काठमाडौँ – नेपालमा पछिल्लो पछिल्लो २४ घण्टामा थप ८६६३ जना कोरोनामुक्त भएका छन् । त्यस्तै ६६५३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १४ हजार १८२ पीसीआर परीक्षणमा ४६२४ र ६६३१ एन्टिजेन परीक्षणमा २०२९ गरी ६६५३ जनामा संक्रमण पुष्टि भएको हो । मन्त्रालयका अनुसार १०१ जनाको मृत्यु भएको छ ।
योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ५ लाख ८१ हजार ५६० पुगेको छ । जसमध्ये सक्रिय संक्रमितको संख्या ९७ हजार ६९९ रहेको छ ।
मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १०१ जनाको मृत्यु भएको छ र ८६६३ जना निको भएका छन् । निको हुनेको कुल संख्या ४ लाख ७६ हजार १३० जना पुगेको छ ।
यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।
लेखकबाट थप...