कोरोनाको यो भयावह परिस्थितिमा केहि सहज अवस्था देखिँदै गएको छ । आइतबार सबैभन्दा बढी ६,६४८ जना संक्रमणमुक्त भएर घर फर्किएका छन् । गम्भीर रुपमा थलिएर भेन्टिलेटरमा राखिएकाहरु समेत निको भएर घर फर्किएका छन् ।

आइतबारसम्म ४ लाख ५५ हजार २० जनालाई कोरोना पोजिटिभ देखिएकोमा ३ लाख ३९ हजार ७ सय ५६ जना निको भइसकेका छन् । संक्रमणले हालसम्म ५ हजार १ जनाको ज्यान लिएको छ । आइतबार अपराह्न सार्वजनिक विवरणअनुसार पछिल्लो २४ घण्टामा १ सय ४५ जनाको मृत्यु भएको छ । यस्तै ९ हजार ५ सय ३९ जनाको पीसीआरबाट ७ हजार ३ सय १६ जनामा र ३ सय ४४ जनाको एन्टिजेन परीक्षणबाट ५२ जनामा गरी ७ हजार ३ सय ६८ जनामा संक्रमण पुष्टि भएको छ ।

यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।

द मार्जिन

लेखकबाट थप...