काठमाडौँ – नेपालमा कोरोनाबाट थप ६ हजार ९५१ जना संक्रमित भएका छन् । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आजै थप ९ हजार ८४१ जना कोरोनाबाट मुक्त भएका छन्। एकै दिन कोरोनाबाट निको हुनेको यो संख्या अहिलेसम्मकै उच्च हो । 

त्यस्तै कोरोना संक्रमणबाट थप ९६ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ। यो सँगै हालसम्म मृत्यु हुनेको संख्या ७ हजार ४७ पुगेको छ । 


पछिल्ला दिनमा निको हुनेको दर बढ्दै गएको छ। मन्त्रालयका अनुसार हाल निको हुनेको दर ७८.१ प्रतिशत रहेको छ। हाल देशभर १ लाख १३ हजार ३९४ जना सक्रिय संक्रमित छन् ।

यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।

द मार्जिन

लेखकबाट थप...