काठमाडौँ - नेपालमा कालो ढुसी अर्थात् ब्ल्याक फंगस १ जनाको मृत्यु भएको छ भने विभिन्न स्थानमा गरी १० जना संक्रमित फेला परेका छन् । काठमाडौँको त्रिवि शिक्षण अस्पताल, वीर अस्पतालमा र नर्भिक अस्पताल, बाँकेको भेरी अस्पताल र वीरगञ्जको नारायणी अस्पतालमा कालो ढुसीका संक्रमित भेटिएका हुन् ।
यो रोग कोरोना भाइरस जस्तो नसर्नै र धेरै कमजोर शरीर भएका व्यक्तिमा देखा पर्ने विज्ञहरू बताउछन् ।
यस्ता छन् कालो ढुसीका लक्षणहरू
– अनुहार, मुख, नाक, आँखा वरिपरि दुख्ने,
– आँखा र नाक सुन्निने,
– रातो हुने वा दुख्ने,
– नाकको वरिपरिको छालाको रंग कालो हुँदै जाने,
– रगत बग्ने,
– बाक्लो सिंगान आउने,
– ज्वरो आउने,
– दाँत दुख्ने वा हल्लिने ।
उच्च जोखिम
– कोभिड–१९ उपचारका क्रममा स्टेरोइड प्रयोग गरेका व्यक्तिहरू,
– ४५ देखि ६५ वर्ष उमेर समूहमा मानिस ,
– चिकित्सकको सल्लाहबिना एन्टिबायोटिक वा अन्य औषधिको जभाथावी प्रयोग गर्नेहरू,
– मधुमेह भएका वा शरीरको रोग प्रतिरोधात्मक क्षमता कमजोर भएकाहरू।
बच्ने उपाय
– सफा र सुख्खा मास्क प्रयोग गर्ने, डिस्पोजेबल मास्कको पुनः प्रयोग नगर्ने,
– नियमित रुपमा हात धुने वा सेनिटाइजरको प्रयोग गर्ने,
– व्यक्तिगत सरसफाईमा ध्यान दिने,
– घर बाहिर वा फोहोरमा काम गर्नु परे डिस्पोजेबल पञ्जाको प्रयोग गर्ने
– नुनिलो पानीले नाक सफा गर्ने,
– पोभिडोन आयोडिन भएको तरल पदार्थले घाँटी र मुख कुल्ला गर्ने,
– मधुमेह भएका बिरामीले सुगर नियन्त्रणमा राख्ने,
– स्वास्थ्यकर्मीको सल्लाहमा मात्रै औषधी प्रयोग गर्ने ।
यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।
लेखकबाट थप...