काठमाडौँ – नेपालमा पछिल्लो २४ घन्टामा ५ हजार १४७ जना कोरोना संक्रमित कोरोनामुक्त भएका छन् ।
सोमबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार यससँगै नेपालमा कोरोना संक्रमणबाट निको हुनेको संख्या ५ लाख ३६ हजार २ सय ५२ जना पुगेको छ। मन्त्रालयलका अनुसार कोरोना निको हुने दर ८७.८ प्रतिशत रहेको छ।
त्यस्तै आज ९ हजार ४ सय ३८ जनाको पीसीआर र ५ हजार ३ सय ८१ जनाको एन्टिजेन परीक्षण गर्दै आज थप २ हजार ९ सय १८ जनामा संक्रमण पुष्टि भएको छ भने कोरोनाबाट थप ५३ जनाको मृत्यु भएको छ। योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ८ हजार ४ सय ६५ पुगेको छ।
उपत्यकामा कति संक्रमित थपिए
काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा ६०७ कोरोना संक्रमित थपिएका छन् । विभिन्न प्रयोगशालाहरूमा पीसीआर विधिबाट गरिएको परीक्षणका क्रममा उपत्यकाका तीन जिल्लामा गरी ६०७ जनामा संक्रमण पुष्टि भएको हो।
थपिएकामध्ये सबैभन्दा धेरै काठमाडौंका ३९६ रहेका छन् । यस्तै, भक्तपुरमा ६६ र ललितपुरमा १४५ संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।
लेखकबाट थप...