काठमाडौँ-  राजनीतिक उतारचढावले वाग्मती प्रदेश सरकारको विद्युतीय बस खरिद र सञ्चालनको प्रक्रिया अन्योलमा परेको छ ।

आर्थिक वर्ष २०७६/७७ देखि  विद्युतीय बसलाई  प्रदेश सरकारको गौरवको  कार्यक्रमका रुपमा प्राथमिकतामा राखिए पनि खरिद अन्योलमा परेको हो ।

उक्त बस सञ्चालनका लागि आव २०७६/७७ मा बस खरिद र सञ्चालनका लागि विनियोजन भएको रु. २८ करोड र आव २०७७/७८ मा  विनियोजन भएको रु ४० करोड फ्रिज भएको छ ।

प्रदेश  सरकारले  चालु आव २०७८/७९ मा  पहिलो चरणमा ३० वटा विद्युतीय बस खरिद गर्ने र  १५ वटा चार्जिङ स्टेसनका लागि  सामग्री खरिद र जडान प्रक्रिया समेतका लागि  रु. ५० करोड विनियोजन गरेको बताएको छ ।

भौतिक पूर्वाधार मन्त्रालयअन्तर्गतको  यातायात व्यवस्थापन बोर्डका अनुसार  हालसम्म बस खरिद प्रक्रिया अगाडि नबढेकाले  चालु आवमा बस सञ्चालन हुने स्थिति देखिन्न ।    

साथै आवश्यक बस सञ्चालनका लागि पूर्वाधार नभएसम्म तत्काल बस खरिद  नहुने बोर्डका पदाधिकारीहरुले बताएका छन् । अहिले सबै काम रोकिएको बताइएको छ ।  

यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।

द मार्जिन

लेखकबाट थप...