत्मानन्द सेईङको गुरुकूलमै जन्म भयो । महागुरु कै धर्म, कर्म अंगाली सारा मनुवाहरुको सेवा गर्दै आएका छन् । अङसिमाङ आत्मानन्द सेइङद्वारा पनि विभिन्न धर्म, कर्म का साथै याक्थुङ लिम्बूहरुमा चलिआएको “कु” लाई नियन्त्रण गर्न लागि परेका छन् । तर गुरुकै चेलाभूला, कार्यकर्ताहरुको आफ्नो विचारले हो या कुनै कारण अहिले किरात याक्थुङ (लिम्बू)हरु दुई धारमा देखिन थालेका छन् । “साङदाङगेन् वारुम्मा” (शब्दी) भएकाहरु मात्र किरात  हुन भन्नुले अन्य याक्थुङ लिम्बूहरु युमा धर्मको प्रचार र दाबी गर्दछन् । हुन त किरात इतिहासका महान इतिहासकार श्री इमानसिं चेम्जोङ ( I.S) ले पनि किरात  इतिहास र संस्कृति नामक पूस्तकमा युमा धर्म, थेबा धर्म भनि लेखेका छन् । किरात  धर्म र युमा धर्म बारे यथेष्ट प्रमाण अन्योल छ । किरात  समुदायको आत्मावाद धेरै पहिले देखि भएको कुरा “ज्याकफिनेगेनले विश्व धर्म पुरातत्व विज्ञानमा” लेखेका छन् । यस् तथ्यले “किरात धर्म” धेरै पहिलेदेखि किरातीहरुले मान्दै आएको पुरानो हो भन्ने हो । युमा धर्म नभई युमामाङ (देवता) हुन् । युमामाङ भन्नु नै इश्वर तागेरानिङवा भूमाङ हुन् । सारा सृष्टिदाता, रक्षक भनेर सम्पूर्ण मानवले आ–आफ्ना जात बिशेष मान्ने र पुजा अराधना गर्ने गर्दछौँ । युमा माङलाई गैर लिम्बूहरुले “बुढी बजु” को रुपमा मान्दछन् । 
    

फरक के देखिन्छ भने शाकाहारी र मांशाहारीमा विभेद जस्तो अनुमान लगाउन सकिन्छ । पछिल्लो समयमा खराने र मौलिकेको विवाद चर्केको पाईन्छ । एउटै किरात  समुदायभित्र कुनै किरात याक्थुङको दावी गर्ने । किरात धर्म भन्ने गर्दछन् भने कुनै लिम्बू हौ, युमा धर्म हो भन्दछन् । तर पुरानो कुनै पनि दस्तावेज, लेख, इतिहासहरुमा र सत्रौँ शताब्दी पूर्व लिम्बू शब्द कहिँ भेटिँदैन । नेपालका आदिवासी जनजातिहरुको सम्पूर्ण इतिहास विदेशी अन्वेषक, खोज, संकलक, अनुसन्धानकर्ता “ब्राइन हड्सन, डा. S,K चटर्जी, डोनियल राईट, कर्क पेट्रीक, भेन्सीटार्ट” आदि जस्ता लेखकहरुको लेख दस्तावेजको आधारमा हाम्रा महान इतिहासकार श्री इमानसिं चेम्जोङ (I.S) ले हामीलाई हाम्रो इतिहास, जन्म, बसाईसराई, धर्म, कर्म, रितिरिवाज, संस्कार संस्कृति लगायतका सम्पूर्ण कुराहरु वहाँको लेखद्वारा जानकारी (ज्ञान) प्राप्त भएको छ । यो नै किरात  याक्थुङ (लिम्बू)हरुको प्रथम ऐतिहासिक दस्तावेज हो । हाल किरात  याक्थुङ लिम्बूहरु मुन्धुमविद, मुन्धुम खोज अनुसन्धान, दार्शनिक बन्न खोजिरहेका छन् ।

