का्ठमाडाैँ - स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नेपालमा कोरोनाभाइरस (कोभिड- १९) नयाँ भेरियन्ट नदेखिएको जनाएकाे छ ।
मन्त्रालयले भ्रामक समाचारको प्रचार नगर्न आग्रह गर्दै केही विदेशी मिडियामा नेपालमा कोरोनाको नयाँ भेरियन्ट देखिएको भन्ने समाचारप्रति आफूहरूको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
पछिल्लो समय नेपालमा फैलिएको भेरियन्टलाई डेल्टा नाम दिइएको र त्यसपछि अन्य कुनै पनि नयाँ भेरियन्ट पुष्टि नभएको मन्त्रालयले जनाएको छ ।
विज्ञप्ति
यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।
लेखकबाट थप...