काठमाडौँ – नेपालमा पछिल्लो २४ घण्टामा देशभर ५२२५ जना संक्रमणमुक्त भएका छन् । त्यस्तै, ३७५० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ९५९८ पीसीआर परीक्षणमा २७०९ जना र ५५८४ एन्टिजेन परीक्षणमा १०४१ जना गरी ३७५० जनामा संक्रमण पुष्टि भएको हो । त्यस्तै कोरोना संक्रमणका कारण पछिल्लो २४ घण्टामा ६७ जनाको मृत्यु भएको छ ।

यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।

द मार्जिन

लेखकबाट थप...