माथि उल्लिखित विदेशी लेखकहरु र I.S ज्यूको लेख बाहेक कस्तो मुन्धुम खोज अनुसन्धान गरिरहेका होलान् ? शिव कुमार श्रेष्ठ ज्यूले थुम–थुम, मौजाका गन्य मान्य बुढापाका मुन्धुमविदहरुसँग सोध खोज अनुसन्धान गरी “किराती लोक कथा” नामक पूस्तकमा रोचक–रोचक किराती लोक कथाहरु लेख्नु भएको छ । यस बाहेक मु्न्धुमविद, मुन्धुम खोजकर्ताहरुले वैज्ञानिकहरु जस्तै अन्तरिक्षका मुन्धुमहरु ल्याउने पो हुन् कि ? वैज्ञानिकहरुले त मङ्गल ग्रहमा यानबाट पानी लगिई खाल्डोहरुमा पोखरी जमाई बोट विरुवा हुर्काई जीव जीवात्माहरुलाई आवश्यक पर्ने इहथनभल तयार गरेर मानव बस्ती बसाउने प्रयत्न गरिरहेका छन् । हाम्रा मुन्धुम खोजकर्ताहरुले सूर्य, चन्द्र, तारा (ग्रह) हरु पोरोक–पोरोक फोन्छीङङाडा पत् (झुण्डिरहेको) भन्ने अनुसन्धान पो गर्ने हुन कि ? वास्तवमा मुन्धुम त कल्पना, आख्यान, किंबदन्तीका आधारमा यसो भएको रे, उसो भएको रे, यसो गर्नु हन्छ, उसो गर्नु हुँदैन भनेको भरमा “बुढा मरे भाषा सरे” हुँदै आएको मात्र बुझिन्छ ।

मुन्धुम शास्त्रले मानव जीवनमा रितिस्थिति, संस्कृति संस्कार, परम्परालाई जगेर्ना गर्ने र नराम्रोलाई हटाउँदै जाने राम्रोलाई सुधार गर्दै लैजानै भन्ने हो । होइन र ? अघिल्लो पुस्ताका धार्मिक नेता (राजा) येहाङले बाँधेका नियमहरु सिरोपर अँगाल्दै महान दार्शनिक समाज सुधारक अङसिमाङ महागुरु फाल्गुनन्दले निर्माण गरेको सत्य धर्म मुचुल्का मुताबिक चलिआएका संस्कारलाई २०४७ सालपछि लिखित रुपमा आए पनि त्यस भन्दा अघि बिनालिखित वेलायती (ब्रिटिश) नियमजस्तै याक्थुङ लिम्बूहरुमा रितितिथी, संस्कार संस्कृति, धर्म, कर्म, जन्म, मरण , भेष भुषा, भाषा लिपि आदि चलि आएको छ । तर दश लिम्बू (थिवोङ याक्थुङसा)हरु ठाउँ (स्थान) विशेष फरक– फरक किसिमका संस्कारहरु छन् ।
    

मानव समुदायमा इश्वर तागेरा निङवाभूमाङद्वारा आपसेआप मानव जीव,जीवात्मा रक्षक शक्ति, बरदान, आसिर्वाद पाउनेहरु माङ थुक्पा (देवशाक्ति) पाई जन्मिछन् । कुनै जन्मै आमाको दुध नखाने धर्म गुरुको रुपमा आउँछन् । तिनीहरु एक थरि फेजुकेन् फेदाङबा, येबा, साम्बा (धामी, देवारी, झांक्री विजुवा ) र अर्का थरि गुरु, माता हुन्छन् । सयौँ मानव जन्मिदा एक दुई जनामा मात्र यस्तो शक्ति अर्थात माङ (देव) चढेको हुन्छ । उनीहरु आफ्नै विधा अनुसार कार्य गर्दछन् । माता तथा धर्म गुरुहरु फगिया (फलफूल)द्वारा पुजा आजा गर्ने गर्दछन् । भने माङतेम्बा यबा साम्बा (धामी, बिजुवा)हरु माक्खिया (बलि, भोग)द्वारा पुजा गर्छन् । महागुरु फाल्गुनन्द जन्मिदा आमाको दुध खान्थ्यो वा खादैनथ्यो थाहा भएन । तर सुन्नमा आएअनुसार आमाको स्तनमा खटिरा (क्यान्सर) भई बालकदेखि आमाको दुध नखाई माताविहिन भै हुर्के । ७/८ बर्षको उमेरमा कान्छी आमाले माई खोला पारी बाबु गोठमा बस्दा सातु चामल बोकाई पठाउँदा चामलको बीचमा मासुको पोका लगाई पठाए । माई खोला तर्ने बेला अचानक बिमार भए । उपचार गर्न घरमा चिन्ता राख्दा राती आप्सेआप हराएका र माईखोला खत्रक्पामा रुखको टोड्कामा बसेको (सो रुख र टोड्दा अझै छ ) । आकाशबाट कागजको टुव्रmा जस्तो खस्दा त्यसमा सम्पूर्ण माङ वाणीहरु भएको तिनै माङवाणी ज्ञानले महागुरु बन्न सफल भए ।

