दशकौँसम्म साम्राज्यवादी खेलको एउटा अखडा अफगानिस्तान फेरि अर्को इस्लामी तानाशाही शासक फन्दामा फस्न बाध्य हुँदैछ । तथाकथित ‘आतंकवाद विरूद्धको लडाइँ’को लडिरहेको दाबी गर्ने अमेरिकी सरकार र अमेरिकी सेना आजको संवेदनशील घडीमा अफगानिस्तान छोडेर भागेपछि र राष्ट्रपति असरफ धानीले अफगानिस्तान छोडेसँगै तालिबानी इस्लामिक कट्टरपन्थीहरूको बाटो अझ सरल र छोटो भएको प्रत्यक्ष महसुस गर्न सकिन्छ ।
र, यतिबेला केही मानिसहरू कुनै पृष्ठभूमि खोजी–पडताल नगरी तालिबानको जितलाई सामाज्यवाद विरूद्धको लडाइँको जित जसरी प्रस्तुत गरिरहेको देखिन्छ । यो वास्तवमा हद दर्जाको स्वाङ र मूर्खता हो ।
अफगानिस्तानको यो अवस्था आउनुमा प्रमुख जिम्मेवार साम्राज्यवादी अमेरिका हो । त्यसैगरी, सामाजिक साम्राज्यवादी तात्कालिक सोभियत संघ, पाकिस्तान, साउदी अरब लगायत र पछिल्लो चरणमा नाटो गठबन्धनका हरेक सदस्य राष्ट्रहरू पनि उत्तिकै जिम्मेवार छन् । कुरो आउँछ कसरी यी देशहरू जिम्मेवार छन् ?
अफगानिस्तान अनेकौँ उपनिवेशवादीहरूलाई हराउँदै आफ्नै गतिमा अघि बढिरहेको थियो । १९७८ मा सत्ता परिवर्तन भयो । र, पिपल्स डेमोक्रेटिक पार्टी अफगानिस्तान सत्तामा आयो । यो पार्टी वामपन्थी प्रगतिशील पार्टी थियो । तर यसले सत्ता परिवर्तन गर्दा अपनाएको बाटो भने कम्युनिस्ट बाटो थिएन ।
यद्यपि, यो पार्टीले सत्तामा आएपछि क्रान्तिकारी भूमि सुधारको र अविकसित अगानिस्तानलाई विकास गर्ने महत्वकांक्षा सहित विभिन्न काम गर्न थाल्यो जुन काम अफगानिस्तानका विभिन्न भागमा फैलिएर बस्ने जनजाति र कबिला समाजका मानिसहरूले सहज रूपमा स्विकार्न सकेनन् ।
सत्ताको बाघडोर लिएपछि तालिबानीले ल्याउने कानुनमा बर्बरताको हद पार गर्ने छ । तालिबानको विरूद्ध ठुला शक्तिहरू लड्न अग्रपंतिमा नदेखिए पनि त्यहाँ अनेकौं समुहहरू लडिरहेका छन् । महिलाहरू पनि प्रतिरोधमा अनेकौं प्रर्दशन गरेका थिए । तर पनि तत्काल तालिबानीहरूलाई बलपूर्वक टक्कर दिने शक्ति अफगानिस्तानमा अहिले भने छैन ।
पिछडिएको मानसिकता र इस्लामी कट्टरपन्थको असर रहेकाले कबिला समाजका मानिसहरूले ‘पिडिपिए’ सरकारबारे सकारात्मक थिएनन् यही मौका छोपी अमेरिकाले ती कबिला र जनजातिलाई युद्धको लागि उक्साउन थाल्यो । अमेरिकाले पिडिपिए सरकारको विपक्षलाई उस्काउने मात्र नभई हतियार, ट्रेनिंग र पैसाको ओसारपसार गर्यो । ती विरोधी धारका विद्रोहीहरूलाई वैचारिकी दिने काम पाकिस्तान र साउदी अरबले गर्यो ।
शित युद्धको क्रममा अफगानिस्तानमा दुई देशहरू तत्कालीन सामाजिक साम्राज्यवादी सोभियत र अमेरिका त्यहाँ एक दशक भन्दा बढी भिडे तर सोभियत संघले हात झिक्यो । पाकिस्तान र साउदी अरबका ओसामा बिन लादेन जस्ता मान्छेहरूले अमेरिकी इसारामा अफगानिस्तानमा लगातार हतियार र युद्धको व्यापार गरे ।
पाकिस्तानले पिडिपिए सरकारको विरूद्ध लड्न प्रेरित गरेका मुज्जाहिद्धीनहरूले १९९२ मा काबुल कब्जा गरे । तर त्यतिबेला मुजाहिद्दीनहरू धेरै टुक्रामा विभाजित थिए । त्यही मुजाहिद्दीनहरूमध्येको पस्तुनी इलाकाका मुजाहिद्दीनहरू मध्येबाट तालिबान बनेर एक झुण्ड निस्कियो ।
यी तालिबान मुजाहिद्दीनहरू भन्दा निकै कट्टर र सरिया कानुनीलाई सख्त रूपमा लागु गर्ने पक्षमा थिए । सोभियत संघ युद्धबाट पछि हटे पछि लडाकु दस्ता मुजाहिद्दीनहरू र अमेरिकाको सम्बन्धमा दरार आउन शुरू भयो । १९९६मा तालिबानले काबुल कब्जा गरेको थियो ।
