काठमाडौँ – नेपालमा पछिल्लो २४ घण्टामा ६ हजार ८९८ जना कोरोना संक्रमित कोरोनामुक्त भएका छन् । त्यस्तै थप ६ हजार ८५ जनामा कोरोना सक्रमण पुष्टि भएको छ । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कुल २० हजार १६५ जनामा कोरोना परीक्षण गर्दा ६ हजार ८५ जनामा संक्रमण पुष्टि भएको हो । सोही अवधिमा ६८ जनाको मृत्यु भएको छ।

यससँगै देशभर कोरोनाबाट ज्यान गुमाउनेको कुल संख्या ७४५४ पुगेको छ भने संक्रमितको कुल संख्या ५ लाख ६६ हजार ५८७ पुगेको छ ।

यस्तै निको हुनेको कुल संख्या ४ लाख ५४ हजार ३४४ पुगेको छ । हाल देशभर १ लाख ४ हजार ७८९ सक्रिय संक्रमित रहेका छन् ।

यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।

द मार्जिन

लेखकबाट थप...