माङकै निर्देश अनुसार समाज सुधार तर्फ लागे भने माक्खिया येवा, साम्बाहरु भोग बली चढाउँछन् । उनीहरु पनि माङबाटै अवतरित माङ थुक्पा (देव शक्ति पाउने ) हुन् । धार्मिक नेता येहाङले माङ (देवता)ले भोग बली माग्दैन । फलफूल भए पुग्छ भनि निर्देश गरेका छन् । हुुन सक्छ यसै क्रममा माङ अवतरित भई यासोक जोङमा (थुम्को, डाँडा) युमा माङ स्थापित छ । जस्को वरिपरी दुईसय माईलसम्म भोग बली चल्दैन भने त्यस्को अलवा तल सानो थुम्कोमा भोग बली चल्ने ठाउँ छ । माथिको मूल देवस्थल लाई “कुम्मायक”(बुढीबजु) भनिन्छ । जहाँ फलफूल र गेरु रंग मात्र चढाईन्छ । तल्लो सानो थुम्को “कुस्सायक”मा राँगा, बोका आदि भोग बली चढाउँछन् । ति दुवै देवस्थलका पुजारीहरु आ–आफ्नै माङ शक्तिद्वारा प्रेरित छन् ।
    

माथि उल्लेखित धर्म, कर्म, संस्कार आदि इत्यादीलाई मनन गर्दा र युकफुङ देखि धनजिते खलबले र तिगेजोङनाका दाजुहरुको कुरा बुझ्दा, अहिले खराने र मौलिकेहरुको विवाद यस्तैमा हो कि ? आखिर मुन्धुम शास्त्रले बोले अनुसार किरात  याक्थुङ लिम्बू जातिहरु तिनै सिकारीहरुका सन्तान होइनन् र ? मानव जीवन रक्षाका खातिर देवी, देवता, कूल पुजा गर्ने प्रचलनहरु आ–आफ्नै प्रकारको हुँदा हुन् । विज्ञानले भने जस्तो पारिस्थितिक पद्धति ( Ecosystem) त होला ? यहाँ भन्नै पर्दा माङ (देव) शक्तिले पनि दुई थरिका मानव रक्षक शक्ति प्रदान गरेको पो हो कि ? हुनत पृथ्वी लोकमा सबै कुरा २ प्रकारका कै हुन्छ । आकाश पातल, ढुंगा–माटो, आगो–पानी, नर–नारी, जन्म–मृत्यु आदि आदि । यस बाहेक प्रकृतिमा प्राकृतिक नियमहरु छन् । जस्तैः– विरल माध्यमबाट सघन माध्यममा जाँदा प्रकाशको बाटो बाङगिनु । पोखरी वा तालमा लठ्ठी लगाउँदा भाचिएको जस्तो देखिनु । कुनै जीव मरेर सडे गलेर पुरिएको ठाउँबाट कार्वन्डाई अक्साईड निस्कदाँ अक्सिजनसँग मेल हुँदा राँको जस्तै बल्नु । राँके भूत, इन्द्रेणी देखिनु । धेरै जसो चिहान घारीमा राँके भूत (बल्ने, निभ्ने)जस्तो देखिनु आदि उदाहरणहरु हुन् । यि बाहेक पृथ्वीमा अनेकन प्रकारका जीव जीवात्माहरु छन् । चरा चुरङ्गीदेखि जीव जनवारहरु शाकाहारी र मांशाहारी छन् । परेवा, भंगेरा, सुँगा आदि शाकाहारी हुन् । चिल, गिद्धहरु मांशाहारी हुन् । त्यसैगरि गाई, भैंसी, भेडा बाख्रा, मृग आदि शाकाहारी भए भने बाघ, भालु, कुकुर, विरालो मांशाहारी हुन् । यि कुराहरु खराने र मौलिकेहरुले बुझ्नै पर्दछ । 

