चीनले पटक–पटक प्रयोगशालाबाट भाइरस बाहिरिएको भन्ने आरोपको खण्डन गरेको छ । अमेरिका र अन्य मुलुकहरुले भाइरस नियन्त्रण गर्न असफल भइसकेपछि असफलताकोे विषयान्तरको लागि यस्तो आरोप लगाउने गरेको चीनको दावी छ ।
अमेरिकी राष्ट्रपनि जो वाइडनले कोभिड उत्पत्तिको बारेमा गहन अनुसन्धान गर्न निर्देशन दिएसँगै वासिङ्गटन डिसीस्थित चिनियाँ राजदूतावासले कोभिड उत्पत्तिको राजनीतिकरणले भाइरस अनुसन्धान बिथोलेको आरोप लगाएको छ ।
कोभिड–१९ उत्पत्तिका विषयमा भएको राजनीतिकरणले भाइरसको अनुसन्धानमा प्रभाव पारेको तथा यसले विश्वस्तरमा भाइरससँग एकताबद्ध भएर लड्नमा नै असर पुर्याएको राजदूतावासले जनाएको छ । राष्ट्रपति वाइडनले कसरी र कहाँ भाइरस उत्पन्न भयो पुनः अनुसन्धान गर्नुपर्ने बताएका थिए ।
‘केही शक्तिहरूले राजनीतिक खिचातानी तथा आरोपको खेल खेलिरहेका छन्’, दूतावासले बुधबार आफ्नो वेबसाइटमा उल्लेख गरेको छ । विश्व स्वास्थ्य संगठनले कोभिड–१९ उत्पत्तिका विषयमा दोस्रो चरणको अनुसन्धान शुरू गर्दैछ । याेसँगै चीनलाई पनि यस सम्बन्धी अधिक पहुँच पुर्याइदिन थप दवाब सिर्जना भएको छ ।
सार्स–सिओभि–२ चिनियाँ सिटी वुहानको प्रयोगशालाबाट बाहिरिएको भन्ने आरोप समेत लगाइने गरिएको छ । वुहानबाटै २०१९को अन्त्यतिरबाट कोरोना भाइरस बाहिरिएको थियो ।
चीनले पटक–पटक प्रयोगशालाबाट भाइरस बाहिरिएको भन्ने आरोपको खण्डन गरेको छ । अमेरिका र अन्य मुलुकहरूले भाइरस नियन्त्रण गर्न असफल भइसकेपछि असफलताकोे विषयान्तरको लागि यस्तो आरोप लगाउने गरेको चीनको दावी छ ।
वाइडनले बुधबार भाइरस जनवारको संसर्गबाट सरेको हो वा प्रयोगशालाबाट बाहिरिएको हो भन्नेमा अमेरिकी गुप्तचर संस्थामा दुई धार रहेको पनि बताएका थिए । यसै हप्ताको शुरूमा नोभेम्बरमा वुहानको प्रयोगशालामा विरामी परेका तीन अनुसन्धानकर्ताको विषयमा पनि अमेरिकन एजेन्सीले अनुसन्धान थालेको थियो ।
‘शुरूदेखि नै चिनियाँ सरकार पारदर्शी नभएको कुराको यथेष्ट प्रमाणहरू हामी केलाउँदै छौँ’ बायोसेक्युरिटी विज्ञ डा. अमेश अदल्जाले अलजजिरालाई बताएका छन् । उनले भाइरस नोभेम्बर, २०१९बाटै फैलन थालेको तर महामारीको शुरूको अवस्थाबारे चिनियाँ सरकारले पर्याप्त जानकारी सार्वजनिक नगरेको आरोप लगाएका छन् ।
अर्का ग्लोवल हेल्थका सिनियर फेलो तथा यानहोङ्ग हुयाङ्ग दूतावासका विदेश विभाग काउन्सिलर भन्छन्, ‘महामारी शुरूवातको अनुसन्धानको लागि, परिणाम र विश्वसनियताको लागि पनि पारदर्शी हुनुपर्छ ।’
चीनले दक्षिणी चीनबाट वन्यजन्तु व्यापार तथा वन्यजन्तुजन्य खानेकुरासँगै भाइरस भित्रिएको हुनसक्ने बताउँदै आएको छ । यानहोङ्ग हुयाङ्ग भन्छन्, ‘तपाईंहरू चीन अझै सहयोगी र पारदर्शी हुनुपर्छ भन्दै हुनुहुन्छ तर अहिले विषयको व्यापक राजनीतिकरण भइसकेको छ ।’ अलजजिराबाट
यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।
लेखकबाट थप...