काठमाडौँ - पछिल्लो २४ घण्टामा काेराेनाका कारण थप ११४ जनाकाे मृत्यु भएकाे छ भने ४७६२ जना संक्रमित भएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १५ हजार ५५ पीसीआर र २४२५ एन्टिजेन परीक्षणमा ४७६२ जनामा संक्रमण पुष्टि भएको हो । त्यस्तै थप ६ हजार ४९१ जना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा हालसम्म सक्रिय संक्रमितको संख्या १ लाख ६ हजार ४७० पुगेको छ भने मृत्यु हुनेको संख्या ७ हजार ३८६ पुगेको छ ।

यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।

द मार्जिन

लेखकबाट थप...