अर्को मुन्धुम भन्छ “फाक्सारा तिगेजोङना” उनका दु्ई भाइ माईतीहरु सिकार खेल्ने गर्दथे । एक दिन माइतीहरुसँग सिकारमा जाने मनशायले फाक्सारा तिगेजोङना पनि माईतीहरुसँगै सिकारमा गए । जंगल, पाखा, पखेरामा घुम्दा उनलाई साह्रै तिर्खा लागेको हुनाले, पान्थर चिलिङदीन पुच्छार निवोखोला र थोखुवा खोला दोभान नजिकै रहेको ठूला–ठूला ढुँगामाथि खोपिल्टामा भएको पानी पिउँदा गर्भ अस्रि केसामी र नाम्सामी नाम गरेका दुई बच्चा जन्माए ।
    

अझ रोचक कुरा के छ भने, सबै मानिसमा माङ (देव) चढेको हुँदैन कुनै कुनैमा वा वंशाणुगतले गर्दा पनि कसैमा देव शक्ति माङ चढेको हुन्छ । तर अहिलेका धेरै जसो खरानेहरु सेवा सावा बनेका छन् । ती सेवा सावाहरु कुनै कुनै शुद्ध छन् ,भने धेरै जसो पहिले साफी मासुमंश, भाङ धतुरो खाई अघाएर पछि खान छोडी माङ सेवा सावा बनेका हुन्छन् । उनीहरु अरुले खाएको देख्दा छिः छिः दुर दुर गर्छन । पहिले देखिएका जानीआएका सेवा सावाहरुलाई त्यस्तो कुरा सुनाउँदा चुप भन्छन्, कुनै बोल्दैनन् । जस्ले गर्दा जो कोहिले प्रश्न गर्छन् । हड्डी, छाला चल्ने बीचको भाग मांशपेशी (Muscle) नचल्ने । कुरा सहि पनि हो । शंख फुक्छन्, एकतारे, डमरु, ढोल बजाउछन् । के डमरु गह भन्ने जीवको छाला होइन र ? । के शंख सामुद्रिक जीव शंख किरा (सिपि) को हड्डी  होईन र ? एकतारे, ढोल गाई बाख्राको छाला होइन र ? किन मांशपेशी चाहिँ दुर दुर । समाज सुधारक महागुरु फाल्गुनन्दले त हत्या, हिंसा नगर्नु खान इच्छा हुनेले सब्जी र पानी मानेर खानु । देहा नमार्नु भन्न खोजेका थिए । नेपाली उखान “ देहा गुणको फर्सि मिठो” ।उक्त पंक्तिहरु लेखी रहँदा कसैलाई मौलिके हुन् कि ? जस्तो लाग्न सक्ला । तर मौलिके नभई किरात  धर्म गुरु कै अनुयायी र हत्या, हिंसा गर्नु हुँदैन भन्ने पक्षधर हुँ ।

 
शिक्षण  पेशाबाट सेवा निवृत  लेखक  पाचथर जिल्लामा लामाे समय सम्म शिक्षण पेशामा  रहि हाल लेखन गर्नु हुन्छ साथै वहाँ पापोहाङ आङदेम्बे बंशावली लेखक तथा सम्पादक सदस्य  समेत हुनुहुन्छ ।  

https://www.facebook.com/profile.php?id=100011415197325  


 


    
 

यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।

द मार्जिन

लेखकबाट थप...