काठमाडौँ – नेपालमा पछिल्लो २४ घण्टामा थप ५१५३ जनामा कोरोना भाइरस संक्रमण भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १२ हजार ६५ पीसीआर परीक्षणमा ३८७० र ५६११ एन्टिजेन परीक्षणमा १२८३ जना गरी कुल ५१५३ जनामा संक्रमण पुष्टि भएको हो ।
कोरोना संक्रमणका कारण १०८ जनाको मृत्यु भएको छ र ६५७० जना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ६ लाख ११ हजार ३०८ पुगेको छ । जसमध्ये ५ लाख ४५ हजार ३० जना निको भएका छन् ।
यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।
लेखकबाट थप...