तालिबानको शासनकालमा आम जनता र त्यसमा पनि विशेषतः महिलाहरूको अवस्था एकदमै संकटपूर्ण थियो । सबै खाले लोकतान्त्रिक अधिकारहरू खोसिएका थिए । तमाम किसिमको इस्लामिक कट्टरपन्थी कानुनहरू लागू गरिएको थियो । तालिबानी शासनमा बच्चीहरूलाई स्कुल जान दिइएन, महिलाहरूलाई घरबाट निस्कन दिइएन, बाहिर काम गर्न प्रतिबन्धित गरियो । तालिबानी शासनकालमा अफगानिस्तान अफिमको खेती र आतंकवादको अड्डा बनेको थियो ।
यत्तिकैमा, साउदी अरबका पहिले अमेरिकाकै इसारामा काम गर्ने ओसामा बिन लादेन पछिल्लो समय अमेरिका विरोधी भए र अमेरिकाको विरूद्ध युद्धको घोषणा गरिदिए । ९/११/२००१मा अमेरिकामा गरेको हमलापछि आतंकवादलाई प्रशय दिएको बाहानामा अमेरिकाले अफगानिस्तानमाथि हमला गर्न शुरू गर्यो । त्यसो त अमेरिका पहिले देखि नै अफगानिस्तानको तेललाई हत्याउने लालसामा योजना बनाइरहेकै थियो ।
अमेरिको अफगान हमलाको समयमा अमेरिकाले अफगानिस्तानी नर्थन एलायन्सलाई साथ दियो । अमेरिका र नर्थन एलायन्सको हमलापछि तालिबानीहरू सत्ताबाट हटन बाध्य भए । तर तालिबानी कट्टरपन्थीहरू लगातार बढ्दै गए । पाकिस्तानले अफगानी तालिबानलाई भरपुर सहयोग गर्यो ।
आज तालिबान अफगानिस्तानमा एकदमै शक्तिशाली भैरहेको छ । अब यो तय छ कि अब अफगानिस्तानको अवस्था अझ जर्जर हुनेछ । तालिबानले कब्जा गरेका ठाँउहरूमा महिलाहरूलाई तालिबानी लडाकुसँग जर्बरजस्ती बिहे गराइदिने लगायत कयौँ विभत्स घटनाहरू भैरहेकै छन् । यो क्रम रोकिने कुनै छाटकाट छैन ।
अझै सत्ताको बाघडोर लिएपछि तालिबानीले ल्याउने कानुनमा बर्बरताको हद पार गर्ने छ । तालिबानको विरुद्ध ठुला शक्तिहरू लड्न अग्रपंतिमा नदेखिए पनि त्यहाँ अनेकौँ समूहहरू लडिरहेका छन् । महिलाहरू पनि प्रतिरोधमा अनेकौँ प्रर्दशन गरेका थिए । तर पनि तत्काल तालिबानीहरूलाई बलपूर्वक टक्कर दिने शक्ति अफगानिस्तानमा अहिले भने छैन ।
यद्यपि यो तय नै छ कि त्यहाँ गृहयुद्धको परिवेश बन्ने छ । युद्धलाई पालेर पोसेर अहिले कुम लुकाएर भागेको अमेरिका अझै ठूला बाधा गर्दे कहिले भारत र कहिले अन्य देश चाहार्दै छ तर अब उसले अफगानिस्तानमा खेलेको भूमिकाको कालो इतिहास न मेटिन्छ न बदल्न सकिन्छ ।
तालिबानलाई कुनै पनि हालतमा हराउनु नै आजको अफगानिस्तान भविष्य बचाउने एकमात्र आधार हो । तालिबानको जीत अफगानिस्तानको लागि मात्रै भारी पर्नेवाला छैन यो त एसिया र विश्व स्तरमा नै प्रभाव पार्ने घटना हो । कट्टरपन्थको जीत चाहे जुनसुकै ठाँउमा होस् त्यसले निम्त्याउने युद्ध, घृणा, पश्चगमन र संकट नै हो ।
अफनिस्तानमा अमेरिकी सामाज्यवाद हारेकै हो । अमेरिकाको हार त्यही कट्टरपन्थीहरूले गरे जो अमेरिकाले नै पैदा गरेको थियो । तालिबानी जित कुनै पनि हालतमा प्रेरणा लिन लायक जित हुँदै होइन । यो जीतमा हर्ष बढाई गर्नुको साटो आम अफगानीको मानव अधिकार रक्षा, सुरक्षा प्रबन्ध र मानवीय संकटको पक्षमा आवाज उठाउन जरुरी छ ।
तालिबानलाई कुनै पनि हालतमा हराउनु नै आजको अफगानिस्तान भविष्य बचाउने एकमात्र आधार हो । तालिबानको जीत अफगानिस्तानको लागि मात्रै भारी पर्नेवाला छैन यो त एसिया र विश्व स्तरमा नै प्रभाव पार्ने घटना हो । कट्टरपन्थको जीत चाहे जुनसुकै ठाँउमा होस् त्यसले निम्त्याउने युद्ध, घृणा, पश्चगमन र संकट नै हो ।
यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।
लेखकबाट थप...