काठमाडौँ – नेपालमा पछिल्लो २४ घण्टामा ६ हजार २९५ कोरोना संक्रमित निको भएका छन् । त्यस्तै ३ हजार ३८४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । 

१४ हजार ४९४ पीसीआर तथा एन्टिजेन परीक्षणका क्रममा सो संख्यामा संक्रमण पाइएको शनिवार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । 

योसँगै हालसम्म मुलुकभर कोरोना संक्रमितको संख्या ६ लाख २६ हजार ५३५ जना पुगेको छ । जसमध्ये हालसम्म ५ लाख २७ हजार १११ जना संक्रमित निको भइसकेका छन् । 

त्यस्तै पछिल्लो २४ घण्टामा ६१ संक्रमितको मृत्यु भएको छ । योसँगै हालसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ८ हजार ३६६ पुगेको छ ।
 

यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।

द मार्जिन

लेखकबाट थप...