काठमाडौँ – पछिल्लो २४ घण्टामा नेपालभर ४,१८७ जना कोरोना संक्रमित संक्रमणमुक्त भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार योसँग नेपालमा कोरोना जित्नको संख्या पाँच लाख ४० हजार ४३९ पुगेको छ । 

त्यस्तै पछिल्लो २४ घण्टामा थप २ हजार ७४५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । मन्त्रालयका अनुसार ७ हजार ४४९ जनाको पीसीआर र ५ हजार ८४१ जनाको एन्टिजेन परीक्षण गर्दा २४ सय ४५ जनामा संक्रमण पुष्टि भएको हो । 

पछिल्लो २४ घण्टामा संक्रमणका कारण ४१ जनाको मृत्यु भएको छ ।

यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।

द मार्जिन

लेखकबाट थप...