काठमाडौँ – नेपालमा थप ६ हजार ८२५ जनामा कोरोना भाइरस (कोभिड– १९) संक्रमण पुष्टि भएको  छ। विभिन्न प्रयोगशालामा गराएका २१ हजार ७७३ नमूना परीक्षणमा ६ हजार ८२५ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । 

१८ हजार ५६२ पीसीआर र ३ हजार २११ नमूनाको एन्टिजेन विधिबाट परीक्षण गराउँदा सो संख्यामा भाइरस संक्रमण देखिएको हो । यस्तै पछिल्लो २४ घन्टामा कोरोनाबाट थप ७५ जनाको ज्यान गएको छ । यो सहित नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ७ हजार ६३० पुगेको छ । मन्त्रालयका अनुसार बिहीबार ५ हजार ९०४ जना कोरोनामुक्त भएका छन्। हाल १ लाख १८ हजार ३९ जना कोरोनाका सक्रिय संक्रमित छन् ।

यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।

द मार्जिन

लेखकबाट थप...