काठमाडौँ – पछिल्लो २४ घण्टामा थप २१९५ जना कोरोनाभाइरसमुक्त भएका छन् । त्यस्तै सोही समयमा थप १२६८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ६७५३ पीसीआर परीक्षणमा १०२४ जना र ३१२२ एन्टिजेन परीक्षणमा २४४ जना गरी १२६८ जनामा संक्रमण पुष्टि भएको हो ।

त्यस्तै संक्रमणका कारण पछिल्लो २४ घण्टामा ९ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।

यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।

द मार्जिन

लेखकबाट थप...